Author: Himalaya Post

त्रिभुवन विद्यालयमा पुनः पठनपाठन शुरु

लमजुङ– चट्याङ लागेर विद्यार्थीको मृत्यु र घाइते भएपछि बुधबारदेखि बन्द गरिएको यहाँका एक विद्यालयमा आजदेखि पुनः पठनपाठन शुरु भएको छ । लमजुङ क्व्होलासोथर गाउँपालिका–४ भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा पठनपाठन शुरु भएको हो । विद्यालयमै रहेको अवस्थामा चट्याङ लागेर विद्यार्थीको मृत्यु र केही घाइते भएपछि बुधबार क्व्होलासोथर गाउँपालिका शिक्षा शाखा प्रमुख विद्यालयका शिक्षकलगायतको बैठक बसेर बुधबार बन्द गरिएको र बिहीबार विद्यालयले शोक मनाएको विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद गुरुङले बताए । ‘विद्यालय आजदेखि पुनः सञ्चालनमा आएको छ’, प्रध्यानाध्यापक गुरुङले भने । विद्यालय सञ्चालनमा आए पनि थोरै विद्यार्थी मात्र उपस्थित भएको उनको भनाइ छ । विद्यालयमा विद्यार्थी रहेकै बेला चट्याङ पर्दा तीन...

Read More

एक दशक पुरा गर्दै डिशहोमको ‘प्लसमुभि’ च्यानल

काठमाडौँ – टेलिभिजनमा नेपाली चलचित्रहरु मार्फत दर्शकहरुलाई मनोरञ्जन दिने उदेश्य सहित डिशहोमले शुरु गरेको प्लस मुभि च्यानलले एक दशक पुरा गरेको छ । डिशहोममा मुभि अन डिमाण्ड नामबाट सुरु गरिएको यस च्यानल सन २०१२ देखी ‘प्लसमुभि’ च्यानलको नामबाट संचालन भईरहेको छ । दैनिक ८ शो नेपाली चलचित्रहरु प्रशारण गरिरहेको यो च्यानल डिशहोमका दर्शकहरुमाझ अत्यन्त लोकप्रिय रहेको छ । नयाँ,पुराना तथा सबै विधाका नेपाली चलचित्रहरु प्रदर्शन गरिरहेको प्लस मूभि च्यानल डिशहोममा एचडी गुणस्तरमा हेर्न सकिन्छ । यस च्यानल मार्फत दुरदराजका दर्शकहरुलेसमेत नेपाली चलचित्र सजिलै हेर्न पाएका छन् । प्लस मूभि संगै डिशहोमले रमाईलो, एक्सन स्पोर्टस्, सरोकार, रियालिटी टिभि, गुञ्जन, सिनेहिट्स,...

Read More

‘निश्चित व्यक्ति पदमा पुग्न पाउँदा अग्रगमन हुने, नपाउँदा प्रतिगमन हुने ?’

काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पुनःस्थापित प्रतिनिधिसभाले सुरुवातमै राम्रो संकेत नदेखाएको टिप्प्णी गरेका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले सरकारले ल्याएको अध्यादेशलाई संसदको पहिलो बैठकमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्थालाई लागू गर्न नदिएको बताउँदै प्रतिनिधिसभाले संकेत राम्रो नदेखिएको बताएका हुन् । संसद सुचारु हुन नपाउँदै सांसदको विरोधका कारण बलात्कार सम्बन्धी अध्यादेश, खोप सम्बन्धी अध्यादेश र टिआरसी सम्बन्धी अध्यादेशमाथि छलफल गर्न नपाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । वर्तमान सरकारले गरेका राम्रो कामहरुलाई नदेखेको बताउँदै उनले कुनै व्यक्तिले पद नपाउँदा प्रतिगमन र पाउँदा अग्रगमन हुन्छ भन्दै प्रश्न गरे । ‘प्रतिगमनको परिभाषा कस्तो भयो भने निश्चित व्यक्ति पदमा...

Read More

सरकार र विश्व बैंकबीच झण्डै ३ अर्ब बराबरको सम्झौता

काठमाडौँ – नेपाल सरकार र विश्व बैंकबीच आज झण्डै ३ अर्ब बराबरको सम्झौता भएको छ । ‘समृद्धिका लागि वन’ आयोजनाअन्र्तगत सरकार र विश्व बैंकबीच २ अर्ब ८० करोड रूपैंयाँ (२४ मिलियन अमेरिकी डलर) बराबरको ऋण र अनुदान सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् । ५० वटा स्थानीय तहलाई सहयोग पुर्‍याउने भनिएको सो आयोजनाले नेपालको दिगो वन व्यवस्थापनसँगै समुदायमा आधारित वन संरक्षण प्रयासलाई टेवा पुर्याउने अर्थ मन्त्रालय र विश्व बैंकको भनाइ छ । सम्झौताको कुल रकम मध्ये...

Read More

हाटबजारमा क्युआर सेवा

रुपन्देही– माछापुच्छ्रे बैंकले रुपन्देहि जिल्लाको तिलोत्तमा स्थित योगिकुटी हाटबजारमा क्युआर कोड सेवा सुरु गरेको छ । बिहिबार नेपाल राष्ट्र बैंक, क्षेत्रिय कार्यालय भैरहवाका निर्देशक सुदिप फुयालद्वारा सो स्थानमा क्युआर कोड सेवाको सुरुवात गरिएको हो । क्युआर कोड सेवा सुरु भएसंगै उपभोक्ताले हाटबजारबाट आफुले खरिद गरेका उपभोग्य वस्तुको रकम क्युआर कोड मार्फत भुक्तानी गर्न सक्नेछन् । पछिल्लो समय डिजिटल भुक्तानकिो आकर्षण बढ्दै गएको छ । सोहि अवस्थालाई मध्यनजर गर्दे माछापुच्छ्रे बैंकले पनि हाटबजार सो सेवाको सञ्चालन गरेको हो । उक्त सेवा विस्तारपछि क्रेता–बिक्रेता दुवै पक्षलाई खुद्रा पैसाको झन्झट बाट टाढा राख्दै बचत गर्ने बानीको विकास हुने विश्वास बैंकले लिएको छ...

Read More