Author: Himalaya Post

छानबिन समिति गठनमा कांग्रेस नै सहमतिको बाधक बनिरहेको छ : एमाले

काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस सहमतिको बाधक बनिरहेको आरोप लगाएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले संसदीय छानविन समिति गठनका विषयमा लचक भएर सत्तापक्षले छलफल गर्दा पनि कांग्रेसले अडान नछाडेको र सहमतिको बाधक बनिरहेको आरोप लगाएका हुन् । उनले अधिकतम लचक भएर कांग्रेसले भनेका विषयलाई सम्बोधन गर्न खोजे पनि कांग्रेसले एकपछि अर्को माग लिएर प्रस्तुत भएको बताए । सहमतिको नजिक पुगेको काम शुन्यमा पुराउने काम कांग्रेसबाट भएको उनको भनाइ छ । बर्तौलाले कांग्रेसले निरन्तर संसदमा बबण्डर गर्नु औचित्यहीन काम भएको धारणा राखे । त्यस्तै कांग्रेस सहमहामन्त्री जीवन परियारले सहमतिका लागि कांग्रेसले तयार पारेको प्रस्तावमाथि सत्तापक्ष सहमत नभएको बताए । उनले गोर्खा मिडियामा विभिन्न सहकारीको रकम अपचलन भएको सो मुद्दामा रवि लामिछाने संलग्न भएको कांग्रेसको धारणाप्रति पटक पटक छलफल भएपनि निष्कर्ष निस्कन नसकेको उल्लेख गरे । कार्यदलमा भएको छलफलमा लामिछानेको नाम राख्न सत्तापक्षले अस्वीकार गरेको र सत्तापक्षले एकपछि अर्को शब्दावलीमा नयाँ अडान राखेको उनले आरोप लगाए । परियारले संसदीय छानविन समितिको कार्यादेशमा लामिछानेको नाम उल्लेख नभएसम्म कांग्रेस पछि नहट्ने जिकिर गरे । त्यस्तै माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जेठ १५ गतेसम्म सहमतिको प्रयास गरिने बताए । उनले प्रतिपक्षीले उठाएका सवै मागप्रति सरकार सकारात्मक रहेपनि अडान नछाडेको आरोप लगाए । उनले गृहमन्त्रीको बिषयका साथै सवै सहकारी पिडितहरुको न्याय हुने गरि संसदीय छानविन समिति बनाउन सरकार तयार रहेको बताए...

Read More

भारतीय सहयोगमा दाङमा दुई वटा विद्यालयका भवन निर्माण

काठमाडौँ – ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारतीय सरकारले १.७६ करोड नेपाली रुपैयाँको आर्थिक सहयोगमा दाङको लमही नगरपालिकास्थित श्री बाल जनता माध्यमिक विद्यालयको विद्यालयको निर्माण सम्पन्न गरेको छ । उक्त भवनको आज लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न बहादुर खत्री, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, लमही नगरपालिकाका मेयर जोगराज चौधरी र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । त्यस्तै ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु. २.८७ करोड आर्थिक सहयोगमा निर्माण गरिएको दाङको घोराही उप–महानगरपालिकास्थित श्री पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय भवनको पनि उद्घाटन गरिएको छ । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग लमही नगरपालिकास्थित श्री बाल जनता माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै प्रयोगशाला, प्रयोगशाला उपकरण, फर्निचर र दुई तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो । त्यसैगरी भारत सरकारको आर्थिक सहयोग दाङको घोराही उप–महानगरपालिकास्थित श्री पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै दुई तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यी परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । जिल्ला समन्वय समिति, दाङमार्फत यी परियोजनाको कार्यान्वयन गरिएको थियो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका माननीय मन्त्री, जिल्ला समन्वय समितिका प्रमुख, दाङका उप–महानगरपालिकाका मेयर र लमही नगरपालिकाका मेयरले प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको...

