Author: Himalaya Post

पूर्वाधारको पर्खाइमा कोरला नाका

म्याग्दी – उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा समस्या भएको छ । गत कात्तिक अन्तिम सातादेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि खुलाइएको कोरला नाकाको नेपालतर्फ आवश्यक भौतिक संरचना नहुँदा व्यापारी, स्थानीयवासी र पर्यटक समस्यामा परेका हुन् । चार वर्षपछि खुलेको कोरला नाकाको नेपालतर्फ आवश्यक पूर्वाधार नहुँदा व्यावसायिक लाभ लिन नपाएको लोमान्थाङ्का व्यवसायी टसी नर्बु गुरुङले बताए । ‘चीनतर्फ सबै पूर्वाधार छन्,’ उनले भने, ‘नेपालतर्फको सिमानामा भन्सार, सामान भण्डारण, सुरक्षा निकायका लागि भवनलगायतका पूर्वाधार बनेको छैन, त्यसैले कोरला नाका व्यावसायिक रूपमा चल्न सकेको छैन ।’ चीनले एक दिनमा एक जना मात्र जान पाउने र गाडी लैजान नदिने नियम बनाएको छ । झोला र बोरामा अटाउने सामान ल्याउने गरिएको व्यवसायी गुरुङले बताए । चिनियाँ बजारबाट सामान किनेर नेपाली भूगोलमा गाडीमा ल्याउनुपर्दा झन्झट हुने व्यवसायी मिना गुरुङले बताइन् । कोरलाबाट ल्याएको सामान जाँचपास गराउन १३ किमी तल नेचुङ भन्सार कार्यालय र प्रहरी चेकपोष्टमा ल्याउनुपर्दा झन्झट हुने उनको भनाइ छ । नाकामा भन्सार र सुरक्षा निकायको नियमित उपस्थितिका लागि भवन, खानेपानी, सञ्चार सुविधा र शौचालयको तत्कालै व्यवस्थापन गर्नुपर्ने लोमान्थाङ-१ छोसेरका छिरिङ ल्यामो गुरुङले बताए । ‘नाकामा प्रहरीको उपस्थितिका साथै नेपाली गाडी चीनको बन्दरगाहसम्म पुग्न दिने र एक दिनमा एकपटक मात्र चीनतर्फ जान पाउने नियम हटाएमा सहज हुने थियो,’ उनले भने, ‘यहाँ १० किमी तलबाट पिउने पानी ओसार्नुपर्छ ।’ कोरला घुम्न आउने पर्यटक र व्यापारीका लागि छोसेरका व्यवसायीले त्रिपालको अस्थायी टहरा...

Read More

बजेट निर्माणको काम अन्तिम चरणमा छ : अर्थमन्त्री पुन

काठमाडौँ – अर्थमन्त्री बर्षमान पुनले बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अर्थमन्त्री पुनले योजना आयोगले तोकेको १८ खर्वको सिलिङभित्र नै बजेट निर्माण कार्य अन्तिम चरणमा पुगको बताएका हुन् । कुनै मन्त्रालयले दबाब दिएको वा हस्तक्षेप गरेको विषयमा सत्यता नभएको उनले बताए । त्यस्तै मन्त्री पुनले संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संसदबाटै शान्तिपूर्ण रुपमा बजेट प्रस्तुत गर्ने तयारी भएको भन्दै प्रतिपक्षी दलले सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले प्रतिपक्षी दलले उठाएका मागलाई सम्बोधन गर्ने गरी सरकारले छलफल अघि बढाइसकेको अवस्थामा आन्दोलनलाई निरन्रतता दिनु जायज भएको बताए । मन्त्री पुनले संसदमा निरन्तर अवरोध गर्नु लोकतन्त्रका लागि शोभनिय बिषय नभएको प्रतिक्रिया दिए...

Read More

सडकमै तगारो !

