Author: Himalaya Post

आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान

काठमाडौँ – सरकारले चालू आर्थिक वर्ष २०८०/८१ मा ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ । आइतबार प्रतिपक्षी सांसदको नारावाजीकाबीच प्रतिनिधिसभामा चालू आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री बर्षमान पुनले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिएको बताउनुभयो । उहाले चालू आर्थिक वर्ष कुल लगानी २ दशमलव ८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड पुग्ने अनुमान रहेको बताए । त्यस्तै प्रति व्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर पुग्ने अनुमान पनि गरिएको छ भने चालू आर्थिक बर्षको फागुनसम्म औसत मुद्रा स्फीतिदर ६ दशमलव ०८ प्रतिशत रहेको बताए । चालू वर्षको फागुनसम्म सङ्घीय सरकारको राजश्व सङ्कलन ६.९ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब ५ करोड पुगेको भन्दै उनले संघीय खर्च २.९ प्रतिशतले बढेर ८ खर्ब १ अर्ब ९८ करोड पुगेको जानकारी दिए । फागुनसम्म कूल सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको रकूल ऋणमध्ये आन्तरिक ऋण ४९.६ प्रतिशत र बाह्य ऋण ५०.४ प्रतिशत रहेको उनले बताए । त्यस्तै अर्थमन्त्री पुनले फागुनसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा ५.६ बढेको, बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल बढेको जानकारी दिए । उनले मुलुकको आर्थिक अवस्था क्रमश सुधार हुँदै गएको जानकारी दिए...

Read More

सहकारी ठगी प्रकरणमा टीओआर टुंग्याउन कार्यदल सहमति नजिक

काठमाडौँ – सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदल सहमति नजिक पुगेको छ । सिंहदरबारमा शनिबार बसेको कार्यदल बैठकमा गृहमन्त्रीको नाम उल्लेख नगरी सहमति समिति गठन गर्ने विषयमा सहमति नजिक पुगेको कानुनमन्त्री पदम गिरीले जानकारी दिए । यद्धपि अन्तिम टुङ्गो लाग्न बाँकी रहेको उनले बताए । मन्त्री गिरीले मुलुकका संकटग्रस्त रहेका सहकारीका साथै संसदमा उठेका सहकारीको नाम तोकेर कार्यादेश तयार गर्ने बिषयमा छलफल भएको बताए । उनले कार्यदलमा भएका विषयहरुलाई शीर्ष तहमा जानकारी गराउने गरि बैठक सकिएको जानकारी दिए । यसअघि कांग्रेसले गृहमन्त्रीको नाम उल्लेख गरेर छानबिन गर्न समिति बनाउनुपर्ने अडान राखेको थियो भने सत्तारुढ दलले व्यक्तिकेन्द्रित समिति बनाउन अस्वीकार गर्दै आएको छ...

Read More

मन्त्री महासेठलाई मेयर बालेनले पठाए धुलो उपहार !

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले रिङ रोड सडक निर्माणमा विलम्व गरेकोमा नगरवासीले भोग्नु परेको भन्दै माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धुलो उपहार पठाएका छन् । काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको भन्दै मेयर शाहले महानगरको ब्रुमरले संकलन गरेको धुलो बबरमहलस्थित सडक विभाग बाहिर र मीनभवनस्थित डिभिजन सडक कार्यालय काठमाडौं बाहिर पुर्याएका हुन । ”माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु ! तपाईंको ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ बर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ । यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्विकार्नु होला । मेयर शाहले लेखेका छन्...

Read More

कार्यदल बैठक निस्कर्ष : गृहमन्त्रीको नामसहित छानबिन संसदीय समिति बनाउनुपर्ने

काठमाडौँ– नेपाली कांग्रेसले गृहमन्त्रीको नामसहित सहकारी प्रकरणमा छानबिन गर्नको लागि संसदीय समिति बनाउनुपर्ने अडान कायमै राखेको छ । सिंहदरबारमा शुक्रबार बसेको सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठकमा कांग्रेस नेताहरुले सहकारी प्रकरणमा गृहमन्त्रीका नामका साथै समस्याग्रस्त घोषणा गरेका सहकारीको बारेमा आवश्यक अध्ययन गर्नुपर्ने अडान राखेको हो । बैठकमा सत्तापक्षले गृहमन्त्रीको नाम उल्लेख नगरि सहकारीको नाम राखेर सहमति जुटाउन सकिने प्रस्ताव गरेको थियो । कांग्रेस र सत्तापक्षले राखेको आ–आफ्ना प्रस्तावका बारेमा पार्टीभित्र छलफल गर्ने कांग्रेसका सहमहामन्त्री जीवन परियारले बताए । उनले गोर्खा मिडियामा हुँदा गृहमन्त्रीले रकम अपचलन गरेको विषयमा छानबिन नहुने गरी सहमति हुन नसक्ने स्पष्ट पारे । त्यस्तै एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले गृहमन्त्रीको नाम नराख्ने तर जोडिएको सहकारीको नाम राखेर सहमति जुटाउने प्रयास जारी रहेको बताए । उनले कांग्रेसले केहि लचकता देखाएकाले सहमति हुने विश्वास व्यक्त गरे । बैठकमा रास्वपाका सदस्यहरुले कांग्रेस र सत्तापक्षको प्रस्तावमाथि पार्टीमा छलफल गर्ने जनाएको छ । संसदीय छानविन समितिका बिषयमा दलहरुबीच सहमति नहुदा संसद बैठक लगातार प्रभावित हुदै आएको छ...

Read More

आफ्नो मागप्रति सरकार गम्भीर नभएको भन्दै सहकारी पिडित प्रर्दशनमा

काठमाडौँ– सरकारले आफुहरुको मागप्रति गम्भीरता नदेखाएको भन्दै सहकारी पिडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । सहकारी बचत अपचलनकर्तालाई कारवाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरेपनि कार्यान्वयन नभएको भन्दै पिडितहरुले शुक्रबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । सरकारले आफूहरुसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुसलभ केसीले बताए । सहकारी पीडितहरुको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्त रुपमा अगाडि बढाउने उनले जनाए । उहाले आफ्नो बचत फिर्ता नपाउदाको नागरिकको पिडा सरकारले सुन्नुपर्ने उल्लेख गरे...

Read More