Author: Himalaya Post

संसद सचिवालयका कर्मचारीको आन्दोलनले प्रतिनिधिसभा बैठक प्रभावित

काठमाडौँ – संसद सचिवालयका कर्मचारीको आन्दोलनका कारण प्रतिनिधिसभा बैठक प्रभावित भएको छ । बुधबार कार्यालय समयपछिपनि जारी रहेको बैठकमा सचिवालयका कर्मचारीहरुले सभामुखको मात्र अनुहार देखाएर प्रत्यक्ष प्रसारण गरेपछि सांसदहरुले आपत्ति जनाएका थिए । सांसद रामहरि खतिवडाले सांसदहरुले बोलेका बेला सभामुखलाई मात्रै देखाएकाले बैठक स्थगित गर्न आग्रह गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा रहेका विषयलाई हटाउदै बैठक स्थगत गरे । प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ । विभिन्न माग राख्दै संसद सचिवालयका कर्मचारीहरु आन्दोलित छन् । उनीहरुले आफ्ना माग पूरा नभएसम्म कार्यालयसमयबाहेक काम नगर्ने बताउँदै आएका छन्...

Read More

पाका कलाकारका चित्र एक साथ प्रदर्शनी

काठमाडौँ – दुई दजर्न भन्दाबढी वरिष्ठ कलाकारका चित्र एक साथ प्रदर्शनमा राखिएका छन् । बबरमहलस्थित आर्ट काउन्सिलमा ‘सिर्जना–२०२४ थ्रेड्स : अफ सिमुटियनिटी’ शीर्षकमा कला प्रदर्शनी गरिएको हो । सिर्जन कलेज अफ फाइन आर्टले आइतबारदेखि सुरु गरेको प्रदर्शनी शुक्रबारसम्म सञ्चालन हुने जनाएको छ । कलाकारहरुका चित्रकला, मूर्तिकला, कार्टुनकला तथा प्रतिस्थापन कलाले प्रदर्शनीस्थल सजिएको छ । कलेजको कला क्षेत्रमा अध्ययन गरी कलालाई प्रोत्साहन गर्दै आएका पाका पुस्तका कलाकारको सिर्जनालाई महत्वपूर्ण स्थान दिइएको आयोजकको भनाइ छ । प्रदर्शनीमा शशीविक्रम शाह, वैत्यगोपाल वैद्य, कृष्ण मानन्धर, मदन चित्रकार, गौतम मानन्धर, नवीन्द्रमान राजभण्डारी, लोक चित्रकार, सुनिल रञ्जीत, देविना मल्ल, सुष्मा शाक्य, देवेन्द्र पाण्डे, भावना मानन्धर,...

Read More

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिद्वारा सरोकारवालासंग छलफल

काठमाडौँ – सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले छानविनका क्रममा आइपर्ने कानुनी लगाएत विविध पक्षहरुमा सरोकारवाला निकायसंग छलफल गरेको छ । संसद भवन बानेश्वरमा बुधबार बसेको समिति बैठकले कानून मन्त्रालय र कानुन आयोगका सचिवसहितका पदाधिकारसंग छानविनका क्रममा आइपर्ने कानूनी लगाएत विविध पक्षहरुमा छलफल गरेको समिति संयोजक सूर्य थापाले जानकारी दिए । समितिको कार्यादेशसँग सम्बन्धित विषयहरुमा कानुनी अस्पटता, अधिकार क्षेत्रको बाँडफाँटसँग सम्बन्धित विषयलगायतमा उठेका प्रश्नलाई हल गर्ने प्रयास समेत भएको थापाले बताए । उनले छानविन, कारवाही सिफारिस लगाएतका व्यवस्थामा विद्यमान संवैधानिक अवस्था र यसअघिको अभ्यासका बारेमा स्पष्टता भएको धारणा राखे । उनले अर्को बैठक असार १० गते बस्ने...

Read More

मनसुनजन्य घटनाका समयमा समन्वय र सहकार्य गरी काम गर्नुस् : मन्त्री शर्मा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी मनसुनजन्य घटना बाढीपहिरो, डुबान र चट्याङबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न मातहतका निकायलाई सम्पर्क, समन्वय र सहकार्य गरी कार्य गर्न निर्देशन दिएकी छिन् । मनसुनजन्य घटनाबाट हुनसक्ने जनधनको क्षतिबाट जोगिन र समयमै जनचेतना प्रदान गर्न मातहतका निकायबाट भइरहेका आवश्यक पूर्वतयारीबारे जानकारी लिँदै उनले विपद्का समयमा तत्काल सम्पर्क गर्ने र सूचना प्रवाह गर्ने कार्यलाई प्रभावकारी तुल्याउन सुझाव दिइन् । मन्त्री शर्माले भनिन्,“मनसुनको पूर्वसूचना दिने, विपद्का घटनाको तत्काल सही सूचना प्रवाह गरी राहत र उद्धार कार्यमा सबैको सहयोग र समन्वय हुन आवश्यक छ ।”कल्पनानै नगरेको ठाउँमा बाढीपहिरो र डुवानका घटना भएका प्रशस्त उदाहरण रहेकाले राहत र उद्धारका लागि गर्नुपर्ने पूर्व तयारीको पाटोलाई विशेष ध्यान दिन सुझाव दिँदै मन्त्री शर्माले बर्षाद्काकरण अवरुद्ध हुनसक्ने सञ्चार सम्पर्कलाई नियमित तुल्याउनेतर्फ प्रभावकारी तयारी व्यवस्थापनको खाँचो औँल्याइन् । विपद्जन्य घटनाकारण इन्टरनेट सेवा प्रवाह र दूरसञ्चार सेवामा प्रवाहमा पर्न क्षतिको आँकलन गरी तत्काल सुचारु तुल्याउने समयन्त्र निर्माण गर्न सुझाव दिँदै उनले पूर्व सूचना संकलन र विपद्बाट बच्न अपनाउनुपर्ने सचेतना समयमै प्रवाह गर्न सुझाव दिइन् । यसअघि मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले मन्त्रालय र मातहतका निकायले आगामी मनसुनजन्य घटनाका सम्बन्धमा आ–आफना मन्त्रालयबाट भएका तयारी र आगामी दिनको रणनीतिबारे जानकारी लिन कार्यक्रम आयोजना गरिएको बताइन् ।...

Read More

बजेट पुनर्लेखन गर्न सरकारलाई काँग्रेसको सुझाव

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी आर्थिक बर्षको बजेट पुनर्लेखन गर्न सरकारलाई सुझाव दिएको छ । बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले बजेटप्रति चौतर्फी असन्तुष्टि देखापरेको भन्दै बजेट पुनर्लेखन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । ‘मन्त्रालयगत विनियोजनमा जाँदै गर्दा साह्रै लज्जास्पद स्थिति देखा पर्यो । नेपालको इतिहासमा विरलै भएका घटना हिजो भए । रोष्ट्रममै बजेटको कपी च्यातिएको छ । मौन धारण भएको छ ।’ उनले भने, ‘सत्ता पक्षकै सांसदले बजेटको कटु आलोचना गरिरहेको स्थिति छ । सदनभित्र कुनै एक जना सांसद पनि यो बजेटको विनियोजनसँग सन्तुष्ट हुनुहुन्न । यो बजेट पुनर्लेखन...

Read More