श्रममन्त्रीका सय दिन : श्रम, रोजगारको क्षेत्रमा धेरै सुधार भएको दाबी
काठमाडौँ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रम रोजगारको क्षेत्रमा धेरै सुधारका कामहरु भएको दाबी गरेका छन् । मन्त्रीको कार्यभार सम्हालेको सय दिनमा भएका काम र भावी योजनाबारे जानकारी दिन आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले अनलाइन श्रम स्वीकृति, हटलाइन, श्रमाधान लगायतका महत्वपूर्ण काम भएको दाबी गरेका हुन् । उनले केही देखबाट सुरु गरेको बैदेशीक रोजगारका लागि माग प्रमाणीकरणको कामलाई आगामी श्रावणदेखि पूर्ण रुपमा अनलाइन बनाउने जानकारी दिए । त्यस्तै एक घण्टामा नै श्रम स्वीकृति दिने, कोटा प्रणाली खारेज लगाएतका महत्वपूर्ण काम भएको उनले बताए । मन्त्री अर्यालले वैदेशिक रोजगारी क्षेत्रमा हुने ठगिलाइ नियन्त्रण गर्न...
Read More

























