Author: Himalaya Post

प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री मोदीको सपथ समारोहमा सहभागी

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएका छन् । प्रधानमन्त्री दाहाल भारतीय राष्ट्रपति भवनको प्राङ्गणमा आज साँझ आयोजित विशेष समारोहमा सहभागी भएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति द्रोपदी मुर्मुले पद तथा गोपनीयताको सपथ गराएकी हुन् । सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री दाहाल, श्रीलङ्काका राष्ट्रपति रणील विक्रमासिङ्गे, मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रबिन्द जुग्नौथ लगायत विशिष्ट अतिथि उपस्थित थिए । यसैगरी समारोहमा भारतका विभिन्न राजनीतिक दलका नेता तथा लब्धप्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता थियो । सोही समारोहमा...

Read More

प्राइम कमर्सियल बैंकद्वारा गोकर्णेश्वर र कागेश्वरी मनोहरामा एक्सटेन्सन काउन्टर विस्तार

काठमाडौँ – प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना सेवाग्राहीलाई सहजता प्रदान गर्ने क्रममा आफ्नो संजाल विस्तार गरि दुई नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । बैंकले जेठ २५ गते गोकर्णेश्वर नगरपालिकाको हनुमान चोकमा स्थानीय उद्योगी, व्यवशायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा गोकर्णेश्वर नगरपालिका वडा नम्वर ४, का वडाअध्यक्ष जय राम महतले गोकर्णेश्वर एक्सटेन्सन काउन्टरको समुदघाटन गरेका थिए । यसैगरी बैकले आइतबार कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ३, भद्रवासमा पनि एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको समुदघाटन वडा नम्वर ३ का वडाअध्यक्ष राममणि पुडासैनीले स्थानीय उद्योगी, ब्यवसायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीेको उपस्थितीमा गरेका छन् । सो सामारोहमा बैकका...

Read More

मधेश प्रदेश मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ?

महेन्द्रनगर– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज जनमत पार्टीका तर्फबाट त्रिभुवन साहलाई वन तथा वातावरण मन्त्री र मोहम्मद सकिल मियाँलाई विना विभागीय मन्त्री नियुक्त गएकी हुन् । यसअघि विना विभागीय राज्यमन्त्री नियुक्त रञ्जुकुमारी मण्डल खङ्गलाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । मन्त्री साह सिरहाको क्षेत्र नं ४ को (क) बाट निर्वाचित भएका थिए । उनीहरूलाई आजै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनियताको सपथ गराएका छन् । यससँगै मधेश प्रदेश मन्त्रिपरिषद् १६ सदस्यीय भएको छ । यसअघि मुख्यमन्त्री सिंहले १० मन्त्री र ३...

Read More

मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत पाउन कति सहज ?

गण्डकी – संविधानको धारा १६८ (३) बमोजिम गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा उनी यही जेठ १६ गते दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए। त्यसअघि मुख्यमन्त्री बनेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले प्रदेशसभाबाट प्राप्त गरेको विश्वासको मतलाई सर्वोच्च अदालतले असंवैधानिक रहेको फैसला गरेपछि पाण्डे पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए। अधिकारीले पाएको विश्वासको मतविरुद्ध दायर भएको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताका हैसियतमा पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो। मुख्यमन्त्रीका नियुक्त...

Read More

देश सपार्न एमालेका जनसंगठनले महत्वपूर्ण योगदान दिएका छन् : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश सपार्नका लागि एमालेले विभिन्न जनसंगठनमार्फत योगदान दिइरहेको बताएका छन् । एमाले जनसंगठन समन्वय संयन्त्रले आइतबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले देश सपार्नका लागि विभिन्न ढंगले विभिन्न संगठनमार्फत योगदान दिइरहेको र समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका हुन् । उनले एमालेका संगठनलाई देश र जनताप्रति थप उत्तरदायी बनाउदै लैजाने धारणा राखे । उनले स्वयंसेवाले मानिसको मनमस्तीष्कलाई परित्र बनाउने काम गर्ने बताए । त्यस्तै ओलीले तत्कालीन अवस्थामा एमालेको युवा दस्ता युथ फोर्सले आतंकको साम्राज्यलाई समाप्त पार्ने काम गरेको र शान्ति स्थापनामा पनि युथ फोर्सको भूमिका महत्वपूर्ण रहेको धारणा राखे । कार्यक्रममा हालै काठमााडैंमा सम्पन्न राष्ट्रिय महिला भेलामा सहभागी स्वयंसेवक, स्वास्थ्यकर्मी तथा कलाकारहरुलाई सम्मानगरिएको थियो...

Read More