Author: Himalaya Post

लिम्बू जातिलाई आह्वान : जातजातिमा ‘लिम्बू’ र धर्ममा ‘किरात’ लेखौँ

इलाम – आउँदो वर्ष देशव्यापी रूपमा हुने राष्ट्रिय जनगणनामा जातजाति महलमा ‘लिम्बू’ र धर्म महलमा ‘किरात’ लेख्न आहवान गरिएको छ । समानुपातिक समावेशिताको व्यवस्थालाई अधिकारसम्मत बनाउन जनसङ्ख्यात्मक आधार निर्माणका लागि लिम्बू जातिलाई जातजातिमा लिम्बू लेख्न अनुरोध गरिएको हो । किरात याक्थुङ चुम्लुङ इलामले विज्ञप्ति जारी गर्दै जातजातिको महलमा ‘लिम्बू’, पुर्खाको भाषाको महलमा ‘लिम्बू’, मातृभाषाको महलमा ‘लिम्बू’, दोस्रो भाषाको महलमा ‘नजीकको आदिवासी जनजातिको मातृभाषा’ र धर्मको महलमा ‘किरात’ लेख्न अपिल गरेको हो । चुम्लुङका सचिव राम योङहाङका अनुसार मातृभाषालाई सरकारी कामकाजी भाषाका रूपमा स्थापित गर्न-गराउनका लागि जनसङ्ख्यात्मक आधार निर्माणका लागि मातृभाषाको महलमा ‘लिम्बू’ लेख्न अनुरोध गरिएको हो । संविधानले नेपालमा...

Read More

प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने, आरोप पत्र फिर्ता लिन प्रचण्ड पनि तयार

काठमाडौँ – प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्माओली संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता सहमत भएका छन् । बुधबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएका हुन् । यस्तै प्रचण्डले समेत ओलीमाथि लगाएका आरोपहरु फिर्ता लिने भएका छन् । छलफल पछि प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा स्थायी कमिटिको बैठक बसिरहेको छ । बैठकमा प्रधानमन्त्री ओली पनि सहमत भएका छन् । मंैगलबार प्रधानमन्त्री ओलीले सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता बिना नै संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपति मार्फत जारी गरेका थिए । अध्यादेश जारी...

Read More

ट्रयाक्टर दुर्घटना : सहचालकको मृत्यु, चालक घाइते

खोटाङ – ट्याक्टर दुर्घटना हुँदा खोटाङमा आज सोही ट्रयाक्टरका सहचालकको मृत्यु भएको छ । सप्तरीको फत्तेपुरबाट धान लिएर खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी जाँदै गरेको सु–प–प्र–०१–००२ त ४२९८ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका–४ बलम्ताका १८ वर्षीय किरण राईको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा सोही ठाउँका ट्रयाक्टर चालक १९ वर्षीय तुजन राई गम्भीर घाइते भएको इन्द्रेणीपोखरीका वडाध्यक्ष देवेन्द्र राईले बताए । सिम्पानी–रोक्सिमभञ्ज्याङ सडकखण्डअन्तर्गत इन्द्रेणीपोखरीको मेर्लामा अनियन्त्रित भएको ट्रयाक्टर सडकबाट पल्टिएर करीब तीन मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनालगत्तै घटनास्थलमा इलाका प्रहरी कार्यालय खोटाङबजार र प्रहरीचौकी सिम्पानीबाट प्रहरी पुगेका छन् । घाइतेलाई कम्मरमुनिको भाग नचल्ने अवस्थामा उद्धार गरिएको...

Read More

स्थायी कमिटि बैठक अघि नेकपा अध्यक्षद्वयबीच छलफल

काठमाडौँ – पार्टीभित्रको विवाद समाधानलगायत विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्षद्वयबीच छलफल भएको जानकारी दिए । अध्यक्षद्वयबीच छलफलपछि अपराह्न १ बजेका लागि तोकिएको बैठक भर्खरैमात्रै सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी भएका छन्...

Read More

क्लिनफिडले बन्द टेलिभिजन च्यानल पुनः सञ्चालन

काठमाडौँ – सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा विज्ञापनरहित ९क्लिन फिड० लागू भएपछि रोकिएका च्यानल पुनः सञ्चालनमा आएका छन् । विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित भएको करीब २ महिनापछि डिसहोम मिडिया प्रालिबाट प्रसारण हुने स्टार नेटवर्कअन्तर्गतका ३२ वटा च्यानल मङ्गलबारबाट पुनः सञ्चालनमा आएको हो । विदेशी ब्रोडकास्टरले तत्काल विज्ञापनरहित च्यानलहरु उपलब्ध गराउन नसकेका कारण प्रसारण अवरुद्ध भएका च्यानलहरु पुनः विज्ञापनरहित प्रसारणमा आएको डिसहोम मिडिया प्रालिले जनाएको छ । डिसहोम मिडिया प्रालिका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुुसार स्टार नेटवर्कअन्तर्गत स्टार प्लस, स्टार गोल्ड, स्टार भारत, स्टार मुभिज, स्टार गोल्ड, स्टार गोल्ड टु, स्टार गोल्ड सेलेक्ट, स्टार...

Read More