Author: Himalaya Post

खेलकुदमन्त्री श्रेष्ठले सार्वजनिक गरे १ सय दिनको कार्यप्रगति

काठमाडौँ – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पदवहाली भएपश्चात सय दिन दिनको कार्य प्रगति सार्वजनिक गरेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले २१ बुँदे कार्यप्रगति सार्वजनिक गरेका हुन् । उनले देशभरका रंगशालाको व्यवस्थापनलाई मध्यनजर गरि रंगशाला सञ्चालनसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको जानकारी दिए । त्यस्तै मुलपानी क्रिकेट मैदानको डिपिआर तयार भएको तथा कीर्तिपुरमा स्कोरबोर्ड र फ्लडलाई जडानका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । त्यस्तै सो अवधिमा ११ वटा अन्तराष्ट्रिय प्रतियोगीताका साथै ४४ वटा राष्ट्रिय प्रतियोगीता सम्पन्न भएको, स्पोर्टस विज्ञान अध्यायनका लागि काठमाडौं विश्वविद्यालयसँग सम्झौता भएको, बार्षिक क्यालेन्डर सार्वजनिक गरिएको जानकारी दिए । उनले खेल...

Read More

प्रधानमन्त्री दाहालसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सिपिपिसिसी)का उपाध्यक्ष बार्टरले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता तथा सहमति कार्यान्वयनका विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्री दाहालले पछिल्लो समय आफ्नो चीन भ्रमणका क्रममा भएका सम्झौता क्रमशः कार्यान्वयनमा गइरहेकामा खुसी व्यक्त गरेको प्रधानमन्त्री दाहालका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटाले जानकारी दिए । प्रधानमन्त्रीले नेपाल–चीन सीमा क्षेत्रमा रहेका परम्परागत १४ वटा नाका सञ्चालनमा ल्याउने तथा महत्वपूर्ण सम्झौता क्रमशः कार्यान्वयन हुँदै गएकामा चीन सरकारलाई धन्यवाद दिए। प्रधानमन्त्री दाहालले दुई देशबीच भएको अन्य सम्झौता...

Read More

भारतीय सहयोगमा प्यूठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

काठमाडौँ – भारतीय सहयोगमा प्यूठानको ऐरावती गाउँपालिका–१ स्थित श्री दाङ–बाङ माध्यमिक विद्यालयका लागि निर्माण गरिने विद्यालय एवम् छात्रावास भवनको शिलान्यास गरिएको छ । आइतबार ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाह र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३.३९२ करोड नेपाली रुपैयाँ आर्थिक सहयोगमा यो परियोजनाको निर्माण गरिनेछ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासँगै विद्यालय एवम् छात्रावास भवनको निर्माणमा उपयोग गरिनेछ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा...

Read More

बजेटबारे सत्तारुढ दलभित्र असन्तुष्टि छ, गठबन्धनमा समस्या आएको छैन : गृहमन्त्री लामिछाने (अन्तर्वार्ता)

काठमाडौँ – टेलिभिजन पत्रकारिताका माध्यमबाट राष्ट्रिय राजनीतिमा छोटो समयमै स्थापित र लोकप्रिय भएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत हुन् । उपप्रधानमन्त्री लामिछानेसँग गणतन्त्र दिवसका अवसरमा राससको केन्द्रीय कार्यालयमा जारी विकास र पूर्वाधारसम्बन्धी तस्बिर प्रदर्शनी अवलोकनपछि मुलुकको शान्ति सुरक्षालगायत समसामयिक विषयमा राससका वरिष्ठ समाचारदाता प्रकाश सिलवालले गरेको संवादको सम्पादित विवरण: तपाईँले पछिल्लो पटक मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिनका उपलब्धिका विषय सार्वजनिक गरिसक्नुभएको छ तर कतिपय चुनौतीहरू विद्यमान देखिएका छन् । जस्तो, बारामा हालै एक क्याम्पस प्रमुखको हत्या भएको र त्यसमा छिमेकी मुलुकबाट ‘सुटर’हरु आएर यस्ता घटना गराइएको विषय आज पनि सङ्घीय संसद्मा उठेको छ ।...

Read More

गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

धादिङ – धादिङको गजुरी गाउँपालिकाबाट मकवानपुरको चौतारा जोड्ने सडक कालोपत्र सुरु भएको छ । सडक कालोपत्र भएपछि बर्खायाममा पनि कृषि उपज बिक्री गर्न सजिलो हुने स्थानीयको भनाइ छ । महाभारत लेकका स्थानीयले बाँस, निगालो, अम्रिसोलगायतबाट विभिन्न सामग्री बनाउने गर्छन् । सडक स्तरोन्नति तथा कालोपत्र भएमा महाभारत लेकका किसानलाई राहत मिल्ने र आर्थिक समृद्धिमा सहयोग पुग्ने स्थानीय बताउँछन् । ‘बाँस निगालोबाट डोका, डालो बुनेर, अम्रिसोबाट कुचो बनाएर हामीले आम्दानी गर्दै आएका छौँ,’ स्थानीय सन्तोष अधिकारीले भने, ‘बर्खायाममासमेत सडक सुचारु हुने भएमा तीन हजार टन आलु उत्पादन गर्ने क्षमता हामीसँग छ ।’ ठेकेदार कम्पनीले सम्झौता मिति अगावै सम्पन्न गर्नेगरी धमाधम कालोपत्र...

Read More