Author: Himalaya Post

बजेटमा उल्लेखित सबै कार्यक्रम कार्यान्वयन हुन्छन् : उपप्रधान तथा अर्थमन्त्री पौडेल

काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित सबै कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्ने बताएका छन् । उनले दुविधा र अन्योल नराख्न अनुरोध गर्दै बजेट कार्यान्वयनमा आश्वस्त हुन आग्रह गरेका छन् । अनेरास्ववियु नेपालको ध्यानाकर्षण पत्र बुझेपछि बोल्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले साउन १ गतेदेखि बजेट कार्यान्वयनलाई द्रूत गतिमा अघि बढाउन आवश्यक पर्ने कार्यविधि चालु आर्थिक वर्षको असार मसान्तभित्र तयार गरिसक्ने जानकारी दिए । आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरु पनि तयारीको चरणमा रहेको उल्लेख गर्दै उनले अर्थ मन्त्रालयले पनि बजेट कार्यान्वयनका लागि गृहकार्य सुरु गरिसकेको बताए । उपप्रधान तथा अर्थमन्त्री पौडेलले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत...

Read More

जर्मनीबाट प्राप्त भयो स्वास्थ्य उपकरण

काठमाडौँ– कोभिड–१९ महामारीविरुद्ध लड्न नेपाल सरकारले गरेको अनुरोध अनुरूप सङ्घीय गणतन्त्र जर्मनीको सरकारले स्वास्थ्य उपकरण तथा सामग्री प्रदान गरेको छ । नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड सेफेरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एक सङ्क्षिप्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई ६२ वटा भेन्टिलेटर, २७ हजार ५०० थान एफएफपीटू मास्क, ३० हजार सर्जिकल मास्क, १०० जोर गम बुट, पाँचवटा एकन्तबास त्रिपाल, २०० थान बडी ब्याग, २५ हजार लिटर निर्मलीकरण झोल हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको हो । स्वास्थ्य उपकरणलगायत सामग्री प्रदान गरेकामा नेपाली जनता र नेपाल सरकारका तर्फबाट मन्त्री तामाङले जर्मन नागरिक र सरकारप्रति कृतज्ञता ज्ञापन गरेका छन् ।...

Read More

मुलुकको लकडाउन असारदेखि ‘लुज डाउन’ मा परिणत गरिने

नारायण ढुङ्गाना, काठमाडौँ– विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड¬–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेकोे र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निक्यौल हुने जनाइएको हो । गृहप्रवक्ता जनकराज दाहालले जिल्लाबाट रिपोर्टिङ् लिने क्रम जारी रहेको जानकारी दिएका छन् । ‘यसअघि ‘लकडाउन’ थियो, असारदेखि भने ‘लुज डाउन’ लागू गर्ने योजना छ, मुलुकभरको सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइने छ’, दाहालले भने, ‘केही सहजीकरण भने पक्कै हुनेछ ।’ सङ्क्रमणभन्दा निको हुने...

Read More

एनसेलले परिमार्जन गर्‍यो १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क, अब कहाँ फोन गर्दा कति लाग्छ ?

काठमाडौं – एनसेल आजियाटा लिमिटेडले जेठ २१ देखि लागु हुने गरि विश्वका १९ देशहरुको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ । नयाँ शुल्कहरु नेपाल दुरसञ्चार प्राधिकरणले अन्य दुरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दर अनुसार नै रहेको एनसेलले जनाएको छ । गत जेठ ९ गते नेपाल दुरसञ्चार प्राधिकरणले एनसेललाई इटाली, माल्टा, जर्मनी, ताजिकस्थान, जोर्डन, थाइल्याण्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएशिया, फिनल्याण्ड, नेदरल्याण्ड, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रस गरी १९ देशहरुका लागि नयाँ अन्तर्राष्ट्रिय कल शुल्कको स्वीकृती प्रदान गरेको थियो । प्राधिकणबाट प्राप्त यो स्वीकृतिसँगै यी देशहरुका लागि एनसेलको अन्तर्राष्ट्रिय कल शुल्क अब अरु...

Read More

प्रदेश २ मा विपक्षीद्वारा प्रदेश सभा अवरुद्ध

जनकपुर – प्रदेशसभा सदस्यहरुसँग समन्वय नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै विपक्षी दलहरुले प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । मंगलबार प्रदेशसभा बैठक बस्नेबितिकै विपक्षी दलका प्रदेशसभा सदस्यहरुले सशर्त अनुदान स्थानीय पालिकाहरुमा समन्वय नगरी पठाइएको भन्दै बैठक अवरुद्ध गरेका हुन् । यस बिषयमा मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग उनीहरुले राखेका छन् । मनोमानी तरिकाले सशर्त अनुदानको योजना छनौट गरेको भन्दै नसच्याएसम्म बैठक अवरुद्व गरिरहने विपक्षी सांसदहरुले बताएका छन् । विरोधपछि सभामुख सरोजकुमार यादवले प्रदेशसभा बैठक स्थगित गरेका हुन्...

Read More