Author: Himalaya Post

फौजी किरा नियन्त्रण गर्न किसानलाई निःशुल्क विषादी

भोजपुर – अमेरिकन फौजी किराले मकैबाली नष्ट गरेपछि भोजपुरको पौवादुङ्मा गाउँपालिकाले निःशुल्क विषादी वितरण अभियान थालेको छ । फौजी किराका कारण समस्या परेका कृषकलाई लक्षित गाउँपालिकाले कृषकलाई निःशुल्क विषादी वितरण गरेको हो । गाउँपालिकाको तल्लो भेगका अधिकांश किसानको मकैबाली किराले नष्ट पार्न थालेपछि विषादी वितरण अभियान थालेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए। उनले भने, “फौजी किराका कारण किसानका मकैबाली नष्ट भएको जानकारी आएपछि हामीले प्राविधिक पठाएर उहाँहरुको समस्या समाधान गरिरहेका छौँ । अहिले गाउँपालिकाले किरा मार्नका लागि निःशुल्क विषादी विरतण गरिरहेको छ । विषादी वितरण गरेसँगै किरा नियन्त्रणमा आएको छ ।” गाउँपालिकाको सानोदुम्मा, ठुलोदुम्मा, बास्तीम, च्याङ्ग्रेलगायत ठाउँमा फौजी...

Read More

बजेट विनियोजनको विवरण माग

काठमाडौँ – वाग्मती प्रदेशसभाको प्रदेश मामिला समितिले प्रदेश सरकारलाई आगामी आव ०७८/७९ मा विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि गरेको बजेट विनियोजनको विवरण माग गरेको छ । सभाको प्रदेश मामिला समितिका अनुसार प्रदेश सरकारलाई विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि के कस्ता कार्यक्रम ल्याउने तथा के कति रकम विनियोजन भएको छ सो सम्बन्धमा समितिलाई १५ दिनभित्र विवरण पेश गर्न माग गरेको हो । प्रदेशको सिन्धुपाल्चोकमा गएको बाढीबाट ठूलो धनजनको क्षति भएको भन्दै समितिका सभापति माधव पौडेलले प्रदेशभित्रका अन्य धेरै ठाँउ पनि जोखिमयुक्त रहेकाले प्राकृतिक विपत्तिको तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि विस्तृत विवरण माग गरी सोहीअनुसार पूर्वतयारी अघि बढाइने जानकारी दिए...

Read More

झापामा बन्दै गरेको नेपालकै अग्लो भ्यूटारको ४० प्रतिशत काम सम्पन्न

झापा – दमकमा निर्माणाधीन नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ ९भ्यूटावर०को ४० प्रतिशत निर्माण सम्पन्न भएको छ । एक सय मिटर अग्लो र १८ तलाको सो भ्यूटावरको बेसमेन्ट र तेस्रो तलासम्मको निर्माण पूरा गरी चौथो तलाको ढलान भइरहेको सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरका इञ्जीनियर भूपेन्द्रकुमार यादवले बताए। चिनियाँ कम्पनी जेडसिजीआइइसी र ललितपुरको आशिष ओम साइराम निर्माण कम्पनीले रु एक अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ मा भ्यूटावर निर्माणको ठेक्का लिएका हुन् । कोरोना महामारीको अवस्थामा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर तीव्रगतिमा निर्माणकार्य भइरहेको हुँदा भ्यूटावरको प्रगति सन्तोषजनक रहेको इञ्जीनियर यादवको भनाइ छ । दमक नगरपालिका–३ दापगाँछीमा पाँच...

Read More

सर्वोच्चमा राजनीति भयो – ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार बदर गर्ने गरी सर्वोच्चबाट भएको फैसलामा असन्तुष्टि जनाएका छन् । मंगलवार सर्वोच्च अदालतले गत जेठमा दुईपटक गरिएको मन्त्रिपरिषद् विस्तारको निर्णयलाई असंवैधानिक ठहर गर्दै अन्तरिम आदेशबाट बदर गरिदिएको छ । गत जेठ २१ र २७ गते गरिएको मन्त्रिपरिषद् विस्तारलाई रोक्ने निर्णयपछि प्रधानमन्त्री ओलीले उक्त निर्णयप्रति असन्तुष्टि जनाएका हुन् । सर्वोच्चको निर्णयलगत्तै पदमुक्त भएका २० मन्त्रीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइ उनले अदालतभित्र राजनीति भएर फैसला संविधानविपरित आएको  आरोप लगाएका छन् । प्रधानमन्त्रीलाई उद्धृत गर्दै निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले प्रधानमन्त्रीले बढ्ता राजनीति भएको तथापि अदालतको फैसला मान्नुपर्ने बताएको जानकारी दिए...

Read More

बिहानैदेखि एनटीसीको नम्बरमा फोन नलाग्ने समस्या

काठमाडौँ – बुधवार बिहानैदेखि नेपाल टेलिकम (एनटीसी)को मोबाइल नम्बर फोन नलाग्ने समस्या देखिएको छ । बिहाना ६ बजेदेखि नै एनटीसीका पोष्टपेड र प्रिपेड दुबै प्रकारका मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको हो । मोबाइल नम्बर डायल गर्नासाथ कल सकिएको संकेत देखिन थालेकोमा यसो हुनुको कारण अध्ययन भइरहेको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए । प्राविधिकहरुले काम गरिरहेको जनाउँदै उनले चाँडै समस्या समाधान हुने बताए...

Read More