Author: Himalaya Post

ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ सय किलो सुन तस्करी

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर करिब ३२ सय केजी सुन तस्करी भएको दाबी गरेको छ । सीआईबीले गरेको थप अनुसन्धानका क्रममा ३ हजार १९४.६६८ केजी सुन तस्करी भएको पाइएको हो । ५ वटा डमी कम्पनीमार्फत गरिएको तस्करीमध्ये भुजेल इलेक्ट्रिक्स सप्लायर्स प्रालीमार्फत १३०३.९६५ केजी, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ६३२.७१५ केजी, चुनगाक इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ७१६.८३ केजीबाट सुन तस्करी गरेर भित्र्याइएको सीआईबीले जनाएको छ । यसैगरि दोलखा इलेक्ट्रिक सप्लायर्समार्फत १७२.८ केजी र रेडी ट्रेड प्रालीमार्फत ७.५ केजी सुन तस्करी भएको पाइएको छ। ब्रेक सुमार्फत यसअघि ३६२.७७८ केजी सुन तस्करी भएको दाबी गरिएको थियो।...

Read More

ठूला दलहरुबीचको छलफललाई सकारात्मक रुपमा लिनुपर्छ : दिपक गिरी

काठमाडौँ– नेपाली कांग्रेसका सांसद दीपक गिरीले ठूला दलहरुबीचको छलफललाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गिरीले निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका महत्वपूर्ण विषयमा संविधान संशोधन गर्न जरुरी रहेको भन्दै यसका लागि ठूला दलहरुबीच भएको छलफललाई सकारात्मक रुपमा लिनुपर्ने बताएका हुन् । एमाले र कांग्रेसबीचको सहकार्यको माध्यमबाट देशमा देखिएको निरासा र वेथितिको अन्त्य हुने भन्दै उनले यसका लागि छलफल सुरु भएको जिकिर गरे । दुईदलबीचको छलफलले नयाँ आशाको सञ्चार जागृत भएको उनको भनाइ छ । उनले सामूदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरु तुलनात्मक रुपमा कमजोर देखिएको भन्दै समग्र शैक्षिक क्षेत्रको सुधारमा ध्यान दिनुपर्नेमा जोड दिए...

Read More

प्रचण्ड र ओलीबीच छलफल सकियो, के भयो कुराकानी ?

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटभेटमा समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ । भेटमा भएको छलफलको विषय सार्वजनिक भएको छैन । तर प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सरकारको कामकारबाहीबारे छलफल भएको बताए । ‘सरकारका कामलाई गतिशील र व्यवस्थित ढंगले अघि बढाउने र ‘सत्ता साझेदार दलहरूबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने विषयमा छलफल भयो,’ मल्लले भने, ‘समग्रमा छलफल एकदमै राम्रो भएको छ ।’ यसअघि, हिजोपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको थियो । उनीहरुबीच भेटको...

Read More

बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी

झापा – घरको सोफामुनिबाट निस्किएको गोमन सर्पले डस्दा कचनकबल गाउँपालिका–३ निवासी १२ वर्षीया मनिषा राजवंशीको पाँच दिनअघि मृत्यु भयो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो । सर्पको विष छिटो फैलिने भएकाले उपचारमा लैजान ढिला भएमा कचनकबलकी मनिषाले जस्तै धेरैले बर्सेनि ज्यान गुमाउने गरेका छन् । सबै सर्प विषालु हुँदैनन् । तर विषालु सर्पले डसेमा ज्यानै जाने भएकाले पीडितलाई छिटोभन्दा छिटो सर्पदंश उपचार केन्द्र पुर्याउनुपर्ने चिकित्सक बताउँछन् । पूर्वी इलामको सूर्योदय नगरपालिका–१ पशुपतिनगरका ३९ वर्षीय दिनेश तामाङलाई आइतबार बिहान घाँस काट्ने क्रममा गुर्बे सर्पले दाहिने हातमा डस्यो । गाउँका मानिसले झारफुक गर्ने धामीको सम्पर्कमा उनलाई...

Read More

पत्रकार महासङ्घका पूर्वउपाध्यक्ष भट्टको निधन

कञ्चनपुर– नेपाल पत्रकार महासङ्घका पूर्वउपाध्यक्ष कर्णदेव भट्टको ७६ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह र उच्चरक्तचापबाट पीडित उनको भीमदत्त नगरपालिका–६ स्थित आफ्नै निवासमा आइतबार राति निधन भएको हो । रासस सञ्चालक समितिका पूर्वसदस्य भट्ट कञ्चनपुरबाट प्रकाशित फारवेस्ट टाइम्स दैनिकका पूर्वसम्पादक थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । उनको मङ्गलबार अन्त्यष्टि गरिने पत्रकार रुद्रराज पनेरुले जानकारी...

Read More