टी-२० विश्वकप : पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित
काठमाडौँ – अमेरिका र वेष्ट वेष्ट इण्डिजमा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । मंगलबार नेपाल नेदरल्याण्ड्सविरुद्ध ६ विकेटले पराजित भएको हो । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब प्रदर्शन गर्यो । नेदल्याण्डका बलर अघि निरीह साबित भएको नेपाल १९.२ ओभरमै अलआउट हुँदै १०६ रनमै समेटियो । १०७ रनको सामान्य चुनौती पच्छ्याएको नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाउँदै जित हात पारेको हो । सामान्य लक्ष्यमा पनि नेपालले राम्रो बलिङ प्रदर्शन गर्यो । केही अवसर पाए पनि क्याच गर्न नसक्दा नेपालले खेल आफ्नो पोल्टामा पार्न सकेन । नेदरल्याण्ड्सलाई...
Read More





























