Author: Himalaya Post

ओली कमरेड ! जिल्लाको सह-इन्चार्ज पद पनि तपाईंका आसेपासेलाई नै दिनुस् : नेतृ चौधरी

काठमाडौँ – नेकपा एमालेकी केन्द्रीय सदस्य  भगवती चौधरीले पार्टीभित्र देखिएको अध्यक्ष केपी शर्मा ओलीको गुटबन्दी विरुद्ध आवाज उठाएकी छन् । आइतबार भक्तपुरमा भएको एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पोलिटब्यूरो सदस्यमा मनोमानी र एकपक्ष ढंगले अध्यक्ष ओलीले मनोनित  गरेकोप्रति नेतृ  चौधरीले चर्को विरोध जनाएकी  हुन्  । अध्यक्ष ओलीले आसेपासेलाई पार्टीमा मनोमानी पद बाँ‍डेको भन्दै नेताहरुको आक्रोश चुलिएको छ । एकताको सन्देश भन्दै ओलीले चरम गुटबन्दी गरेकोप्रति नेतृ  चौधरी रुष्ट बनेकी छन्   । कतिपय नेता कार्यकर्ताले पार्टीमा उचित योगदानको मूल्याङ्कन नभएको बताइरहँदा नेतृ  चौधरीलेसमेत  आफूलाई दिइएको सुनसरी जिल्लाको सह- इन्चार्ज पद अस्वीकार गरेकी छन् । नेतृ  चौधरीले हिमालयपोष्टसँग असन्तुष्टि पोख्दै ...

Read More

सिद्धार्थ राजमार्ग १५ रातसम्म बन्द हुने

पाल्पा– सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड आजदेखि १५ दिन रातिमा बन्द हुने भएको छ । रातको समयमा सडक चौडा गर्ने काम भएकाले आजदेखि पुस १३ गतेसम्म सडक बन्द हुने भएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले जानकारी दिएका हुन् । चौडा बनाउन पहाड कटान गर्दा सडक बन्द गर्न लागिएको हो । सडक चौडा गर्दा माटो र ढुङ्गा सडकमा राख्नुपर्ने भएकाले सडक बन्द गर्न थालिएको प्रमुख लम्सालले बताए । बुटवलको सिद्धबाबाबाट झुम्सा पुलसम्म र कालिमाटीबाट गौडेपुलसम्मको क्षेत्रमा सडक चौडा गर्ने काम हुनेछ । हरेक दिन बेलुका ९ः३० देखि बिहान ४ बजेसम्म सडक बन्द हुने उनको भनाई छ । रातिको समयमा...

Read More

रामचन्द्र पौडेलको चियापानमा देउवाविरुद्ध नाराबाजी !

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा सहभागी हुन गएका  प्रधानमन्त्री एवं सभापति पदका उमेदवार शेरबहादुर देउवाविरुद्ध  कार्यकर्ताले नाराबजी गरेका छन् । आज मंगलबार नेता रामचन्द्र पौडेलले चियापान  आयोजना गरेका थिए ।  बिहान लौनचौरस्थित एक पार्टी प्यालेसमा पौडेलले महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको चियापानमा देउवाविरुद्ध नाराबाजी  भएको कार्यकर्ताहरुले बताएका छन्...

Read More

यसरी खुल्यो धौलागिरी हिमाल

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका, रघुगंगा र मंगला गाउँपालिकाको सिमा क्षेत्रलाई समेटिएको पर्यटकीय स्थल टोड्केबाट देखिएको धौलागिरी हिमालको मनोरम दृष्य । तस्बिर,...

Read More

बन्ने नै भयो महोत्तरीमा विद्युत् सबस्टेशन

काठमाडौं – आफ्नै ठाउँमा विद्युत् वितरणलाई व्यवस्थित र अत्याधुनिक बनाउन विद्युत् सबस्टेशन निर्माणको काम अघि बढेपछि महोत्तरीको बर्दिवास भेगमा खुशीयाली छाएको छ । प्रदेश नं २ का आठवटै जिल्लामा विद्युत् वितरण प्रणालीलाई वैज्ञानिक व्यवस्थापन गर्ने गरी सबस्टेशन निर्माणको काम थालिएपछि यस भेगका सर्वसाधारणमा अब विद्युत् कटिरहने समस्या नआउने विश्वासमा खुशी छाएको हो । बर्दिवास–२ को हङकङडाँडामा आइतबार शिलान्यास भएसँगै सबस्टेसन निर्माणको काम अघि बढेको छ । “हाम्रै बस्तीमा सबस्टेशन निर्माणको काम अघि बढेको छ”, बर्दिवास नगरपालिका–२ का वडा सदस्य एकबहादुर भुजेलले भने, “पहिलो कुरा त हाम्रै बस्तीमा यति ठूलो परियोजनाको काम थालिएको खुशी छ, अर्को यो निर्माण सम्पन्न भएपछि...

Read More