Author: Himalaya Post

तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु

फुङ्लिङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको शिलान्याससँगै अन्य काम प्रारम्भ भएको छ । संविधानसभा सदस्य सञ्चकपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बूद्वारा संयुक्त रूपमा आयोजनाको बिहीबार शिलान्यास भएको हो । आयोजनाको प्रवर्द्धक स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड हो ।अध्यक्ष लिम्बूका अनुसार आगामी चार वर्षमा आयोजना पूरा गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ताप्लेजुङमा हाइड्रोपावर आयोजना बनेपछि जिल्लाको समृद्धिमा योगदान पुग्ने फुङ्लिङ नगरपालिका प्रमुख अमिर मादेनले बताए । उनले भने, “ जिल्लामा विद्युत् आयोजना निर्माण हुनु आर्थिक समृद्धिको बाटो खुल्नु हो ।...

Read More

प्रतिनिधि सभा बैठकमा ढिलाई, विपक्षी दलको निर्णय पर्खदैँ सभामुख घिमिरे

काठमाडौँ– सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक बस्न ढिलाई भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाईएको थियो । तर, बानेश्वरमै कांग्रेससहितका विपक्षी दलको बैठक चलिरहँदा सदन बस्न ढिलाइ भएको हो । बैठक बस्नमा ढिलाई भएपछि सभामुख देवराज घिमिरे कार्यदल र विपक्षी दलको बैठकको निर्णय पर्खेर बसिरहेका छन्। लगातार गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिाछनेमाथि सहकारी ठगी प्रकरण संसदीय समितिको माग गर्दे आएको नेपाली कांग्रसेलाई विपक्षी दलले पनि साथ दिएका छन् । समितिको टीओआर टुंग्याउन अहिले कार्यदलको बैठक पनि बसिरहेको बुझिएको छ। सभामुखले यसअघि सरकारसँग मिलेर बहुमतको बलमा पेलेको भन्दै विपक्षी दलहरु असन्तुष्ट छन्। आज समितिको...

Read More

प्रतिनिधि सभा बैठकअघि विपक्षी दल छलफलमा

काठमाडौँ– प्रतिनिधि सभामा बैठकअघि विपक्षी दल छलफलमा जुटेका छन् । सदनमा सहभागीविपक्षी दलको बैठक यतिबेला नयाँ बानेश्वरस्थित संसद भवनमा कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बैठक जारी छ। लगातार गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिाछनेमाथि सहकारी ठगी प्रकरण संसदीय समितिको माग गर्दे आएको नेपाली कांग्रसेलाई विपक्षी दलले पनि साथ दिएका छन् । समितिको टीओआर टुंग्याउन अहिले कार्यदलको बैठक पनि बसिरहेको...

Read More

सिरोहियाको पक्षमा जनकपुरधामका मेयर नै अदालत अगाडि धर्नामा, साधारण तारेखमा छाड्न माग

जनकपुरधाम – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको साधारण तारेखमा माग गर्दै जनकपुरधामका मेयर मनोज कुमार साह नै धर्नामा बसेका छन् ‌। सिरोहिया पक्राउमा विरोध जनाउँदै उनी केही स्थानियहरुसहित धर्नामा बसेका हुन् । नागरिकता नम्बरमा फरक हुनु सिरोहियाको नभई प्रशासन कार्यालयको त्रुटि रहेको उनको दाबी छ । ‘नागरिकता नम्बरमा फरक छ भने त्यो त जिल्ला प्रशासन कार्यालयको त्रुटि हो । यसमा सिरोहिया जीको के दोष रु उहाँ त जनकपुरवासी हुनुहुन्छ । नेपाली नागरिक हुनुहुन्छ’, उनले भने । राज्यले भूगोलका आधारमा जनकपुरधाम र मधेशसँग विभेद गरिरहेको उनको आरोप छ । उनले राज्यले विभेदपूर्ण सिरोहियामाथि ढंगले चलाएको मुद्दा खारेज गर्नुपर्ने माग पनि गरे...

Read More

आज पनि सुनको मूल्यमा ओरालो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य आज पनि तोलामा १८ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बिहीबार प्रतितोला एक लाख ३८ हजार ७ सयमा कारोबार भएकामा आजका लागि एक लाख ३६ हजार ९ सय निर्धारण गरिएको छ । बिहीबार पनि सुनको मूल्यमा १८ सय रुपैयाँले घटेको थियो । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला एक हजार ८ सय ६५मा कारोबार भएकामा आज चाँदीको मूल्य एक हजार आठ सय ५५ छ...

Read More