Author: Himalaya Post

सन्दीप लामिछानेको भिसाको सन्दर्भमा भएको के हो ? सदनलाई जानकारी गराइयोस् : शंकर भण्डारी

काठमाडौँ– नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले सदनमा क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न जान अमेरिकाले भिसा नदिएको विषय उठान गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बैठकमा बोल्दै सांसद भण्डारीले भिसा प्रक्रियामा सरकारले गरेको पहलबारे सरकारको जवाफ माग गरेका हुन् । ‘नेपाली राष्ट्रिय खेलाडी सन्दीप लामिछानेको भिसाको धेरै विषय उठान भएको छ, सरकारलाई आग्रह गर्छु वास्तविकता के हो ? सदनलाई जानकारी गराइयोस्’, उनले भने...

Read More

पाँचौं पटक विश्वासको मत लिदैँ मधेश मुख्यमन्त्री यादव, जसपाको नेतृत्व बहिर्गमन हुने सम्भावना उच्च

काठमाडौँ– मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज विश्वासको मत लिने भएका छन् । यो समेत पाँचौं पटक विश्वासका मत लिन लागेका यादवले आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाएका छन् । जनता समाजवादी पार्टी (जसपा) का मुख्यमन्त्री यादवलाई कांग्रेसले मत दिने भएको छ । विश्वासको मत पाउनका लागि यादवलाई यसपटक कठिन देखिएको छ । उनलाई आफ्नै दल जसपा नेपाल र कांग्रेसले मात्र विश्वासको मत दिएर सरकार जोगाउन सकिदैन । जसपा नेपालका १९ र कांग्रेसका २२ सांसद छन् । सत्ता गठबन्धन बाहिर रहेका लोसपा अहिलेसम्म कुनै निर्णय लिन सकेको छैन । मधेश प्रदेशसभामा १०७ सांसद छन् । लोसपा संसदीय दलका...

Read More

दुधको भुक्तानी नपाएको चितवनका किसानको गुनासो

चितवन – जिल्लाका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दुधको भुक्तानी नपाएको गुनासो गरेका छन् । उनीहरूले रु ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार जिल्लाका ४० हजार किसानको भुक्तानी रोकिएको छ । एक सय १४ वटा दुग्ध उत्पादक सहकारीमार्फत सङ्कलन गरिएको दुध खरिद गरेका डेरी उद्योगले भुक्तानी नदिएका हुन् । सुजल डेरी पोखराले कात्तिकको भुक्तानी गर्न बाँकी छ । दुग्ध विकास संस्थानको मङ्सिरयताको रु २२ करोड बाँकी छ भने अन्य २८ वटा डेरी उद्योगले पनि किसानलाई पैसा दिएका छैनन् । जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दुध उत्पादन...

Read More

मिथिलाञ्चलमा बिहीबार वटसावित्री पर्व मनाइँदै

महेन्द्रनगर – धनुषासहित समस्त मिथिलाञ्चलमा पतिका दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै भोलि बिहीबार वटसावित्री पर्व मनाइँदैछ । ज्येष्ठ कृष्णपक्षको आमावस्यामा मिथिलाञ्चलका विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाउने पण्डित दिगम्बर झा बताउछन् । वटसावित्री पर्वमा पतिको दीघार्युको कामना वर र पीपलको पूजा गरिन्छ । पान, सुपारी, केरालगायत फलफूल चढाएर पूजा गर्नाका साथै पीपलको रुखमा रातो र पहेँलो धागो बेर्ने गरिन्छ । वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत पावइन’ पनि भनिन्छ । प्राचीनकालमा सतिसावित्रीले आफ्ना पति सत्यवानको अल्पायुमा निधन भएपछि यो पूजाको परम्परा प्रारम्भ भएको जनविश्वास छ । वटसावित्रीको पूजाका प्रभावले सावित्रीले यमराजबाट पतिको प्राण फिर्ता ल्याएको र पति जीवित भएको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख छ । यसैले मिथिलानी विवाहिता महिलाहरू दिनभरि निरहार बसी वटसावित्री पर्व उत्साह र निष्ठापूर्वक मनाउने गर्छन् । यो पर्वमा वरको रुखमुनि ब्रह्मा, विष्णु र रुद्रसहितका देवताको पूजाअर्चना गरिन्छ । मिथिलानीले माइतीघरमा मनाउने यस पर्वमा जेष्ठ कृष्ण औँसीको एक दिनपूर्व दुलहाका घरबाट आएको सामग्रीबाट ‘गौरी नैवेद्य’ (प्रसाद सामग्री) बनाई वरकै रुखमुनि शिवपार्वतीलाई चढाएपछि व्रत विधिवत् सुरु हुने परम्परा छ । बर्तालु मिथिलानीले धानको लावा भुटेर बेसारबाट गौरी आकृति बनाई वरको रुखलाई रङ्ग्याइएको काँचो धागोले बेरेर औँसीका दिन पूजाअर्चना गरेर भोलिपल्ट बिहान नुहाइधुवाइपछि ब्राह्मणलाई भोजन गराई दक्षिणा दिएर पर्व समापन गरिन्छ । मैथली ब्राह्मण, कायस्थ र सोनार समुदायका महिलाले मात्र मनाउने गरेको यो पर्व केही वर्षयता सबै समुदायका महिलाले मनाउने गरेका छन्...

Read More

केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल बनाएर आय आर्जन

बेनी – म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ । केराको कोसा बिक्री भएपछि खेर जाने थामलाई प्रशोधन गरेर फाइबर, धागो र कम्पोष्ट मल बनाउन थालिएको हो । बेनी नगरपालिकाले केरा पकेट विकास कार्यक्रमअन्तर्गत खबरामा कम्पोष्ट मल बनाउने तालिम प्रदान गरेपछि स्थानीयवासीले केरा खेतीबाट फल र थाम दुवैबाट आयआर्जन गर्न थालेका हुन् । बेनी नगरपालिकाको सहयोगमा स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले आयोजना गरेको दुई दिने तालिममा खबराका २५ जनाले थामबाट रेशा निकालेर फाइबर धागो बनाउने र कम्पोष्ट मल बनाउने सीप सिकेका छन् । सोही वडाको भकुण्डेमा बेनी नगरपालिकाको ‘उपप्रमुखसँग आमा समूह कार्यक्रम’...

Read More