Author: Himalaya Post

बजेट मुलुकको आर्थिक विकासका लागि सकारात्मक : चन्द्र ढकाल

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको बजेट मुलुकको आर्थिक बिकासका लागि सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । मंगलबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै ढकालले निजि क्षेत्रसंग सहकार्य गर्ने विषयलाई बजेटले सम्बोधन गरेको बताए । उनले भने, ‘हाम्रा केही सुझावहरु यो बजेटमा समेटिएको छ । यो बजेटले हरेक कार्यक्रममा निजी क्षेत्रलाई संगसँगै लिएर जाने कुरा सकारात्मक छ । बाँकी कुरा नीति तथा कार्यक्रम अनुसारको बजेट र त्यसको कार्यान्वयन कस्तो हुन्छ भन्ने कुरामा भर पर्छ ।’ नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष राजेश अग्रवालले आगामी आर्थिक वर्षको बजेट समग्र रुपमा सकारात्मक रहेको प्रतिक्रिया दिए । कृषिका क्षेत्रमा पनि धेरै राम्रा कुरा आएको उनको भनाइ छ । उनले यसपटक पनि पूँजीगत खर्च आवश्यक रुपमा बढाउन नसक्दा सोचे अनुसारको अर्थतन्त्र चलायमान बनाउन कठिन पर्ने बताए । उनले भने, ‘पूँजीगत खर्च अलिकति वृद्धि भएको छ । तर, त्यो प्रयाप्त भएन भन्ने लाग्छ । यसले अर्थचन्त्र चलायमान बनाउन सकिँदैन भन्ने लागेको छ...

Read More

सहकारी ठगी प्रकरण : सूर्य थापाको संयोजकत्वमा ७ सदस्य संसदीस्यीय छानबिन समिति गठन

काठमाडौँ – सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानविन विशेष समिति गठन गरिएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय छानविन समिति गठन गरिएको जानकारी दिएका हुन् । ७ सदस्यीय संसदीय छानबिन विशेष समितिमा सभापति थापाका अतिरिक्त कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, एमालेबाट सरिता भुसाल  रहेका छन् । त्यस्तै माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेको सभामुख घिमिरेले जानकारी दिए । समितिलाई समस्याग्रस्त सहकारीको अध्ययन अनुसन्धान गर्न कार्यप्रारम्भ भएको मितिले तीन महिनाको समय दिइएको उनले बताए । सभामुख घिमिरेले प्रस्तुत गरेको समिति...

Read More

बजेटले सबै क्षेत्र समेट्ने प्रयास गरेको छ, कार्यान्वयन महत्वपूर्ण : चण्डीराज ढकाल

– चण्डीराज ढकाल समग्रमा बजेड १८ खर्ब ६० अर्बको बजेट छ । एक हिसाबले यो बजेट सबैतिर पुग्ने प्रयास गरेको छ । नेपालको जहिले पनि समस्या भनेको कार्यान्वयन पक्ष हो । अर्थतन्त्र शिथिल भइरहेको अवस्थामा उद्योग व्यवसायीको मनोबल एक हिसाबले गिरेको अवस्थामा राज्यले करिब ११ खर्ब आन्तरिक स्रोतबाट उठाउने र १५ खर्बको खर्च भनेको छ । यस्तै ३–४ खर्ब वैदेशकि ऋण र आन्तरिक ऋण भन्ने खुलाइएको छ । विगतको समीक्षा गर्दा पनि अपेक्षा अनुसार राजश्व संकलन हुन नसकेको अवस्थामा भोलि उद्योग व्यवसायमा सुधारात्मक अवस्था आएन भने अपेक्षा अनुसार नहुने सम्भावना पनि उत्तिकै छ । यद्दपि यो बजेटले हुलाकी राजमार्ग, पुष्पलाल लोकमार्ग, कर्णाली करिडोरको कुरा गरेको छ । यस्तै जनकपुरलाई विश्व सम्पदा सूचिमा राख्ने कुरा पनि राम्रै छ । विदेशी स्तरकै उत्पादन गर्ने स्वदेशी उद्योगलाई उत्पादन पैठारी गर्दा एक तहको भन्सार लगाउने भन्ने छ । यसले केही राहत दिनेछ । यस्तै आलु, प्याजजस्तो उत्पादनमा कर हटाउँदा त्यसले उपभोक्तालाई राहत दिनसक्छ । जुन सही कुरा हो । अहिले पनि सामाजिक सुरक्षा भत्ताहरुमा ठूलो ठूलो रकम राखिएको छ । त्यसले भोलिका दिनमा विकासका कार्यक्रममा प्रभाव पार्न सक्छ । अहिले पनि प्रादेशिक संरचनाले गर्दा राज्यलाई आर्थिक भार भयो भनिरहेको अवस्थामा त्यसले थप भारहरु थप्न सक्ने सम्भावना त्यति नै रहेको छ । बजेट शब्दमा मन छुने खालको छ । तर, राहत पाउनेले के पाउने र कर वृद्धि भएकोमा कहाँ हुने भन्ने स्पष्ट छैन । जस्तो मदिरा, सूर्तिजन्य वस्तुमा अन्तशुल्क बढाइएको भन्ने छ । त्यो...

