Author: Himalaya Post

भारतबाट २५० मेगावाट विद्युत् आयात गरिने

काठमाडौँ – सुक्खायाममा सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम् २५० मेगावाटसम्म विद्युत् आयात गर्ने भएको छ । विशेषगरी माघ, फागुनमा नदीमा जलसतह कम हुने तथा प्राधिकरण र निजी क्षेत्रका आयोजनामा समेत कम विद्युत् उत्पादन हुने भएकाले बिजुली व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्न लागिएको हो । प्राधिकरणले सन् २०२० को डिसेम्बर १ देखि २०२१ को जुनसम्मका लागि विद्युत् आयातका लागि भारतसँग आग्रह गरेको थियो । प्राधिकरणको सो आग्रहलाई भारतले स्वीकृति दिएको जनाइएको छ । प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार भारतका तर्फबाट शनिबार मात्रै स्वीकृति आएको छ । सो स्वीकृतिपछि सुक्खायाममा विद्युत् व्यवस्थापनका लागि...

Read More

कोरोनाबारे सचेतना फैलाउन जनप्रतिनिधि घर-घरमा पुगौं : अध्यक्ष तिमिल्सिना

काठमाडौं – राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी नियन्त्रणका लागि जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित ‘कोभिड–१९ जस्तो महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मीले मात्र नभई जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराउनुपर्ने बताएका हुन्। कोरोना महामारीको हालसम्म कुनै उपचार नभएकाले यसको नियन्त्रणका लागि सबै नागरिक स्वास्थ्य अनुशासनमा बस्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो। ‘जनताले आफ्नो प्रतिनिधिलाई बढी बिश्वास गर्छन्,’ बागमती प्रदेशका सांसदहरू सहभागी कार्यक्रममा उनले भने, ‘आफ्ना मतदातालाई स्वास्थ्य अनुशासनमा राख्न तथा स्वास्थ्य मापदण्ड पालना गराउने दायित्व सरकारको मात्र नभई तपाईँ हामी सबैको हो।’ उनतले कोरोनाको...

Read More

गायक शिवराज जङ्गमको ‘मुना’ सार्वजनिक (भिडियो)

काठमाडौँ – गायक शिवराज जङ्गमको मर्मस्पर्शी गीत ‘मुना’ सार्वजनिक भएको छ । घरायसी तथा व्यावहारिक समस्याले बाध्यतावश वैदेशिक रोजगारीका लागि विदेशिनुपर्दा आफ्ना श्रीमती तथा परिवारलाई सम्झाइबुझाइ गरी मनमा पीडा बोकेर हिँड्नुपरेको कथाव्यथा समेटेर भिडियो तयार पारिएको निर्देशक नवीन भट्टले बताए। गायक जङ्गमकैै रचना तथा सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन मञ्जिलविक्रम केसीले गरेका छन् । भिडियोमा सन्दीप श्रेष्ठ र अनु थापा मगरको अभिनय छ । गीतको छायाङ्कन ज्ञान चौलागाईंँले तथा भिडियो निर्देशन र सम्पादन नवीन भट्टले गरेका छन् । गीत फोरक्युब इन्टरटेन्मेन्टबाट निर्माण गरिएको हो । गीतको भिडियो डिएआर मुभीको अधिकृत युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ...

Read More

नेपाली बजारमा पुनः नम्बर १ स्मार्टफोन बन्यो शाओमी

काठमाडौँ — शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज आईडीसीको पछिल्लो वर्ल्डवाइड क्वार्टरली मोबाइल फोन ट्र्याकर, तेस्रो त्रैमासिक, २०२० रिपोर्ट अनुसार शाओमी फेरि नेपालको नम्बर एक स्मार्टफोन ब्रान्ड बनेको घोषणा गरेको छ । सन् २०२० को पहिलो त्रैमासिकमा ब्राण्डले नेपालको स्मार्टफोन बजारमा नेतृत्व गरेको थियो र यो दोस्रो पटक फेरि पहिलो स्थानमा उकालो लागेको छ । हाल युनिट शिपमेन्टमा आधारित ३४.१५ बजार सेयर रहेको ब्राण्डले सफलतापूर्वक मी र रेडमी सिरिजका स्मार्टफोन सार्वजनिक गर्दै स्मार्टफोन वर्गको लागि नेपालमा शीर्ष स्थान ओगटेको छ । शाओमी, नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “हामी आईडीसीको सन् २०२० तेस्रो त्रैमासिकको रिपोर्ट अनुसार नेपालको नम्बर १...

Read More

दुई वर्षदेखि मालिका हाते कागज बन्द

काठमाडौँ – बझाङको जयपृथ्वी नगरपालिकामा अवस्थित मालिका हाते कागज उद्योग दुई वर्षदेखि बन्द रहेको छ । सो उद्योग दिगो वन व्यवस्थापनसम्बन्धी प्रमाण दिने अन्तरराष्ट्रिय संस्था फरेस्ट स्टेवार्डसिपकाउन्सील (एफएससी)बाट प्रमाणित एशियाको पहिलो सामुदायिक उद्योग मानिन्छ । उद्योग बन्द भएपछि यहाँ रहेका संरचना र उपकरण पनि अलपत्र परेका छन् । भवनको वरपर झार पलाएको छ । गाउँबाट करिब तीन किलोमिटर टाढा हमरसैनमा उद्योग रहेको छ । भवनका काठ पनि स्थानीयले लगेका कारण भवन नै भत्किने अवस्थामा पुगेको छ । हाते कागज बनाउँदा पानी जम्मा गर्ने पोखरी समेत भत्किएको छ । कागज बनाउने फ्रेम स्थानीयले दाउरा बनाउन प्रयोग गरेका छन् । लाखौँ...

Read More