Read More

‘नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छ’

काठमाडौँ – प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले आगामी आर्थिक वर्षको प्रस्तुत नीति तथा कार्यक्रमले देशमा संविधानले निर्दिष्ट गरेबमोजिम समाजवादोन्मुख सामाजिक आर्थिक रुपान्तरणका लागि सुशासन, सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय आकाक्षा पूरा गर्ने लक्ष्य लिएको बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्को दुबै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनमार्फत प्रस्तुत नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूबाट पेश भएका संशोधन प्रस्तावका सम्बन्धमा सरकारको धारणा प्रस्तुत गर्दै प्रतिनिधिसभाको आजको बैठकमा उनले त्यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले संशोधन प्रस्तावमार्फत सांसदहरूबाट प्राप्त रचनात्मक सुझाव तथा पृष्ठपोषणका लागि धन्यवाद व्यक्त गरे । “सांसद चित्रबहादुर केसीले प्रस्तावित नीति तथा कार्यक्रममाथि १६ बुँदामा संशोधन प्रस्ताव पेश गर्नुभएको छ, तीमध्ये कतिपय प्रस्ताव भाषिक परिमार्जन गरिनुपर्ने र केही थप संशोधन गर्नुपर्ने प्रकृतिका रहेका छन्”, प्रधानमन्त्री दाहालले भने,“सांसदहरुले प्रस्तुत संशोधनमार्फत कृषि, भूमिसुधार, उद्योग, महिला, हिंसा, स्वास्थ्य, शिक्षा, श्रम, राष्ट्रियता तथा परराष्ट्र नीतिलगायतका क्षेत्रमा राख्नुभएका सुझावहरू महत्वपूर्ण र मननयोग्य छन् ।” सरकारले आत्मनिर्भर कृषि अर्थतन्त्रको विकास, उद्यमशीलताको प्रवर्द्धन, पूर्वाधार विकास तथा रोजगारी सिर्जना गर्दै सूचना प्रविधि क्षेत्रलाई उत्पादन तथा उत्पादकत्व वृद्धिको मुख्य संवाहकका रुपमा विकास गर्न जोड दिएको उनको भनाइ छ । साथै सामाजिकरूपमा उपेक्षित उत्पीडित वर्गको न्यायमा पहुँचका लागि कतिपय विशिष्ट कार्यक्रम प्रस्ताव गरिएका पनि उनले जानकारी दिए । यसअघि सांसद प्रेम सुवालले प्रस्तावित नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तावमा ४८ बुँदामा संशोधन प्रस्ताव राखेका थिए । प्रस्तुत संशोधनमा आर्थिक समानता, सामाजिक न्याय, विकास निर्माण, राष्ट्रियता, परराष्ट्र नीति, शिक्षा स्वास्थ्य, लगानी प्रवर्द्धनलगायतका सुझावहरूलाई गम्भीरतापूर्वक लिइने...

Read More

न्युरोडमा फुटपाथ बढाउने महानगरको कदम कानुन विपरित : यातायातमन्त्री महासेठ

काठमाडौँ – उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले न्युरोडमा फुटपाथ बढाउने काठमाडौं महानगरको कदम कानुनसम्मत नभएको बताएका छन् । आइतबार संसद भवन सञ्चारकर्मीसंग कुरा गर्दै महासेठले सडक विभागमा धुलो खन्याउने कदमप्रति कुनै गुनासो नभए पनि न्युरोडमा फुटपाथ बढाउने नाममा सार्वजनिक बाटोको चौडाइ घटाउने काम कानुनसम्मत नभएको बताएका हुन् । कानूनसम्मत नभएकै कारण सडक विभागले त्यसलाई रोकेको उनले बताए । महानगर प्रमुख बालेन शाहले कलंकी–महाराजगन्ज सडकको बिषयमा उठाएका विषय सकारात्मक भएको भन्दै उनले त्यसप्रति कुनै आपत्ती नभएको धारणा राखे । महानगरको कदमप्रति सरसल्लाह भइरहेको उनको भनाइ छ । कलंकी–महाराजगन्ज सडक निर्माणका लागि आन्तरिक स्रोतबाट पनि बजेट व्यवस्थापन गरिएको उनले जानकारी दिए । कलंकी–महाराजगञ्ज सडक विस्तार सुस्त भएको र त्यसका कारण जनतालाइ समस्या भएको भन्दै महानगरले विरोध स्वरुप शनिबार मिनभवनस्थीत सडक विभागमा एक ट्रक धुलो खन्याएको थियो...

Read More

काठमाडौँ उपत्यकाको तापक्रम बढ्दो क्रममा

काठमाडौँ – हाल देशमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहेको बताएको छ । साथै गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा लुम्बिनी प्रदेशका तराई भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत पहाडी भागका केही स्थानमा तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ...

Read More