Author: Himalaya Post

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४–संस्करण ३ सम्पन्न

काठमाडौँ– महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४– संस्करण ३ का विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबारदेखि शुरु भएको तीनदिने लिग इमाडोल स्थित बलपार्क स्र्पोट्स इभेन्ट्स एण्ड एकेडेमीमा सम्पन्न भएको थियो । उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले द्वितीय स्थान हासिल गर्न सफल भएको छ । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टिमले सहभागिता जनाएका थिए । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंक, द्वितीय आइ.सि.एफ.सि. फाइनान्स, उत्कृष्ट...

Read More

मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री भारत प्रस्थान

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भारत प्रस्थान गरेका छन् । प्रधानमन्त्री प्रचण्ड पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार दिउँसो नयाँदिल्ली प्रस्थान गरेका हुन् । त्यसअघि प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन विमानस्थलको अति विशिष्ठ कक्षमा प्रतिनिधिसभा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय रघुविर महासेठ र नारायणकाजी श्रेष्ठ लगायतले बिदाई गरेको थियो भने नेपाली सेनाको एक टुकडीले सम्मान गारथ सलामी अर्पण गरेको थियो । प्रधानमन्त्री प्रचण्डका साथ उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी भारत प्रस्थान गरेका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले...

Read More

झोलुंगे पुलको लठ्ठा चुँडिदा फसेका १४ वटा खच्चडको कर्णालीमा खसालेर उद्वार गरिदैँ

काठमाडौँ– अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा पुलमै अड्किएका १४ खच्चडको उद्वार कार्य थालिएको छ । हाल दुवै जिल्लाका प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीहरु उद्वारा कार्यमा खटेका हुन् । पुलबाटै उद्धार सम्भव नभएकाले तार काटेर फसेका खच्चडहरुलाई कर्णाली नदिमा खसालिदैँछ । खसेका खच्चडहरुको डुंगामार्फत उद्वार गरिरहेको एक स्थानियले जनाए । उनका अनुसार अहिलेसम्म ३ वटा खसालिएको छ । बाँकी खच्चड पनि खसाल्न तार काटिँदै छ । आइतबार बिहान अछाम र दैलेख जिल्ला जोड्ने कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा सामान बोकेर ल्याउँदै गरेको १४ वटा खच्चड पुलमै फसेका थिए । नजिकै पक्की पुल रहे पनि...

Read More

बानियाँद्वारा प्रदेशको भौतिक पूर्वाधार निर्माण तथा यातायात विभागमा सदस्य चयन

काठमाडौँ– नेपाली कांग्रेस बाग्मति प्रदेशको भौतिक पूर्वाधार निर्माण तथा यातायात विभागको सदस्यमा १३ जना चयन भएका छन् । प्रदेश सभापति ईन्द्र बहादुर बानियाँले विभागमा ११ जिल्लाका १३ सदस्य मनोनित गरेका हुन् । बानियाँले प्रदेश कार्यसमितिका सदस्य विक्रम लामा प्रमुख रहेको विभागमा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहितको) धारा १३ (१०) (झ) बमोजिम सदस्य मनोनित गरेका हुन् । मनोनित हुने सदस्यहरुमा काभ्रेपलाञ्चोकका चेत बहादुर तामाङ, ललितपुरका राज कुमार चौरेल, भक्तपुरका बिनुलक्ष्मी ताम्राकार र कमल खत्री, दोलखाका खड्ग प्रसाद शिवाकोटी, धादिङका रमेश पौडेल र चितवनका राजन कार्की रहेका छन् । यस्तै, सिन्धुपाल्चोकका पदम बहादुर भण्डारी र विकाश काजी श्रेष्ठ, रामेछापका सन्तोष कुमार...

Read More

स्थानीयले घर टहरा भत्काउन नमान्दा रोकियो मुग्लिन-पोखरा सडकको काम

दमौली (तनहुँ)– निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजारमा केही संरचना हटाउन ढिलाइ भएको छ। सडक मापदण्डभित्र रहेका संरचना हटाउन आनाकानी गर्दा सडक विस्तार प्रभावित भएको हो। वडा कार्यालयले सडकखण्डमा पर्ने घरटहरा अविलम्ब हटाउन सम्बन्धित घरधनीलाई अनुरोध गरेको छ। वडाध्यक्ष शिवकुमार श्रेष्ठले बुधबार सूचना प्रकाशन गरी घरधनी पर्शुराम अधिकारी, प्रकाश अधिकारी, ध्रुव प्रधान, पम्फा श्रेष्ठ, टीकाराम अधिकारी, शुकबहादुर, कृष्णकुमारी कायस्थ र भक्तबहादुर सुनारलाई सडक क्षेत्रभित्र पर्ने आफ्ना घरटहरा अविलम्ब हटाइ सडक विस्तारमा सहयोग गर्न अनुरोध गरेका छन्। गाउँपालिकाको खण्डमा सडक निर्माण क्षेत्रमा पर्ने हटाउनुपर्ने घरटहरामध्ये अधिकांश घरटहरा सम्बन्धित घरधनीले हटाइ सडक निर्माण विस्तारमा सहयोग भइरहेकामा आठ जना घरधनीले पटकपटक...

Read More