Author: Himalaya Post

‘जनशक्ति र भौतिक पूर्वाधारको अभावका कारण प्रत्यारोपण केन्द्रको सेवा प्रभावित हुनसक्ने’

काठमाडौँ– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनशक्ति र भौतिक पूर्वाधारको अभावका सेवा प्रभावित हुनसक्ने जनाएको छ । सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अहिले प्रत्यारोपण र डायलासिसका लागि विरामीहरुको संख्या निकै बढेको भन्दै अहिलेकै जनशक्ति र पूर्वाधारबाट प्रयाप्त सेवा दिन कठिन हुने बताए । उहाले १२ बर्षको अन्तरालमा १२७८ जनाको मृगौला प्रत्यारोप गरिसकेको जानकारी दिए । देशभरका बिभिन्न अस्पतालले डायलासिसका लागि उपकरण थप गरेपनि विरामीको संख्या बढेका कारण अझै अभाव देखिएको उनले बताए । उनले सरकारले पटक पटक लिखित रुपमा नै केन्द्रलाई जग्गा दिने प्रतिवद्धता जनाएपनि प्राप्त हुन...

Read More

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्विप

काठमाडौँ– नेकपा एमालेले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् । स्पष्ट अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले शुक्रवार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्। प्रधानमन्त्रीले विश्वासको लिने अनिवार्य उपस्थित भई विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको प्रमुख सचेतक महेश बर्तौलाले बताए। कांग्रेससँगको सहमति अनुसार प्रचण्ड सरकार ढलेपछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन्...

Read More

नाबालिकाहरूलाई यौन क्रियाकलापमा लगाउने दुई जना पक्राउ

काठमाडौँ– नाबालिकाहरूलाई यौन क्रियाकलापमा लगाएको अभियोगमा २ जनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली हरिहरपुर गाउँपालिका–१ घर भएका ३३ वर्षीय बीर बहादुर सिंतान र २५ वर्षीय सुबिलाल सिंतान रहेका छन् । उनीहरूले भक्तपुर मध्यपुर थिमि नगरपालिका–१ मनोहरा–जडिबुटीमा सञ्चालन गरेको सिन्धुली होटल ढिडो सर्भिस् एण्ड गेष्ट हाउसमा बालिकाहरूलाई राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी गेष्ट हाउसमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई यौन क्रियाकलापमा लगाएको अनुसन्धानबाट खुल्न आएको छ । साथै प्रहरीले उक्त गेष्ट हाउसबाट ३ जना बालिकाहरूलाई उद्दार गरेको छ । उनीहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको...

Read More

भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा गौतम गम्भीर नियुक्त

एजेन्सी – भारतीय पूर्व क्रिकेटर गौतम गम्भीरलाई भारतीय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । भारतीय क्रिकेट बोर्ड बीसीसीआईका सचिव जय शाहले मंगलबार गौतमलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जाल एक्स पोष्टमार्फत उक्त जानकारी दिएका हुन् । भारतीय क्रिकेटका पर्खालका रुपमा चिनिने ४२ वर्षीय गौतमले राहुल द्रविडको स्थान लिनेछन्। टि–२० विश्वकपपछि द्रविडको कार्यकाल सकिएको थियो । गम्भीरले डेढ महिनाअघि कोलकाता नाइट राइडर्स (केकेआर) लाई आईपीएल–२०२४ को च्याम्पियन बनाएका थिए । उनी यसै वर्ष कोलकाता फ्रेन्चाइजीका मेन्टर बनेका थिए । यति मात्र होइन, आफ्नो कार्यकालमा गौतमले लखनउ सुपरजायन्ट्सलाई लगातार दुई सिजन प्लेअफमा पुर्याएका...

Read More

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

सुर्खेत – पहिरोले शुक्रबारदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गको कालिकोट सडक खण्डअन्तर्गत एस मोडको पहिरो हटाउने काम सम्पन्न भएसँगै राजमार्ग सञ्चालनमा आएको हो । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण उक्त मोडमा ठूलो पहिरो गएको थियो । राजमार्ग एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाले जानकारी दिए । राजमार्ग खुलेसँगै यातायातका साधनहरू गन्तव्यतिर लागेका छन्...

Read More