Author: Himalaya Post

महालक्ष्मी विकास बैंकद्वारा आफ्नो हरित पर्यावरणीय योजनाको निरन्तरता

काठमाडौँ– महालक्ष्मी विकास बैंकले आफ्नो हरित पर्यावरणीय योजनालाई निरन्तरता प्रदान गर्नका लागि आफ्नो वार्षिक उत्सव महिनाको रुपमा रहेको जेष्ठ महिना तथा ३० औं वार्षिक उत्सव र विश्व वातावरण दिवसको अवसरमा आफ्नो कार्यालय प्रयोजनका लागि पर्यावरणीय मैत्री विद्युतीय सवारी प्रयोगमा ल्याएको छ । सोही अनुरुप बैंकले दुई वटा विद्युतीय गाडी प्रयोगमा ल्याईसकेको छ र हरित परिवहनको माध्यमबाट दीर्घकालीन लक्ष्य हासिल गर्न टेवा पुगोस् भन्ने उद्देश्यका साथ कार्यालयमा प्रयोग हुने सवारीहरुमा क्रमश विद्युतीय गाडीहरुको प्रयोग बढाउँदै जानेछ । यस्ता कार्यक्रमहरुले राष्ट्रको पर्यावरण संरक्षण, नवीन ऊर्जा प्रवद्र्घन तथा दिगो विकासमा टेवा पु¥याउने विश्वास बैंकले लिएको छ । बैंकले ३० औं वार्षिकोत्सवको अवसर...

Read More

नेपालस्थित भारतीय राजदूतावासले मनायो विश्व वातावरण दिवस

काठमाडौँ– नेपालस्थित भारतीय राजदूतावासले ललितपुर महानगरपालिकासँगको सहकार्यमा वृक्षारोपण कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएको छ । ललितपुरको वार्ड नं १ स्थित सङ्कटा पुल, चारधाम मन्दिर परिसर नजिकै आयोजना गरिएको यस विशेष वृक्षारोपण कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडी, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तव सहभागी थिए । कार्यक्रममा कैयौं राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र वातावरणप्रेमीको सहभागिता रहेको थियो । कार्यक्रममा वातावरणको संरक्षण र जर्गेना हेतु साझा प्रतिबद्घतामा विशेष जोड दिइएको थियो । नेपालका लागि भारतीय राजदूतले आफ्नो सम्बोधनमा वातावरण संरक्षणको महत्वबारे जनचेतना फैलाउन र आउँदो पुस्ताका लागि...

Read More

अन्नपूर्ण–धवलागिरि पदमार्गको घोप्टेखोलामा झोलुङ्गे पुल

म्याग्दी – म्याग्दीको अन्नपूर्ण र पर्वतको जलजला गाउँपालिकालाई समेटेको अन्नपूर्ण–धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत डाँडाकटेरीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । जलजला गाउँपालिका–५ मा पर्ने घोप्टेखोलामा निर्माण भएको पुलबाट स्थानीयवासी र पर्यटक लाभान्वित भएका छन् । एग्रिकल्चर एड एशोसिएसन ब्रिट्रिस गोर्खा ९कादुरी० नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा ५० मिटर लामो पुल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष जितबहादुर पुनले बताए । अध्यक्ष पुनका अनुसार रु ४७ लाख ५० हजार चार सय ९६ को लागतमा पुल निर्माण भएको हो । “पुल निर्माणका लागि स्थानीयवासीले रु एक लाख १५ हजार दुई सय बराबरको ८५ दिन श्रमदान गरेका छन्”, उनले भने, “काम थालेको...

Read More

मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिने मिति सर्‍यो, २८ जेठमा लिने तयारी

काठमाडौँ– मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज लिने भनिएको विश्वासको मतको मिति सरेको छ । दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाएका यादवले सो अघि नै स्वास्थ्यवस्थाको कारण देखाउँदै २८ जेठमा मात्र विश्वासको मत लिने जानकारी गराएका हुन् । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादवका मुख्यमन्त्रीको स्वास्थ्य अवस्था ठीक नभएको भन्दै आगामी बुधबार मत लिने निर्णय गरेर प्रदेशसभामा जानकारी गराए । ३० वैशाखमा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएका कारण यादवमाथि ३० जेठसम्म विश्वासको मत लिनुपर्ने दबाब छ । उनीसंग बहुमत पुग्ने दल (सांसद)को समर्थन नदेखिएका कारण मधेशमा जसपा नेतृत्वको सरकार बहिर्गमन हुने सम्भावना बढेको छ...

Read More

विश्व वातावरण दिवसमा प्रुडेन्सियल इन्स्योरेन्सको वृक्षारोपण तथा साइकल र्‍याली

काठमाडौँ- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा साइकल र्‍यालीको आयोजना गरेको छ । बुधवार बिहान ६ बजे कम्पनीको केन्द्रिय कार्यालय, नारायणचौरबाट शुरु भएको र्‍याली त्रिपुरेश्वर्रबाट दरवारमार्ग हुंदै पुनः नारायणचौरसम्म सकिएको थियो । ¥यालीमा वातावरणलाई स्वच्छ राखौं, हाम्रो धर्ती हाम्रो जीवन, नेपाल आमाको जयहोस, जीवनभर वातावरण मैत्री कार्यमा हात बढायौं, प्रकृति प्रेमीलाई जीवनभर दुःख हुंदैन, सफा आकाश र सफा हृदय मानिसको पहिचान हो जस्ता नारा ब्यानरहरु प्रर्दशन गरिएका थिए । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ लगायत कर्मचारीहरु, अभिनेत्री–साहसी पर्वतारोही तथा समाजसेवी छिरिङ्ग शेर्पा, लायन्स क्लब अफ काठमाण्डौं पिस आइडलका पदाधिकारी तथा प्रतिनिधीहरु तथा स्पार्क...

Read More