Author: Himalaya Post

टेकु सर्‍यो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय

काठमाडौँ– उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा सरेको छ। सोमबार बिहानदेखि कामकारबाही टेकुस्थित नेपाल आयल निगमको भवनमा हुने गरी सरेको कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिए। सो भवनमा यसअघि जिल्ला प्रहरी परिसर काठमाडौँ बसेको थियो । काठमाडौँ प्रहरी भद्रकाली स्थित आफ्नै नयाँ भवनमा सरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय यसअघि मिनभवनमा थियो । टेकुमा परिसरमा अनुसन्धान कार्यालयको अत्याधुनिक भवन बनिरहेको छ । २०७२ को भूकम्पपछि अपराध अनुसन्धान कार्यालयले हनुमान ढोकाबाट टेकु हुँदै मिनभवनबाट अनुसन्धान गर्दै आएको थियो । काठमाडौँ उपत्यकामा हुने ठुला अपराधको अनुसन्धान सो कार्यालयले गर्छ...

Read More

विभिन्न हतियारसहित मुगुमा लुटेरा समूह पक्राउ

मुगु– मुगु जिल्लामा हतियार देखाइ लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । मुगुको मुगुम कार्मारोङ गाउँपालिका वडा नं. ०१ डोल्फु गाउँमा हातहतियार सहित प्रवेश गरी गोली चलाइ गाँउमा थुप्रै धनमाल लुटपात गर्ने समुहका ३ जना अभियुक्तलाइ जिल्ला प्रहरी कार्यालय मुगुले पक्राउ गरि सार्वजनिक गरेको हो । सो समूहले डोल्फु गाँउमा स्थानीयहरुलाई कुटपिट गरी डर त्रासमा पारी सोही गाउँका २४ वटा घर र एउटा गुम्बा समेत तोडफोड गरी नगद पैसा, सुन, चाँदी, यार्सा, मुर्ती, मोबाईल, समेतका धनमालहरु लुटेका थिए । जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको टोलीले ८ जना अभियुक्त मध्ये ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जुम्ला...

Read More

एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा रिसोर्ट सञ्चालन

चितवन- कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा रु एक अर्बभन्दा माथिको लगानीमा रिसोर्ट सञ्चालनमा ल्याइएको छ । हिमाल, पहाड र तराइको रहनसहनअनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाका अगुवाइमा हालै रिसोर्ट सञ्चालनमा आएको हो । व्यवसायी लामाले गोरखाको विकट चुमनुब्री गाउँपालिकाको नामरुङमा पनि रिसोर्ट सञ्चालन गर्दै आएका छन् । जहाँ बाह्य पर्यटक हेलिकप्टरमार्फत पुग्ने गर्दछन् । उनले भने, “लङ्कालाइनमा सञ्चालित रिसोर्टको विशेषता भनेकै हिमाल, पहाड र तराई सबै भूगोलका परिकार, रहनसहन र संस्कृतिलाई एकै स्थानमा पस्किने नै हो ।” रिसोर्टका अर्का सञ्चालक सुशील चौधरीका अनुसार स्वस्थ रहन रिसोर्टका सबै कोठामा ‘वेलनेस प्रविधि’समेत जडान गरिएका छन्...

Read More

बागमती सरकारबाट बाहिरियो एमाले

हेटौँडा – बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् । केन्द्रीय राजनीतिमा सत्ता नयाँ सत्ता समीकरणको सहमति भएसँगै बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरू बाहिरिएका हुन् । गत चैत्र १७ गते माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा दोस्रो पटक सहभागी भएको एमाले केन्द्रमा नयाँ गठबन्धन भएपछि बागमती प्रदेश सरकारबाट बाहिरिएको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सोमबार एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूले हेटौंडा–२, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका छन्...

Read More

दोधारा चाँदनीमा सबैभन्दा धेरै वर्षा मापन, २४ घण्टामा ५७३ मिलिमिटर

कैलाली- जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले कञ्चनपुरको दोधारा चाँदनीमा यसवर्ष सबैभन्दा बढी वर्षा मापन भएको जनाएको छ । महाकाली नदीपारीको दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन भएको छ । कार्यालयका प्रमुख सञ्जय साहले भने, “दोधारा चाँदनीमा यतिधेरै वर्षा मापन भएको नेपालको इतिहासमै सबैभन्दा बढी हो, यसअघि विगतका वर्षमा हेटौँडामा पाँचसय १६ मिलिमिटर वर्षा मापन गरिएको थियो ।” अति भारी वर्षापछि दोधारा चाँदनी र आसपासका क्षेत्रमा डुबान भएको छ । धनगढीमा गएको १२ घण्टामा एकसय ८४ दशमलव सात मिलिमिटर वर्षा मापन भएको छ । अझै पनि भारी वर्षा हुने पूर्वानुमान...

Read More