काठमाडौं – डिशहोममा १ वर्षको रिचार्ज गर्दा जितपुर सिमरा उपमहानगरपालिका वार्ड नं १६ महान्द्रनगर, सखुवाघाटका राजन दाहालले  नगद एक लाख जितेका छन् ।


ADVERTISEMENT


साथै अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् ।


ADVERTISEMENT

# # #


साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् ।

यसै क्रममा जितपुर सिमरा उपमहानगरपालिका वार्ड नं १६ महान्द्रनग, सखुवाघाटका निवासी राजन दाहालले रु एक लाख जितेका हुन् । श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्स हेटौंडा को डिलर अन्तर्गत रहेको बारा, सखुवाघाटका सह—बितरक गीता इन्टरप्राइजका डिलर दाई राजेश थापा मगरकोमा एक वर्ष रिचार्ज गरेर दाहालले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए ।

डिशहोमको तर्फवाट एरिया सेल्सम्यन्जेर सन्जिब कार्की, सेल्स अफिसर गौरव घिमिरे ,श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्सका शिवराम श्रेष्ठले जितको पुरस्कार रकम हस्तान्तरण गरे । विजेता दाहाललाई हार्दिक वधाई दिँदै सम्पुर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिने भन्ने विश्वास कम्पनीले लिएको छ ।

लक्की ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिन्छ ।