Author: Himalaya Post

त्रिभुवन विमानस्थलबाट सुनसहित ४ जना पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको सुनसहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका–९ का ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ का २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्गा नगरपालिका–५ का २१ वर्षीय मोहम्मद अरमान र सप्तरी खडक नगरपालिका–६ का ३७ वर्षीय ज्याउदिन मियाँ रहेका छन् । प्रहरीले कोइराला र आलामबाट २५ ग्राम सुनको सिक्री एक थान र ६९ दशमलव ९९ ग्राम सुनको काँचो डल्लोसहित बरामद गरिएको जनाएको छ । यस्तै, ५० ग्राम सुनको सिक्रीसहित अरमान र मियाँलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, केन्द्रीय समाचार कक्षले जनाएको...

Read More

न्याम्स र वीरका कर्मचारीले स्वास्थ्यमन्त्रीलाई बुझाए ५७ बुँदे माग पत्र

काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र वीर अस्पतालका समस्या र समाधानका विषयमा कर्मचारीहरुले स्वास्थ्य मन्त्री प्रदीप यादवलाई माग पत्र बुझाएका छन्। प्रतिष्ठान कर्मचारी युनियनका प्रतिनिधिले शुक्रबार मन्त्री यादवलाई प्रतिष्ठान र अस्पतालसँग सम्बन्धित ५७ बुँदे समस्या र समाधानका विषय रहेको माग पत्र बुझाएका हुन्। कर्मचारी युनियनका तर्फबाट युनियन सचिव दिपक मुडभरीले मन्त्री यादवलाई ५७ बुँदे माग पत्र हस्तान्तरण गरेका हुन्। उनीहरुले लिखित माग तत्काल सम्बोधनका लागि प्रतिष्ठान कार्यकारी परिषदबाट निर्णय गरी सम्बोधन गर्न पनि आग्रह गरेका छन्। कार्मचारीहरुले हाल संसद सचिवालयमा दर्ता भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विद्येयकमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट वीर अस्पतालबाट छुट्याउने प्रस्ताव...

Read More

सवा अर्ब लगानीमा ‘ग्राण्ड सेन्ट्रल होटल’ सञ्चालनमा आउँदै, पायो ‘आइआरएन बीबी’ र ‘एफोर रेटिङ’

काठमाडौं – सुनसरीमा निर्मित फाइभ स्टार होटल ‘ग्राण्ड सेन्ट्रल होटल प्रालि’ले ‘आइआरएन बीबी (डबल बी माईनस)’ र ‘आइआरएन ए४’ रेटिङ प्राप्त गरेको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालबाट कम्पनीले उक्त रेटिङ प्राप्त गरेको हो । उक्त होटल नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन तथा हवाई याताया समितिका सभापति देशबन्धु बस्नेतको एकल लगानीमा सञ्चालनमा आउन लागेको हो । होटेलले सो रेटिङ पाएसँगै डलब बी माईनसबाट दिर्घकालीनका लागि ८० करोड ३० लाख रुपैयाँ बैंक कर्जा सुविधा र दोस्रो रेटिङमार्फ छोटो अवधिका लागि ३ करोड रपैयाँ बराबरको कर्जा सुविधा लिन सक्ने भएको छ । विन्धाम होटल एशिया प्यासिफिक प्रालिबाट मान्यताप्राप्त उक्त होटललाई होटलको...

Read More

ओरालो लाग्यो नेप्से, कारोबार भने ५ अर्ब १८ करोड बढी

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक चार दशमलव ५९ अङ्कले ओरालो लागेर दुई हजार ७३ दशमलव १९ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १५ अङ्कले ओरालो लागेर तीन सय ६८ दशमलव १८ मा सीमित भएको छ । एक करोड चार लाख ५२ हजार एक सय २८ कित्ता शेयर रु पाँच अर्ब १८ करोड ९० लाख ७९ हजार पाँच सय २२ मा कारोबार भयो । नेप्सेका अनुसार, इस्टर्न हाइड्रोपावर, शुभम पावर, सिटी होटल र कुर्थली बुखरी स्मल...

Read More

हिन्दी भाषा जनस्तरको सम्बन्ध जोडने कडी : उपप्रधानमन्त्री श्रेष्ठ

कीर्तिपुर (काठमाडौँ) – उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले हिन्दी भाषा तथा साहित्यले नेपाल र भारतबीच जनस्तरमा सम्बन्ध प्रगाढ बनाउने कार्य गरेकाले यसको प्रवद्र्धन आवश्यक भएको बताएका छन् । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय हिन्दी विभागको आयोजनामा आजदेखि त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सुरु भएको ‘दुईदिने विश्व परिवेशमा नेपाल र भारतका सामाजिक परिवर्तन’ विषयक गोष्ठीमा परराष्ट्रमन्त्री श्रेष्ठले दक्षिण एसियाले विश्व जनसंख्याको उल्लेख्य हिस्सा ओगट्ने भएकाले नेपाल र भारतसहितका दक्षिण एसियाको आवाज अब विश्व मञ्चमा विशेष अर्थ राख्ने दिन आएको धारणा राखे । भौगोलिक र आर्थिक मात्र नभई सांस्कृतिक तथा पारिवारिक सम्बन्धले जोडिएका नेपाल र भारतको सम्बन्धलाई हिन्दी भाषाको अध्ययन–अध्यापनले थप गाढा बनाएको उनले...

Read More