Read More

‘बजेटले पर्यटन क्षेत्रमा उत्साह त ल्यायो तर करका समस्या समाधान भएन’

– देशबन्धु बस्नेत (अजित) सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेटले देशको पर्यटन पूर्वाधार विकासमा ठूलो फड्को मार्ने आशा देखाएको छ । त्रिभुवन विमानस्थलको दोस्रो टर्मिनल निर्माण, निजगढको लगानी ढाँचा तयारी सक्ने, निजगढ अन्तरराष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारीमा निर्माण गर्न आगामी आर्थिक वर्षभित्र लगानीको ढाँचा र पूर्वतयारीको काम सम्पन्न गर्ने जस्ता घोषणा गरेको छ । जुन सकारात्मक पक्ष हो । बजेटले उड्डयन क्षेत्र विस्तारका लागि ३ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरेको छ भने नेपालको पर्यटन पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड विनियोजन गरेको छ । जसका कारण नेपालमा सहज रुपमा विदेशी पर्यटक भित्र्याएर सोही अनुरुप विदेशी मुद्रा आर्जन गर्न सकिनेछ । पर्यटन पूर्वाधार विकासका साथै सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ । जनकपुरलाई ‘वेडिङ हब’ र लुम्बिनीलाई ‘बर्थिङ हब’ बनाइनुका साथै दुवै क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने विषय समावेश गरिएको छ । यस्तै जनकपुरलाई वैवाहिक समारोह गर्न आउने विदेशी पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यको रूपमा विकास, प्रवर्द्धन तथा प्रोत्साहन गरिने छ । जसका कारण नेपालमा भौगोलिक वातावरणमा रमाउन चाहने विदेशी पर्यटकहरु आउने संख्यामा उल्लेखनीय वृद्धि हुने देखिन्छ । यसैगरी भरतपुर विमानस्थल विस्तार आगामी आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य लिइएको छ भने सुर्खेत विमानस्थलको स्तरोन्नति, रोल्पाको बडा चौर, दाङको टारी गाउँ, जुम्ला, विराटनगर, धनगढी र नेपालगञ्ज विमानस्थल स्तरोन्नति गरिने विषय बजेटले समेटेको छ । संचालनमा नरहेका बलेवा, लामिडाँडा, मनाङ, बैतडी, रुम्झाटार लगायत आन्तरिक विमानस्थललाई निजी...

Read More

बजेटमा धेरै उत्साहित हुने ठाउँ छैन : काँग्रेस

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा धेरै उत्साहित हुनुपर्ने ठाउँ नगरेको प्रतिक्रिया दिएको छ । मंगलबार बजेट भाषणापछि बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बजेटमा उत्साहित हुने ठाउँ नरहेको प्रतिक्रिया दिएका हुन् । ‘बजेटमा धेरै उत्साहित हुने ठाउँ छैन’, उनले भने, ‘जे कुरा भन्दा अप्ठ्यारो पर्छ, त्यसमा चलाखीपूर्ण ढंगले उहाँ (अर्थमन्त्री) बोल्नुभएको छैन। बजेटले जे बोलेको छ, त्यो पूरा नहुने खालको छ। प्राथमिकीकरण गरिएको छैन। लामो समयदेखि देखिएको बेथिति अन्त्य गर्ने खालको बजेट भएन।’ यस्तै काँग्रेस नेता अर्जुन नरसिंह केसीले बजेट जतातिर मूल केन्द्रित हुनुपर्ने हो त्यातातिर भन्दा वितरणमुखी, जनप्रियतावादी देखिएको बताए । यस्तै उनले कृषि दशक मनाउने भनेर घोषणा गर्दा गतवर्षको भन्दा २ अर्ब बजेट घटाइएको बताए । उनले भने, ‘जनप्रियतावादमा केन्द्रित हुनुभन्दा व्यवहारिकतावादमा केन्द्रित हुनुपर्ने आवश्यकता छ । त्यसकारण मान्छे अल्मल्याउने र भ्रमको खेती गर्ने भन्दा जति सकिन्छ, त्यति गर्न सकिने गरी प्रस्तुत हुनुपर्छ ।’ यस्तै नेपाली काँग्रेसको वरिष्ठ नेता शेखर कोइरालाले बजेट सुन्दा ठिकै देखिए पनि कार्यान्वन प्रभावकारी बनाउनुपर्ने बताए । यस्तै काँग्रेस सांसद रामहरि खतिवडाले आलु प्याजका कर हटाए पनि अन्य प्रभावकारी कार्यक्रम नरहेको र सबै पुरानै रहेको जिकिर गरे । उनले भने, ‘यस्तो हुनेछ, यस्तो गरिनेछ भन्ने खालका कार्यक्रम छन् । साह्रै आशा, भरोसा लाग्दो छैन...

Read More