Author: Himalaya Post

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर

न्यूयोर्क – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्युयोर्कको एक अदालतले सबै फौजदारी मुद्दासम्बन्धी अभियोगमा दोषी ठहर गरेको छ । यससँगै उनी अपराधमा दोषी ठहरिएका पहिलो पूर्व अमेरिकी राष्ट्रपति बनेका छन् । अदालतले योनकर्मी स्टोर्मी डेनियल्सलाई चुप गराउनका लागि गरिएको भुक्तानी लुकाउनका लागि व्यवसायको रेकर्ड मिथ्या बनाएको ३४ वटा अभियोगमा उनलाई दोषी ठहर गरेको हो । सिद्धान्ततः उनलाई प्रत्येक अभियोगका लागि चार वर्षको जेल सजाय हुन सक्छ तर निगरानीको अवधिलाई गणना गर्ने सम्भावना बढी हुन्छ । बिना जमानत रिहा भएका ७७ वर्षीय रिपब्लिकन नेतालाई दोषी ठहर गरेसँगै उनलाई एक अपराधीका रूपमा हेरिनेछ । राष्ट्रपतिहरूलाई अक्सर विश्वको सबैभन्दा शक्तिशाली व्यक्तिको रूपमा वर्णन...

Read More

बरञ्जाको सात वर्ष पुरानो धुलेमेला

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ वडामा पर्ने बरञ्जाका बासिन्दाले सात वर्ष पुरानो धुलेमेला मनाउने परम्परालाई निरन्तरता दिएका छन् । स्थानीयले हरेक वर्ष जेठमा चन्द्रमासको शुक्ल वा कृष्णपक्षको मंगलबारदेखि तीनदिनसम्म धुलेमेला मनाउने गर्दछन् । बरञ्जा गाउँका ५४ वर्षीय कुरिया मगरले प्रत्येक वर्ष जेठमा चन्द्रमासको शुक्ल वा कृष्णपक्षको मंगलबारदेखि यो मेला मनाउने गर्दछन् । यस वर्ष जेठ १५ गतेदेखि सुरु भएकामा बिहीबार सकिएको मङ्गला–३ का वडाध्यक्ष याम रोकाले जानकारी दिए । उनका अनुसार बरञ्जा क्षेत्रमा तत्कालीन समयमा आएका ५४ घर कुरिया मगरले विसं १३१२ मा थर्पुमा कोतघर निर्माण गरेसँगै धुलेमेला मनाउन थालेको तथ्य भेटिएको छ । “१३औँ शताब्दीदेखिको धुलेमेला मनाउने परम्परागत सांस्कृतिक पर्वलाई जिवन्त राख्न निरन्तरता दिएका छौँ”, वडाध्यक्ष रोकाले भने, “दिवङ्गत आफन्तहरुको पितृ उद्धारका लागि सात सय वर्षअघि मनाउन थालिएका धुलेमेलालाई पछिल्लो पुस्ताले समेत आफ्नो संस्कारका रूपमा निरन्तरता दिएका छन् ।” बरञ्जाका ५४ कुरिया मगरको बस्ती विस्तारसँगै राम्जाली रोका, बझाङी रोका, पुन, मर्चथोके रोका, मास्ना घर्ती, दर्लामी घर्ती, सुतप्राई घर्ती, बुढाथोकी र फगामी घर्ती गरी नौ थरका पुर्खा मिलेर घुम्दै हतियार धनुष वाँण बोकेर जङ्गली जनावरको सिकार गर्दै तरुल, भ्याकुर खोजेर खाँदै आफ्ना परिवारसहित बरंजामा पुगेपछि बस्नका लागि उपयुक्त स्थान देखेपछि यही क्षेत्रमा बसाइँ बसेको किम्बदन्ती रहेको धुलेमेला व्यवस्थापन समितिका अध्यक्ष रनबहादुर रोकाले बताए । मुख्य गरेर तीन दिन मनाइने मेलाका लागि नौ दिनअघि पौराणिक विधि पूरा गरी जाँड राखेपछि सुरुआत भएको मानिने उनले बताए । “पहिलो दिन बरञ्जाको फेदीमा बग्ने अर्जेखोलामा गएर माछा सिकार गरी ल्याएर विधिपूर्वक...

