Author: Himalaya Post

बाढीले कैलालीको जनजीवन प्रभावित, जोखिम क्षेत्रका नागरिकलाई सारियो

टीकापुर – लगातार वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । कैलालीको भजनीमा आइतबार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन् । पालिका र स्थानीय मिलेर जोखिम क्षेत्रका नागरिकलाई रातभरि हुलाकी सडक र उच्च भवनमा सारिएको छ । स्थानीय कृष्ण धमालाका अनुसार भजनीमा केही परिवार रातभरि बस्ती छोडेर सडकमा सरेका छन् । नदी तथा खोलामा पानी बढेपछि राति बस्तीमा रहेका मानिसहरू बालबच्चा र बस्तुभाउसहित हुलाकी सडकमा बसेका हुन् । बाढीले भजनीका सबैजसो वडामा डुबान भएको छ । वडा नं ८ का सबै घर डुबानमा परेका छन् । “निरन्तरको वर्षाले बस्ती डुबानमा परेपछि सयौँ परिवार...

Read More

डेढ लाख घुससहित कारागारका अधिकृत पक्राउ

काठमाडौँ – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्त घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार दत्तले सेवाग्राहीलाई काम गरे बापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भनी सेवाग्राहीबाट एक लाख रुपियाँ र स्रोत नखुलेको ५० हजार रुपियाँ घुस लिइसकेको अवस्थामा कारागार प्रशासकको निवासबाट आइतबार नियन्त्रणमा लिइएको छ । आयोगका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ...

Read More

मधेशमा काँग्रेसले क-कसलाई बनाउँदैछ मन्त्री ?

जनकपुरधाम – नेपाली काँग्रेसले मधेश सरकारमा जान ४ जनाको नाम टुङ्गो लगाएको छ । कांग्रेस मधेश प्रदेशसभा संसदीय दलको आज बसेको बैठकले सरकारमा पठाउन ४ जनाको नाम टुङ्गो लगाएको हो । कांग्रेसका तर्फबाट रौतहटका सुनिल यादव, पर्साका जनार्दन क्षेत्री, धनुषाका शेषनारायण यादव र सर्लाहीका कौशल किशोर रायलाई सरकारमा पठाउने टुङ्गो लगाएको जनाइएको छ । काँग्रेसले चार जनाको नाममा छलफल गरे पनि मुख्यमन्त्री सतिशकुमार सिंहले तीनवटा मन्त्रालय दिने तयारी गरेका छन् । प्रदेश सभामा कांग्रेसको २२ सिट छ । २५ सिटको एमाले ४ मन्त्रालय लिएर सरकारमा छ । काँग्रेसलाई चार मन्त्रालय दिए एमालेले थप एक मन्त्रालय पाउनुपर्ने नेकपा एमालेको माग...

Read More

प्रधानमन्त्रीले अबिलम्ब राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई गति दिन नेपाली कांग्रेससँग नयाँ गठबन्धनको सरकार बनाउन लागिएको बताएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले रोकिएका विकास निर्माणलाई अगाडि बढाउन र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन लागिएको बताए । उनले मुलुकको सङ्कट समाधानका लागि कांग्रेसँग मिलेर सरकार बनाउन लागिएको बताए । उनले एमालेले कांग्रेससँगै मिलेर २०४६ सालको आन्दोलन र २०६२/०६३ सालको जनआन्दोलन गरेको स्मरण गरे । सो पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले अल्पमतमा परिसकेको वर्तमान पुष्पकमल दाहाल प्रचण्डल नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आग्रह गर्ने निर्णय गरिएको बताए । उनले प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिएर राष्ट्रिय सरकारको प्रक्रियालाई मार्गप्रशस्त गर्न आह्वान समेत गरे । प्रधानमन्त्री प्रचण्डले यहि असार २८ गते विश्वासको मत लिँदै छन्...

Read More

असार २८ गतेसम्म मन्त्रालय भागबण्डाको टुंगो लगाउँछौँ : महेश बर्तौला

काठमाडौँ – नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नयाँ सरकार गठनका लागि केही समय लाग्ने बताएका छन् । आइतबार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । प्रमुख सचेतक बर्तौलाले कांग्रेससँगको समझदारी अनुसार पहिलो चरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने भए पनि मन्त्रालय भागबण्डाको विषय भने टुङ्गोमा पुगिनसकेको बताए । उनले कांग्रेससँग प्रारम्भिक छलफल भएपनि राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गरिएकाले कांग्रेससहितका अन्य राजनीतिक दलहरूसँग फेरि छलफल गरेर मात्रै मन्त्रालयको भागबण्डामा टुङ्गो लगाउने बताए । प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी असार २८ गते विश्वासको मत लिने भएकाले सोही दिन बेलुकासम्म मन्त्रालयको भागबण्डा टुङ्गो लगाउने गरी कांग्रेससहितका दलहरूसँग छलफल हुने बताए। ‘‘पहिलो कुरा नेकपा (एमाले) र नेपाली कांग्रेसको बिचमा आलोपालो पहिला एमालेका श्रद्धेय अध्यक्षको नेतृत्वमा सरकार बनाउने । त्यसपछि नेपाली कांग्रेसका सभापति संसदीय दलको नेताजीको नेतृत्वमा सरकार बनाउने भनेर यसरी सहमति भएको छ । सहमति यति भयो । सरकारको नेतृत्व हाम्रो दलका नेता केपी शर्मा ओलीले गर्छन् । त्यो भन्दा बाहेक मन्त्रालयको बारेमा यस बिचमा हामीले छलफल गर्नेछौँ ।,’’ प्रमुख सचेतक बर्तौलाले भने, ‘‘त्यो छलफल प्रारम्भिक रूपमा त केही अघि बढेको छ । तर, निर्णयमा हामी पुगेका छैनौँ । मेरो विचारमा भोली–पर्सीसम्ममा एउटा हुन्छ । र मूलतः २८ गते सम्माननीय प्रधानमन्त्रीजीले तत्कालै आज भोली नै राजीनामा दिएर एउटा सहज मार्गप्रशस्त गर्नुभयो भने हामी तयारी अवस्थामा नै रहन्छौँ । अन्यथा २८ गतेसम्म नै जानुपर्ने भयो...

Read More