Author: Himalaya Post

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ-  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज २६ दशमलव ७२ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव ७२ अङ्कले ओरालो लागेर दुई हजार ७५५ दशमलव ३७ मा सिमित भएको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ७८ अङ्कले ओरालो लागेर ४७० दशमलव ७२ मा सिमित भएको छ । बजेट सार्वजनिक भएपछि खुलेको बजार चलायमान बन्नुका साथ सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिए पनि नेप्से आज शून्य दशमलव ९६ प्रतिशतले घटेको हो । तीन सय ४९ कम्पनीको एक करोड ३३ लाख ८३ हजार ८१६ कित्ता शेयर रु पाँच अर्ब...

Read More

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं-  विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने माग राखेर विपक्षीहरूले संसद् बैठक अवरोध गरेका हुन् ।...

Read More

प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउन माग गर्दै माइतिघरमा विरोध प्रदर्शन

काठमाडौं – नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउन माग गर्दै नेकपा एमालेले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्रीको अभिव्यक्तिले देश र जनताको शिर निहुरिएकाले उक्त अभिव्यक्ति सच्चाउन माग गर्दै एमाले काठमाडौं जिल्ला कमिटीले सोमबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो । उनीहरुले सार्वभौम सदनबाट राष्ट्र विरोधी अभिव्यक्ति बन्द गर, राष्ट्रियता हराएको मान्छे मुर्दावाद, नेपालको सीमा रक्षा गर लगाएतका नारा लगाएका थिए । साथै उनीहरुले प्रधानमन्त्रीले राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै राजीनामाको समेत माग गरेका छन् । नेकपा एमालेका नेता आनन्द प्रसाद पोखरेलले नेपालले भारतीय भूमि कतैपनि नमिचेको भन्दै प्रधानमन्त्रीलाई आफ्नै सीमाका बारेमा जानकारी नभएको बताए । उनले प्रधानमन्त्रीले संविधानमा नै...

Read More

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध राष्ट्रियसभा बैठक अवरुद्ध

काठमाडौं – प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिबारे आपत्ति जनाउदै सांसदहरुले विरोध जनाएपछि राष्ट्रियसभा बैठक अवरुद्ध भएको छ । सोमबार राष्ट्रियसभा बैठक सुरु हुनेबितिकै बिभिन्न दलका सांसदहरुले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपति जनाउदै उठेर विरोध जनाएका थिए । उनीहरुले प्रधानमन्त्रीले सीमाका बिषयमा दिएको अभिव्यक्तिका बारे स्वयं उपस्थीत भएर जवाफ दिनुपर्ने मागेका थिए । राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले रास्वपा सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री बिना सूचना प्रतिनिधिसभामा उपस्थीत भएर दिएको अभिव्यक्ति नियोजित भएको हुनसक्ने आशंका व्यक्त गरिन । सीमामा रहेका नागरिकहरुले आफ्नो भूमि जोगाइरहेको अवस्थामा प्रधानमन्त्री नै नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति देशको हितमा नरहेको उहाले बताए । देशको सीमाका...

Read More

हत्या अभियोगमा एक जना पक्राउ

सुरुङ्गा   – झापाको मेचीनगर नगरपालिका–१५ नीलकोठीमा कुटपिटबाट एक जनाको मृत्यु भएका घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार आइतबार राति मेचीनगर–१५ नीलकोठी निवासी ५५ वर्षीय रुद्र श्रेष्ठको कुटपिटका कारण मृत्यु भएको थियो । घटनामा संलग्न भएको आरोपमा तनहुँ घर भई हाल मेचीनगर–१५ स्थित माँ पाथीभारा प्लाई फ्याक्ट्रीमा काम गर्दै आएका ३५ वर्षीय रामबहादुर गौतमलाई पक्राउ गरिएको हो । आपसी विवादका क्रममा गौतमको कुटाइबाट गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएकामा उपचारकै क्रममा आज बिहान मृत्यु भएको थियो । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको...

Read More