Author: Himalaya Post

सर्लाही सवारी दुर्घटनामा दुईको मृत्यु

सर्लाही– सर्लाहीमा गएराति छुट्टाछुटै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । साइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने मोटरसाइकल दुर्घटनामा परी एक पुरुषको ज्यान गएको सर्लाही प्रहरीले जनाएको हो । मलङ्गवा–नवलपुर सडक खण्डअन्तर्गत हरिपुर नगरपालिका–६ लक्ष्मीपुरमा साइकलको ठक्करबाट ५५ वर्षीया सैफुल खातुनको मृत्यु भएको छ । बाटो काट्ने क्रममा शनिबार साँझ खातुनलाई साइकलले ठक्कर दिएको थियो । घाइते खातुनको जनकपुरमा उपचारका क्रममा गएराति ९ः३० बजे मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । साइकल चालकलाई प्रहरीले नियन्त्रण लिएको छ । उता पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जङ्गलमा नम्बर नखुलेको एक सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ना ३४ प ७०२१ नम्बरको मोटरसाइकलको पछि बसेका लालबन्दी नगरपालिका–७ बस्ने ५७ वर्षीय भीम गुरुङको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि जिल्ला अस्पताल मलङ्गवामा पुर्‍याइएको थियो । उनलाई चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए ।...

Read More

ज्येष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकमा नीहित ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गरी सामूहिक प्रयास गर्न सम्बद्ध सबैमा आग्रह गरेकी छन् । प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सरकारले ज्येष्ठ नागरिकका लागि मासिक सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक सवारी साधनमा सिट आरक्षण, सवारी भाडामा ५० प्रतिशत छुट, स्वास्थ्योपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचयपत्रको व्यवस्था, सरकारी सेवा लिँदा लाइनमा बस्नु नपर्नेलगायतका सार्वजनिक सेवामा छुट, सहुलियत र सुविधाको व्यवस्थासमेतको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छन् । सन्देशमा राष्ट्रपति भण्डारीले कानुनी र नीतिगत प्रावधानको प्रभावकारी कार्यान्वयनको माध्यमबाट ज्येष्ठ नागरिकप्रति...

Read More

प्रदेशसभा बैठक दिउँसो १ बजे बस्दै

जनकपुर– प्रदेश नं २ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आज बस्ने बैठकमा प्रदेश सरकारले प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश, २०७८ पेश गर्ने कार्यसूची रहेको छ । प्रदेश सरकारका तर्फबाट सामाजिक विकासमन्त्री नवलकिशोर साहले उक्त अध्यादेश पेश गर्ने कार्ययूची रहेको प्रदेशसभा सचिवालयले जनाएको हो । यस्तै प्रदेश सरकारले ल्याउने सो अध्यादेशविरुद्ध प्रतिपक्षी दल लोकतान्त्रिक समजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले अध्यादेश अस्वीकृत गर्नेसम्बन्धी प्रस्ताव पेश गर्नुहुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । यसअघि गत बिहीबार बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारले ल्याएको प्रदेश कृषि विश्वविद्यालय अध्यादेश, २०७८ स्वीकृत गरेको थियो ।...

Read More

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन यसरी सम्पन्न हुनेछ, सम्पूर्ण जानकारी

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को प्रथम सम्मेलनका लागि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा स्वागतद्वार बनाइएको छ । सम्मेलन परिसरमा पार्टीको झण्डा, तुल र ब्यानर तथा राजधानी प्रवेश गर्ने नाकामा फ्लेक्स राखिएको छ । माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय शनिबारको स्थायी समितिको बैठकले गरिसकेको छ । महाधिवेशनमा परिणत गर्ने निर्णयलाई केही बेरपछि बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्न बाँकी छ । जनता, नेता तथा कार्यकर्ता तहको आग्रह र उत्साहका कारण राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको शनिबार साँझ बसेको स्थायी समितिको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए  । संविधानसभाबाट संविधान, गणतन्त्रजस्ता राजनीतिक परिवर्तनको संवाहकका रूपमा रहेको माओवादीले पहिलोपटक पार्टीभित्र संविधान...

Read More

दूतावासद्वारा नेपालमा बसोबासित भारतीयको गुनासो सम्बोधन

वीरगन्ज– भारत दूतावास, वीरगन्जले नेपालमा बसोबासित भारतीय नागरिकको गुनासोको सम्बोधन गरेको छ । आजादी अमृत महोत्सवको विशेष सप्ताहअन्तर्गत वीरगन्जस्थित दूतावासले नेपालमा बसोबासित भारतीय नागरिकको समस्या एवम् गुनासो सम्बोधनका निमित्त ‘ओपन हाउस फर कन्सुलर ग्रिभएन्सेस’ को आयोजना गरेको गरेको हो । दूतावास परिसरभित्रै आयोजना गरिएको सो कार्यक्रममा दूतावासले नेपालमा बसोबास गर्दै आएका पीडित भारतीय नागरिकहरुको नियमित बाहेकका गुनासोहरुलाई सम्बोधन गरेको छ । कन्सुल जनरल नितेश कुमारको अध्यक्षतामा सम्पन्न उक्त मन्चमा झण्डै पर्सा र बाराका कलकारखानामा कार्यरत करिब ३० जना भारतीयका गुनासोलाई सम्बोधन गरिएको थियो...

Read More