Author: Himalaya Post

राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्रीको मातहतमा राख्नु हुँदैन : प्रदीप पौडेल

काठमाडौँ – नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्रीको मातहतमा राख्न नमिल्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रालयमाथि विनियोजित बजेटमाथिको छलफलका क्रममा पौडेलले सरकारको छाँया पर्ने भएकाले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्रीको मातहतमा राख्न नमिल्ने बताएका हुन् । उनले सम्पती शुद्धिकरण आयोग, राजस्व लगाएतलाई स्वतन्त्र हुने गरी व्यवस्था गर्नुपर्ने समेत बताए । संसदबाट बजेट पास गर्नुपर्ने अवस्थामा सांसदहरुले दिएको सुझाव उल्लेख हुनुपर्ने उनको भनाइ छ । उनले सबै विषयमा पार्टीको ह्वीप लाग्ने विषयलाई अब सच्चाउनुपर्नेमा जोड दिए । त्यस्तै उनले अहिलेको बजेट निश्चित व्यक्तिहरुको क्षेत्रमा केन्द्रित गरेको भन्दै आपत्ती जनाए । पौडेले “विनियोजन विधयेक, २०८१ अन्र्तगत भौतिक...

Read More

राष्ट्रपतिको स्विटजरल्यान्ड-जर्मनी भ्रमण : वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलबाट हालै सम्पन्न स्विटजरल्यान्डको भ्रमण र जारी सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणले यी दुई मुलुकसँग नेपालको सम्बन्ध विस्तार तथा नवीकरणमा महत्वपूर्ण योगदान पुगेको छ । हाल बर्लिनमा रहेका राष्ट्रपति पौडेललाई जर्मनी सरकारले गरेको भव्य स्वागत र न्यानो आतिथ्यताले नेपालप्रति जर्मनीको सद्भाव प्रतिविम्बित भएको छ । त्यहाँका राष्ट्रपति डा. फ्राङ्क–वाल्टर स्टाइनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा उनी यही असार १ गते जर्मनी भ्रमणमा गएका हुन् राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति डा स्टाइनमेयरबीच सोमबार भएको द्विपक्षीय वार्तामा जर्मनी सरकारले खुलेर सहयोग गर्ने वचन दिनुले पनि नेपालप्रतिको जर्मनीको सद्भाव दर्शाएको छ । भेटवार्तामा दुवै राष्ट्रपतिले विकास सहयोग, व्यापार, पर्यटन, लगानी र...

Read More

सांसद सिंहद्वारा बजेटमा भएको विभेदमा प्रधानमन्त्रीको जवाफ माग, नत्र बजेट पारितका दिन बैठक बहिष्कारको चेतावनी

काठमाडौँ– प्रतिनिधिसभा सांसद अमरेशकुमार सिंहले बजेटमा बिभेद भएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा सिंहले प्रधानमन्त्री, अर्थमन्त्री, लगाएतका क्षेत्रमा अरवौं बजेट बिनियोजन गरिएको र अन्य जिल्लालाई बेवास्ता गरेर बजेटमा बिभेद भएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरे । प्रधानमन्त्री सदनप्रति उत्तरदायी भएकाले बजेटका बिषयमा मन्त्रीले नभई प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनको भनाइ छ । उहाले मन्त्री र प्रधानमन्त्रीको जिल्लामा मात्र बजेट लैजाने हो भने अर्को वर्षदेखि सदनमा बजेट सार्वजनिक गर्नुको कुनै औचित्य नभएको जिकिर गरे । उनले प्रधानमन्त्रीको जवाफका लागि रुलिङ नभए बजेट पारित गर्ने दिन बैठक बहिष्कार गर्ने चेतावनी दिए...

Read More

राजेन्द्र लिङदेनले रोष्टममै च्याते बजेट पुस्तिका, भने– ‘पहुँचका भरमा राज्यको स्रोतमाथि खेलबाड गरिदैँछ’

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले रोष्टममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको बजेट पुस्तिका च्यातेका छन् । मंगलबार विनियोजन विधेयक, २०८१ अन्र्तगत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै लिङ्देनले बजेट पुस्तिका च्यातेका हुन् । आफु निकै नरम प्रवृतिको मान्छे भएपनि सो मन्त्रालयको बजेट देख्नेबितिकै रिस उठेको उनले बताए । लिङ्देनले संसदको हलभित्र रहेका जुनसुकै पार्टीको भएपनि चार वटा निर्वाचन क्षेत्रबाहेकका सांसदहरुको बजेटमाथि आक्रोश नै रहेको बताए । उनले पहँुचका भरमा राज्यको स्रोतमाथि खेलबाड गरेको आरोप लगाए । अहिले बजेट बनाउने मौका पाउदा मन्त्रीहरुले देखाएको गलत कामले अहिलेको व्यवस्थामाथि उठेको आक्रोश सहि पुष्टि...

Read More

सेवा सुविधा वृद्धिको माग गर्दै संसद् सचिवालयका कर्मचारी आन्दोलनमा

काठमाडौँ– तलब, अतिरिक्त भत्ता लगायतका सेवा सुविधा वृद्धिको माग गर्दै संघीय संसद् सचिवालयका कर्मचारीले संसद भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । उनीहरुले मंगलबार संसद भवनमा कालो पट्टी बाधेर विरोध प्रदर्शन गरेका छन् । कर्मचारीको आन्दोलनका कारण केहिबेर प्रतिनिधिसभाको प्रत्यक्ष प्रसारणमा समेत असर परेको थियो । असार ७ गतेसम्म माग सुनुवाइ नभए त्यसपछि तेस्रो चरणको आन्दोलन थाल्ने उनीहरूको घोषणा छ । संघीय संसद सचिवालय कर्मचारी प्रशासन नियमावली, २०६५ लाई अद्यावधिक गरी अनुसूची १२ लाई समयानुकूल परिमार्जन गर्नुपर्ने, अतिरिक्त समय काम लगाए बापतको अतिरिक्त प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्ने लगाएतका माग पुरा नभएसम्म आन्दोलन जारी रहने संसद सचिवालय, आधिकारीक कर्मचारी युनियनका...

Read More