Author: Himalaya Post

लहान बम विफोस्ट काण्ड : समातिए दुई मुख्य आरोपी

काठमाडौँ– लहानस्थित मालपोत कार्यालयमा विस्फोट गराउने मुख्य दुई आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । गत चैत्र १ गते लहान मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहा सुखिपुर नगरपालिका–५ का रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका– ३ का २६ वर्षीय अभिमन्यू गिरी रहेका छन् । प्रहरीका अनुसार, उनीहरुलाई प्रदेश प्रहरी कार्यालय र सिरहा प्रहरीको विशेष टोलीले सोमबार सुखिपुर नगरपालिका– ५ बाट पक्राउ गरेको थियो । प्रदेश २ प्रहरी कार्यालयका अनुसार, अपराध ठहर गरिएका उनीहरुले आफ्नो गल्ती स्वीकार समेत गरिसकेका छन् । जानकारीका अनुसार, उनीहरुले उक्त विस्फोट जनतान्त्रिक तराई मुक्ति मोर्चाका (गोइत समूह)...

Read More

नेपाल पक्षको संयुक्त वक्तव्य : ओलीले कम्युनिस्ट आन्दोलनलाई नै विसर्जन गर्न लागे

काठमाडौँ – नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले संयुक्त वक्तव्य जारी गरेको छ । उक्त समूहको मंगलबार बसेको स्थायी कमिटीको बैठकले नवौँ राष्ट्रिय महाधिवेशनको विधान, सिद्धान्त, नीतिको रक्षाका लागि अग्रसर हुनुपर्छ भन्ने मान्यताका साथ संयुक्त वक्तव्य जारी गरेको एमाले उपाध्यक्ष तथा नेपाल निकट भीम रावलले जानकारी दिए । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले गन फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाविरुद्ध एमालेलाई विभाजन गरी नेपालको कम्युनिस्ट आन्दोलनलाई नै विसर्जन गर्ने दुष्प्रयत्न गरेको आरोप लगाइएको छ । जारी संयुक्त वक्तव्यमा भनिएको छ, ‘वैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका...

Read More

जनमोर्चाको चौँथो राष्ट्रिय सम्मेलन वुटवलमा हुने

काठमाडौँ– राष्ट्रिय जनमोर्चाको चौँथो राष्ट्रिय सम्मेलन वुटवलमा हुने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट जीतेको जनमोर्चाको चौँथो राष्ट्रिय सम्मेलन आगामी चैत २४ देखि २६ गतेसम्म वुटवलमा हुन लागेको हो । सम्मेलनमा नयाँ केन्द्रीय समिति चयन, राजनीतिक प्रतिवेदन पेश, पार्टीको विधान संशोधन गर्नेलगायतको कार्यक्रम रहेको पार्टीका नेता आनन्द शर्माले जानकारी दिएका छन् । सम्मेलनको उद्घाटन जनमोर्चाका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले गर्ने कार्यक्रम रहेको छ । जनमोर्चाको राष्ट्रिय सम्मेलनमा विभिन्न राजनीतिक दलका नेतासमेतलाई आमन्त्रण गरिएको नेता शर्माले बताए । सम्मेलनमा देशभरका ७० भन्दाबढी जिल्लाका प्रतिनिधीको सहभागीता रहनेछ ।...

Read More

मापसे जाँच गर्न प्रहरीलाई ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान

डोटी– जिल्लामा मादक पदार्थ सेवन गरे /नगरेका बारेमा जाँच गर्नका लागि प्रहरीलाई सजिलो होस्, भन्ने उद्देश्यले नौ थान ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीले जिल्ला प्रहरी कार्यालय डोटीलाई उक्त ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरेको हो । सवारी चालकले मापसे गरी सवारी साधन चलाएको छ/छैन? भन्ने विषयमा जानकारी लिनका लागि सजिलो होस् भन्ने उद्देश्यले उक्त मेसिन प्रदान गरिएको जिल्ला स्वास्थ्य प्रमुख रमेश मलासीले जानकारी दिएका छन् । जिल्लामा मादक पदार्थ सेवन गरी सवारी चलाउनेको सङ्ख्या बढ्दै गएको र सोही कारणले सवारी दुर्घटना बढ्न थालेपछि उनीहरुले कति मात्रामा मादक पदार्थ सेवन गरेको छ? भन्ने...

Read More

पत्रकार महासङ्घ प्रदेश १ को भवन उद्घाटन

विराटनगर– नेपाल पत्रकार महासङ्घ १ नं प्रदेश समितिको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गरिएको छ । सो भवन प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा प्रदेश समितिले प्रकाशित गरेको ‘मेरो पत्रकारिता’ पुस्तकको पनि विमोचन गरेको छ । भवन बनाउन विराटनगर महानगरपालिकाले वडा नं ५ स्थित रु. एक करोडभन्दा बढी मूल्यको जग्गा निःशुल्क उलब्ध गराएको थियो । भवन निर्माण गर्न प्रदेश सरकारले रु. ७६ लाख आर्थिक सहयोग गरेको छ । व्यापारिक उद्देश्यसहितको सो भवन बैठक कक्षसहित दुई तले...

Read More