Author: Himalaya Post

श्रम मन्त्रालयलाई ८ अर्ब १० करोड बजेट, वैदेशिक रोजगारीमा गएकालाई बिनाधितो ऋण सुविधा

काठमाडौँ – सरकारले वैदेशिक रोजगारीमा गएकालाई बिनाधितो ऋण सुविधा दिने कार्यक्रम ल्याउने भएको छ । आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले वैदेशिक रोजगारीमा गएकाहरुले बैंक खातामा रेमिट्यान्स पठाए बिनाधितो ऋण सुविधा दिने कार्यक्रम ल्याउने जानकारी दिए । वैदेशिक रोजगारीलाई व्यवस्थित गरिने र आगामी आर्थिक वर्षमा तीन वटा रोजगारका गन्तव्य मुलुकसँग श्रम सम्झौता गरिने जानकारी दिए । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८ अर्ब १० करोड बजेट बिनियोजन गरिएको उनले बताए । त्यस्तै अर्थमन्त्री पुनले मंगलबार स्टार्टअप उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्नका लागि १ अर्बको नेपाल स्टार्टअप कोष खडा गरिने जानकारी दिए । उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि ९ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । उनले बचत तथा ऋण सहकारीलाई नियमन गर्न नियमनकारी निकाय स्थापना गर्ने बताए । सहकारीमा पाँच लाख रुपैयाँसम्म बचत गरेर फिर्ता नपाएका बचतकर्ताको रकम सरकारले फिर्ता गर्ने गरि योजना तयार गरिने उनले बताए । उनले पाँच लाख भूमिहीनलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने पनि घोषणा पनि गरे । मन्त्री पुनले सरकारले वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड , संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ११ अर्ब ९१ करोड बजेट छुट्टाइएको जानकारी दिए...

Read More

दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड बजेट विनियोजन

काठमाडौँ – सरकारले प्रारम्भिक बाल शिक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड बजेट विनियोजन गरेको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमा पुनले उक्त जानकारी दिएका हुन् । यस्तै दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादन उपयोग गर्नुपर्ने व्यवस्था मिलाइने उनले बताए । उक्त कार्यक्रमबाट करिब ३० लाख विद्यार्थी लाभान्वित हुने सरकारको अनुमान छ । साथै सरकारले कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु र कालीकोटमा दिइँदै आएको दिवा खाजा रकम वृद्धि गरेको छ । अतिविपन्न र सिमान्तकृत वर्गका बालबालिकाको शिक्षामा सहज पहुँचका लागि कक्षा ९ देखि १२...

Read More

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६ अर्ब विनियोजन

काठमाडौँ – सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमा पुनले उक्त जानकारी दिएका हुन् । अर्थमन्त्री पुनले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत करिब २ लाख युवालाई न्यूनतम १०० दिनको रोजगारी प्रदान गर्ने बताए । जसका लागि स्थानीय तहमा सूचिकृत बरोजगारलाई सार्वजनिक निर्माण तथा मर्मत सम्भार आयोजनाका काममा सहभागी गराइनेछ । उनका अनुसार यस कार्यक्रम युवाहरुलाई न्यूनतम १०० दिनको रोजगारी प्रदान गरिनेछ...

Read More

गाँजाको व्यवसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने सरकारको घोषणा

काठमाडौँ – सरकारले औषधीजन्य प्रयोजनका लागि गाँजाको व्यवसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने घोषणा गरेको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमा पुनले उक्त घोषणा गरेका हुन् । साथै अर्थमन्त्री पुनले पुनले कृषिमा लगानी बढाउन २०८१ देखि २०९१ सम्म कृषि दशक मनाउने घोषणा गरे । संसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले कृषि क्षेत्रको थप बिकास र आधुनिकीकरणका साथै उत्पादन बृद्धिका लागि महत्वकांक्षी कार्यक्रमहरु समेत सार्वजनिक गरे । सरकारी सहकारी र निजी साझेदारीबाट कृषिमा लगानी बढाउन दशकको घोषणा गरिने उनले बताए । त्यस्तै उनले कृषि सुधार कार्यक्रम अन्तर्गत कृषि आधुनिकीकरण कार्यक्रमका लागि सरकारले २ अर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । त्यस्तै मन्त्री पुनले कृषि उपज धितोमा राखेर ऋण लिन सकिने व्यवस्था मिलाउने व्यवस्था गर्ने जानकारी दिए । त्यस्तै किसानलाई समयमै मलखाद उपलब्ध गराउन अनुदानका लागि २७ अर्ब ९५ करोड रुपैयाँ बजेट छुट्याएको मन्त्री पुनले बताए...

Read More

ऊर्जा क्षेत्रको विकास सरकारको प्राथमिकतामा, ५० अर्ब ७४ करोड बजेट विनियोजन

काठमाडौँ – सरकारले ऊर्जा क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षमा ५० अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षमा ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राख्दै योजना ल्याएका छन् । अर्थमन्त्री पुनले जलाशययुक्त आयोजनाको निर्माण अघि बढाउने, विद्युत्को पहुँच बढाउने र विद्युत् खपत बढाउने लगायतका लक्ष्य लिएका छन् । यो लक्ष्यलाई पुरा गर्नका लागि ५० अर्ब रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरेको उनले बताए...

Read More