Read More

सन्दीपलाई भिसा दिलाउन पहल गरकै हौँ, दिने-नदिने दूतावासको अधिकार हो : प्रवक्ता शर्मा

काठमाडौँ – सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई अमेरिकाको भिसा दिलाउन सरकारले पहल गरे पनि असफल भएको बताएकी छन् । शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले टी–२० विश्वकपमा सहभागिताका लागि सरकारको कुटनीतिक पहलका बाबजुत टी-२० विश्वकपमा सहभागी हुनका लागि सन्दीपलाई अमेरिकाको भिसा दिलाउन असफल भएको बताएकी हुन् । साथै उनले कसैलाई भिसा दिने वा नदिने भन्ने कुरा दूतावासको अधिकारको विषय भएको बताइन् । उनले भनिन्, ‘नेपाल सरकारले पहल, प्रयत्न गर्यो । अमेरिकाले भिसा दिएन । भिसा दिनु नदिनु उसको आफ्नो अधिकारको कुरा भयो । भिसा दिन दिएन भनेर यहाँ हामीले उत्तर दिइराख्नुपर्ने विषय हो भन्ने मलाई लाग्दैन ।’ यसअघि पनि अमेरिकाको भिसा अस्वीकृत भएपछि सन्दीपलाई भिसा दिलाउन माग गर्दै काठमाडौँमा प्रदर्शन समेत भएका थिए । सन्दीपलाई अमेरिकी दूतावासले बिहीबार दोस्रो पटक अन्तवार्ताका लागि बोलाएको थियो । तर, दोस्रो प्रयासमा अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेसँगै आगामी जुन १ देखि अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका सहभागिता जनाउने सन्दीपको सपना करिब अन्त्य भएको छ । समूह ‘डी’मा रहको नेपालले विश्वकपको पहिलो खेल ४ जुनमा नेदरल्याण्डविरुद्ध खेल्दैछ...

Read More

यात्रा अनुमति नपाएका हातहतियार घरबाहिर लैजान निषेध

काठमाडौँ – सरकारले कानुन बमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरु घर बाहिर लैजान निषेध गरेको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले प्रचलित कानुन बमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरु इजाजत बाहकले घर बाहिर लैजान नपाउने गरि निषेध गरिएको जानकारी दिइन् । यात्रा अनुमति प्राप्त गरेका हातहतियार समेत तोकिएको स्थानमा लैजान नपाउने गरि निषेध गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले बताइन् । बैठकले नेपाल र चीन सरकारबीच हुने भूकम्पीय अनुसन्धान सम्बन्धी समझदारीपत्र स्वीकृत गर्दै उक्त समझदारी पत्रमा हस्ताक्षर गर्न उद्योग मन्त्रालयलाई अख्तियारी दिने निर्णय गरेको छ भने विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई मनोनयन गर्ने निर्णय गरिएको छ । त्यस्तै त्रिभुवन विश्वविद्यालयको नाममा विभिन्न ठाँउमा रहेको जग्गा मध्ये पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र रहेको जग्गाको अध्ययन अनुसन्धान तथा छानविन एवं अचल सम्पतीको खोज र लगत संकलन गरि प्रतिवेदन पेश गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् । पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले क्रिकेट सन्दीप लामिछानेलाई विश्वकप खेल्न अमेरिकाको भिसा प्रदान गर्नका लागि सरकारले पहल गरेपनि भिसा प्राप्त नभएको भन्दै भिसा दिन वा नदिने अधिकार नितान्त दूतावासको भएको बताइन् । उनले अहिलेको मुलुकको आर्थिक अवस्थाका कारण बजेटमार्फत कर्मचारीको तलव बृद्धि गर्न नसकिएको स्पष्ट पारिन् । प्रवक्ता शर्मा प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिदा आवश्यक भन्दा बढी मत आएकाले अहिले सरकारलाई अप्ठेरो पर्ने अवस्था नरहेको जिकिर...

Read More

पेट्रोलियम पदार्थ अन्वेषण : दर्जनौँ कामदार उत्खननमा व्यस्त

दैलेख – दैलेख जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् । उत्खखनका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताए । कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागु गरेर काम भइरहेको जानकारी दिँदै उनले आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार रु दुई अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो...

Read More