Author: Himalaya Post

मुख्यमन्त्रीमा ठूलाले चासो दिएनन्

काठमाडौ, २५-असोज /  प्रदेश सभाले उपयोग गर्न पाउने स्रोत–साधनको प्रस्टता छैन । शनिबार संसद्बाट पारित अन्तरसरकारी वित्त व्यवस्थापनसम्बन्धी ऐनअनुसार प्रदेश सभाले प्राकृतिक स्रोतबापतको रोयल्टी २५ प्रतिशत पाउनेछन् भने भ्याट र अन्तःशुल्कको हिस्सा १५ प्रतिशत पाउनेछन् । प्रदेशअन्तर्गतका स्रोत–साधनको उपयोगको सन्दर्भमा आफूले करको दर र दायरा निर्धारण गर्न सक्छ । प्रदेशले उपयोग गर्ने स्रोतबारे प्रस्ट नहुँदा प्रदेश सभामा ‘हेभिवेट’ नेताहरूले इच्छा नदेखाएको अर्थशास्त्री डा. शंकर शर्माको भनाइ छ । ‘प्रतिनिधिसभामा धेरै स्रोत–साधनमा चलखेल गर्न पाएका नेताहरू प्रदेशभित्रका स्रोत र साधनको उपयोगबारे प्रस्ट नहुँदा उनीहरूमा अनाकर्षण देखिएको छ,’ शर्माले भने ।नयाँ पत्रिका दैनिकमा खबर छ । तल्लो तहको मानसिकता प्रतिनिधिसभालाई माथिल्लो तह र प्रदेश सभालाई तल्लो...

Read More

निर्माण व्यवसायी गौचनको हत्याराको अझै पहिचान हुन सकेन

काठमाडौँ, २४-असोज /   गोली प्रहारबाट सोमबार मृत्यु भएका नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नको अझै पहिचान खुल्न सकेको छैन । घटनापछि प्रहरीले एक सयभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपनि अझै हत्याराको पहिचान गर्न नसकेको हो । सोमबार दिउँसो ३ बजेतिर काठमाडौँ, नयाँबानेश्वरको खरिबोट प्रयागमार्गमा एक व्यक्तिले चलाएको गोलीबाट घाइते हुनुभएका गौचनलाई उपचारका लागि मीनभवनस्थित सिभिल अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख आयुक्त अतिरिक्त प्रहरी महानिरीक्षक जयबहादुर चन्दले अनुसन्धान जारी रहेको र घटनाको नजिक प्रहरी पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “शंकास्पद स्थान र व्यक्तिमाथि निगरानी गरीरहेका छौँ, केही...

Read More

ठूलो परिमाणमा लागुऔषध सहित पाँच पक्राउ

काठमाडौँ, २४-असोज /  नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणमा लागुऔषधसहित छुटाछुटै स्थानबाट पाँचजनालाई पक्राउ गरेको छ । दुई किलो अफिम र २२ किलो चरेससहित धादिङका दर्जबहादुर तामाङ र मकवानपुरका राजकुमार मोक्तान सोमबार पक्राउ गरेको छ । ब्यूरोले मंगलबार आज पत्रकार सम्मेलन गरी तामाङसँग एक किलो अफिम, १२ किलो चरेस, दुई हजार नेपाली रुपैयाँ र तौल गर्ने मेसिन एक थान तथा मोक्तानसँग एक किलो अफिम, १० किलो चरेस, सात हजार नेपाली रुपैयाँ र ५८ हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको जानकारी दिएको छ । ब्यूरोका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ठूले राईले तामाङ र मोक्तान लामो समयदेखि लागुऔषध कारोबारमा सक्रिय...

Read More

राजमार्गमा फेरी अर्काे बस दुर्घटना, दुई यात्रुको मृत्यु

देउखुरी, २४-असोज / काठमाण्डौ बाट यात्रु बोकेर धनगढी तर्फ जाँदै गरेको ना ४ ख ८२५५ नम्वरको यात्रु बाहक बस अनियंत्रित भएर बाँकेको राप्ती सोनारी गाउपालिका वडा नम्वर १ को लौकी खोलामा दुर्घटना हुदा २ जनाको घटनास्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमेलीयाले जनाएको छ । ११ जना यात्रु गम्भीर घाइते भएका छन् । बस सडक बाट १५ फिट तल खोलामा खसेको छ । ज्यान जाने र घाइतेहरु कसैको पनि नाम ठेगाना खुल्न सकेको छैन। ज्यान जानेमा एक जना महिला र एक पुरुष रहेको इलाका प्रहरी कार्यालय अमीलियाका प्रहरी प्रमुख भरत सिंह राठौरले जानकारी दिएका छन...

Read More

रहस्यमय बन्यो गौचन हत्या, एक वर्षदेखि सुरक्षा

काठमाडौं , २४-असोज /  एक वर्षअघि महानगरीय प्रहरी अपराध महाशाखामा पुग्दा शरदकुमार गौचन ठेक्कापट्टामा गुन्डागर्दीको प्रयोग हुनेबारे चिन्तित देखिन्थे । ठेक्कामा दलीय संरक्षणमा हुर्किएका गुन्डाले भाग (पैसा) मागेर हैरान गर्ने गरेको गुनासो गर्थे गौचन । ठेक्कापट्टा गर्नेहरूबीच प्रभुत्व जमाउन खोज्नेले आफूलाई दुःख दिने गरेको गुनासो गौचनको थियो । त्यतिबेलै प्रहरीले सहजै अनुमान लगाएको थियो, गौचन ठेक्कामा लाग्ने गुन्डा समूहबाट ‘थ्रेट’ मा थिए । उनी त्यसपछि प्रहरीमा अक्सर पुगेनन् । काठमाडौं जिल्ला अदालतको नयाँ भवन र राष्ट्रिय नाचघर गौचन संस्थापक रहेको डाँफे कन्स्ट्रक्सनले निर्माण गरेको थियो । करोडौं कारोबार गर्दै आएका गौचनसँग ठेक्कापट्टाकै एउटा समूहले ठूलै आर्थिक ‘डिल’ गरेको र नदिएपछि...

Read More