गण्डकी – एउटा यस्तो गाउँ जहाँ तगारो पन्छाएर सवारीसाधन चलाउनुपर्छ । खोलेको तगारो नलगाएमा जरिवाना तिर्नुपर्छ । गाउँ छिर्दा र बाहिरिँदा सडकमा तेस्याइएका दुई वटा फलामे तगारा पार गर्नुपर्छ । यो कास्कीको चिप्ली गाउँको अवस्था हो । तगाराको माथिपट्टि सानो सूचना पाटी राखिएको छ । सूचनामा लेखिएको छ, “सवारीचालकज्यूहरु, कृपया तगारो लगाउनुहोला । यदि तगारो नलगाएमा जरिवाना रु पाँच सय तिर्नुपर्नेछ । तपाईंलाई हेरालाले लुकेर हेरिरहनुभएको छ, धन्यवाद ।” सोही सूचना हेरेर सवारीचालकले पहिले आफ्नो सवारीसाधन रोक्छन्, तगारो खोल्छन्, सवारीसाधन छिराउँछन् र तगारो लगाएर गन्तव्यतिर लाग्छन् । मादी गाउँपालिका–६ स्थित चिप्ली हुँदै मादी–१ को पर्यटकीय गाउँ सिक्लेस जोड्ने सडकमा गाउँलेहरुले तगारो लगाउने गरेका हुन् । बस्तुभाउबाट खेतीबाली जोगाउन गाउँलेले तगारो लगाउने गरेका मादी–१ सिक्लेसका वडाध्यक्ष देवीजङ्ग गुरुङले बताए । “चिप्ली, सिक्लेसलगायत यहाँका अरु गाउँमा पनि तगारो लगाउने चलन छ”, उनले भने, “चरनमा छाडिएका गाईबस्तु गाउँ छिर्नबाट रोक्न तगारो लगाइन्छ ।” सवारीसाधनको आवातजावतमा तगारोले समस्या उत्पन्न गरेकाले अर्को विकल्प खोज्नुपर्ने वडाध्यक्ष गुरुङले बताए । एउटै गाउँमा दुईपटकसम्म सवारीसाधन रोक्दै तगारो हटाएर यात्रा गर्नुपर्दा झन्झट हुने गरेको सवारीचालक बताउँछन् । “पर्यटकीय क्षेत्र पनि भएकाले सडकमा बाधा उत्पन्न हुँदा सकारात्मक सन्देश जाँदैन”, उनले भने, “तगारो लगाउनु स्थानीयवासीको बाध्यता भएपनि अब छुट्टै विकल्प खोज्नुपर्छ ।” चिप्लीको सिद्ध युवा क्लबका अध्यक्ष नारायण गुरुङले आफैँले पनि गाउँ आवतजावत गर्दा सास्ती खेप्नुपरेको बताए । “प्रवेशद्वार वा अन्य कुनै सजिलो विकल्प खोज्नुपर्छ, हामीले गाउँमा पनि यस विषयमा छलफल गरिरहेका छौँ”, उनले भने, “यसको समाधानका लागि वडा कार्यालयले...

Read More

विपक्षी दलको विरोधका बीच सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ – सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा विपक्षीको विरोधकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल गरी बहुमतले पारित गरिएको हो । त्यसअघि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले संसदको अवरोध हटाएर बजेट ल्याउने गरी छलफल भइरहेको जानकारी दिए । कांग्रेस सभापतिसंगको भेटवार्ता सकारात्मक भएको भन्दै उनले बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति र समझदारी बन्ने विश्वास व्यक्त गनरे । प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको प्रस्तुत नीति तथा कार्यक्रमले सामाजिक आर्थिक रुपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकांक्षा पुरा गर्ने लक्ष्य लिएको बताए । सरकारले आत्मनिर्भर कृषि अर्थतन्त्रको विकास, उद्यमशीलताको प्रवर्द्धन, पूर्वाधार विकास तथा रोजगारी सिर्जना गर्दै सूचना प्रविधि क्षेत्रलाई उत्पादन तथा उत्पादकत्वमा वृद्धिको मुख्य संवाहकका रुपमा विकास गर्न जोड दिएको उनले बताए । त्यस्तै प्रधानमन्त्री प्रचण्डले सामाजिकरुपमा उपेक्षित उत्पीडित वर्गको न्यायमा पहुँचको लागि कतिपय विशिष्ट कार्यक्रम प्रस्ताव गरिएको जानकारी दिए । प्रधानमन्त्रीको जवाफपछि सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथिको संशोधनलाइ निणयार्थ प्रस्तुत गर्दा अस्वीकृत भएको थियो । सभामुख घिमिरेले आगामी जेठ १५ गते दिनको १ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट पेश गर्ने जानकारी दिएू । उनले उक्त दिन १२.४५ अघि नै संसदमा उपस्थीत हुन आग्रह गरे । संयुक्त बैठकपछि सोहि दिन अपरान्ह चार बजे प्रतिनिधिसभाको बैठक बस्ने सभामुखले जानकारी गराए...

Read More

सत्ता गठबन्धनको रवैया निरंकुशताउन्मुख र अनुदारवादी : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तागठबन्धनको रवैया निरंकुशताउन्मुख र अनुदारवादी देखिँदै गएको बताएका छन् । नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले सञ्चारमाध्यको विषयवस्तुमाथि नियन्त्रण गर्न खोज्ने, संसदमा प्रतिपक्षीलाई बोल्न रोक्ने जस्ता सत्तागठबन्धनको रवैया निरंकुशताउन्मुख र अनुदारवादी देखिएको बताएका हुन् । सञ्चारमाध्यमलाई नियन्त्रण गर्न खोज्ने अहिलेको प्रवृति चिन्ताजनक रहेको भन्दै उनले अहिले जस्तो अवस्थामा ज्ञानेन्द्र शाहको शासनमा समेत नदेखिएको तर्क गरे । उनले सत्ताको रवैको विरोध गर्दै काठमाडौंमा कांग्रेसले वृहत प्रदर्शन भएको र यो कुनै व्यक्ति केन्द्रित नभएको जिकिर गरे । महामन्त्री थापाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति कांग्रेसले भनेकै जस्तो बन्ने र यस बिषयमा संसदबाटै लड्ने स्पष्ट पारे । उनले कुनै पनि व्यक्तिको व्यवसायिक र निजी जीवनको कर्मको जवाफदेही सोहि व्यक्ति नै हुनुपर्ने भएपनि कैलाश सिरोहियामाथिको अनुसन्धानको प्रक्रिया उचित नभएको धारणा राखे...

Read More