Author: Himalaya Post

ललितपुरमा आजदेखि बागमती प्रदेश श्रमाधान रोजगार मेला सुरु

ललितपुर– बेरोजगार युवालाई रोजगारमा जोड्ने गरी ललितपुरमा मंगलबारदेखि बागमती प्रदेश श्रमाधान रोजगार मेला सुरु भएको छ । ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा आयोजना गरिएको रोजगार मेलाको विज्ञान प्रविधि मन्त्री सुमना श्रेष्ठ, बाग्मती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल र ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले श्रमको खोजीमा रहेका युवाका लागि श्रमाधान रोजगार मेला महत्वपूर्ण हुने बताए । यस कार्यक्रम रोजगारी सिर्जनाका लागि धेरै प्रभावकारी भएको भन्दै यस्ता कार्यक्रमलाई विश्वविद्यालयमा लैजाने गरि मन्त्रालयले तयारी गरिरहेको उनले जनाए । स्वदेशमै रोजगारी गर्न चाहने युवालाई आर्थिक र सामाजिक रुपमा स्थापित गराउन सहयोग...

Read More

फिफा विश्वकप २०२६ छनोट : आज नेपाल र यमन भिड्ने

काठमाडौँ–फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ । साउदी अरेबियाको दमामको प्रिन्स मोहमद बिन अफद मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति ११ः४५ बजेदेखि सुरु हुनेछ । यमनले आफ्नो होम गेम साउदी अरेबियामा सारेको हो । विश्वकप छनोटको दोस्रो चरणमा लगातार पराजित नेपाल आज यमनविरुद्धको खेलमा पहिलो जितको खोजीमा मैदानमा उत्रनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आफ्नो टोलीले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै नेपाली टोलीका कप्तान किरणकुमार लिम्बूले आफ्नो अन्तिम खेलमा जीत हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रने बताउनुभयो । कप्तान लिम्बूको यो खेलसँगै सय...

Read More

हेटौंडा अस्पतालमा आपतकालिन व्यवस्थापन ड्रिल अभ्यास

मकवानपुर– मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको हेटौंडा अस्पतालमा पहिलो पटक आपतकालिन व्यवस्थापन ड्रिल अभ्यास गरिएको छ । जुनसुकै बेला पनि आइपर्न सक्ने आपत्तकालिन अवस्थामा संयमित भएर प्रभावकारी सेवा कसरी प्रदान गर्न सकिन्छ भन्ने उद्देश्यले अस्पतालको आयोजनामा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ड्रिल अभ्यास गराइएको हो । प्रकोपको समयमा स्वास्थ्यकर्मीको भूमिका, उपचार प्रक्रिया, प्रकोपका बेला पालना गर्नुपर्ने नियमलाई ड्रील अभ्यास मार्फत् प्रस्तुत गरिएको थियो । भीमफेदी १ त्रिखण्डीमा सवारी दुर्घटना भएको कृत्रिम घटना मार्फत् घाइतेको उद्धार प्रक्रिया, उपचारमा स्वास्थ्यकर्मीहरुको परिचालन, उपचार, लगायतका बिषयमा अभ्यास गरिएको थियो । अस्पतालको इर्मेजन्सी कक्षमा विरामीको अवस्था अनुसारको तोकिएको जोनमा राखेर उपचार गरिएको थियो...

Read More

एमाले काठमाडौँको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै, को–को छन् दाबेदार ?

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । सहमतिमा नेतृत्व चयन हुन नसकेपछि उम्मेदवारी दर्ता भई आज मध्याह्न १२ बजेदेखि विद्युतीय उपकरणमार्फत मतदानको तयारी भएको जिल्ला कमिटीका अध्यक्ष दिपक निरौलाले जानकारी दिए । अध्यक्ष पदका लागि निरौला र निर्मल देउवाबीच प्रतिस्पर्धा हुँदैछ भने उपाध्यक्षमा विश्वराम सापकोटा, नमराज पराजुली, नवराज भट्ट र विदुरविक्रम खड्काले उम्मेदवारी दिएका छन् । यस्तै सचिवमा राजेश शाक्य र सत्यनारायण डङ्गोल तथा उपसचिवमा उद्धव भण्डारी, विन्दु मर्हजन, गुञ्जमान सिंह बस्नेत र तारा भण्डारीको उम्मेदवारी दर्ता भएको छ । अधिवेशनले पदाधिकारीसहित दुई सय २५ सदस्यीय जिल्ला कमिटी र सात सदस्यीय लेखासमिति निर्वाचित गर्नेछ । अधिवेशनमा पाँच सय ८५ प्रतिनिधि छन् भने बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । अधिवेशनको यही जेठ २६ गते एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए...

Read More

यता हेर्‍यो सिक्लेस, उता हेर्‍यो ताङतिङ

कास्की – हिउँचुलीको काखमा झुरुप्प परेका बस्ती । वरिपरि हरिया वनपाखा र खर्क । सिरसिरे लेकाली हावा । उस्तै चराको चिरबिर । तलपट्टि सुसाइरहेको मादी खोला । यस्तो लाग्छ सिक्लेस र ताङतिङको भूगोल आफैमा चित्रमय छ । हरेक ऋतुकालमा भिन्न विशेषतामा खुल्ने यी गुरुङ बाहुल्य गाउँ प्रकृति र संस्कृतिका सङ्गम हुन् । ग्रामीण पर्यटनका अनुपम धरोहर हुन् । अन्नपूर्ण हिमालको फेदबाट बहने कास्कीको मादी खोलाले सिक्लेस र ताङतिङलाई दुईतिर छुट्याएको छ । मादी गाउँपालिका–१ मा सिक्लेस र २ मा ताङतिङ पर्छ । पर्यटकीय राजधानी पोखरादेखि नजिकको दुरीमा रहेका दुवै गाउँ घुमफिरका लागि चल्तीका गन्तव्य हुन् । सहरको कोलाहलबाट उम्केर...

Read More