Author: Himalaya Post

अर्थतन्त्रको शिथिलता चिर्ने गरी बजेट ल्याएका छौँ : अर्थमन्त्री पुन

काठमाडौँ – अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रको शिथिलता चिर्ने गरी बजेट ल्याइएको दाबी गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बजेटमाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्दै अर्थमन्त्री पुनले नागरिकस्तरमा देखिएका निराशा र अर्थतन्त्रको शिथिलता चिर्ने बजेट ल्याएको दाबी गरेका छन् । बजेट ल्याउँदा स्रोत व्यवस्थापनमा ठूलो चुनौती देखिए पनि वस्तुवादी ढंगले बजेट आएको उनले बताए । उनले निजी क्षेत्रले सन्तुलित बजेट आएको प्रतिक्रिया दिएको भन्दै यसलाई सफल कार्यान्वयन गर्ने दायित्व पूरा गर्ने प्रतिवद्धता जनाए । उनले समग्र जनताका आकांक्षालाई बजेटमार्फत प्रतिबिम्बित गर्ने जिम्मेवारी भएकाले सबैलाई विश्लेषण गरेर कुशलताका साथ विनियोजन भएको जानकारी दिए । राजस्वका दर निकै कम मात्र हेरफेर गरिएको भन्दै अर्थमन्त्री पुनले त्यसले उद्योगलाई संरक्षण गर्ने बताए । उनले गत वर्षको भन्दा अहिले अर्थतन्त्रमा क्रमिक सुधार देखिएपनि अझै पूरै सुधारको अवस्थामा भने पुगिनसकेको धारणा राखे...

Read More

सन्दीप लामिछानेलाई भिसा नदिनु देशकै अपमान : ज्ञानेन्द्र शाही

काठमाडौँ – राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले विश्वकप खेल्न क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिने कुरा समग्र देशको अपमान भएको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा शाहीले अदालते न्याय दिएर क्यान र सरकारले सिफारिस गर्दा पनि सन्दीपलाई अमेरिकाले भिसा नदिनु समग्र देशको अपमान भएको बताएका हुन् । उनले विश्वकप खेल्नका लागि आफ्ना खेलाडीलाई भिसा नदिँदा पनि कुनै प्रतिक्रिया नदिने परराष्ट्र र खेलकुद मन्त्रालयको आवश्यकता नदेखिएको धारणा राखे । विश्वकप आयोजना गर्ने देशले नै खेल खेल्न भिसा नदिनु भनेको पञ्चशिलको सिद्धान्त बिपरित रहेको उनको भनाइ छ । उनले देशलाई खेलाडी वा कलाकारले देशलाई चिनाउने भन्दै यसलाई देशका नेताहरुले बुझ्न नसकेको...

Read More

प्राविधिक जनशक्ति उत्पादन गर्न पालिकाको छात्रवृत्ति

फुङ्लिङ – ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ । दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सघाउने उद्देश्यले गाउँपालिकाले छात्रावृत्तिको व्यवस्था गरेको हो । गाउँपालिकाले विगत तीन वर्ष देखि विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको पाथीभरा याङवरक गाउँपालिकाका शिक्षा शाखाप्रमुख लाप्साङ तामाङले बताए । गाउँपालिकाले चालु आर्थिक वर्षमा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । गाउँपालिका भित्र विज्ञान विषय पठनपाठन हुदैन । विज्ञान विषय पढ्न गाउँपालिका बाहिर जानुपर्ने अवस्था छ । विद्यार्थीले प्राप्त गरेको अङ्कको आधारमा एक शैक्षिक सत्रमा रु २० हजारदेखि रु ६० हजारसम्म छात्रवृत्ति...

Read More

घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुनगेरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको हो । निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र डिजेलको मूल्य प्रतिलिटर २.४५ ले घटेर आएको छ । तर, नेपाल सरकारले बजेटमार्फत पेट्रोल र डिजेलमा प्रतिलिटर एक रुपैयाँका दरले ‘हरित कर’ लागु गरेकाले त्यसैअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ...

Read More

रैथाने मौरी जोगाउन इच्छाकामनाका किसानलाई आधुनिक घार

चितवन – यहाँको इच्छाकामना गाउँपालिकामा रैथाने मौरी संरक्षणका लागि स्थानीय किसानलाई मौरीको आधुनिक घार वितरण गरिएको छ । काठको मादले घारमा मौरीपालन गर्दै आएका किसानलाई आधुनिक घार वितरण गरिएको हो । गाउँपालिका र सपना भिलेज सोसल इम्प्याक्टले आज संयुक्त रुपमा ४० घरधुरीलाई ८० वटा घार वितरण गरेको छ । इच्छाकामना९२ घुर्केसका २० र सोही वडाकै काउलेका २० घरधुरीलाई पालिकाको ५० प्रतिशत र सपना भिलेजको ५० प्रतिशत लगानीमा मौरी घार वितरण गरिएको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । आर्थिक अभावका कारण घार किन्न नसकेका यहाँका किसानले घरको भित्ता, रूखको धोद्रो, काठको मादले घारमा मौरीपालन गर्दै आएका छन् । आधुनिक मौरीपालनमार्फत महको उत्पादन बढाउने र मौरी संरक्षण गर्ने उद्देश्यले मौरी घार उपलब्ध गराएको उनले बताए । घारसँगै मौरीपालनका लागि आवश्यक औजारसमेत प्रदान गरिएको छ । सुपर घारसहित टोपी, पञ्जा, धुँवादानी, आधार चाका प्रदान गरिएको अध्यक्ष गिरीले जानकारी दिए । सोही वडाको पर्यटकीयस्थल मायाटारको नजिक रहेका बस्तीहरुमा पर्यापर्यटनको विकासका लागि रैथाने मौरी संरक्षणको काम सुरु गरिएको हो । “मौरीसँगै मौरीको स्रोत संरक्षण गरेर रैथाने मौरी जोगाउनुपर्ने देखियो,” अध्यक्ष गिरीले भने, “व्यावसायिक मौरीपालनका लागि मात्र होइन रैथाने मौरी जोगाउन पनि घार दिएका हौँ ।” उनका अनुसार मायाटार र आसपासका क्षेत्रमा चरीचरनका लागि चिउरी, लालीगुराँस, टाँकी, पड्के, रुदिलो, किम्बु, चिलाउने जस्ता वनस्पति मौरीपालनको स्रोतको रुपमा रहेको छ । विकट बस्तीमा उत्पादन भएको चिउरीको महको बजार राम्रो छ । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले रैथाने मौरीको संरक्षण, स्थानीय समुदायको जीविकोपार्जन, पर्यापर्यटनको विकासका लागि मौरीको...

Read More