मकवानपुर— सशस्त्र प्रहरी बल नं १४ गण हेडक्वार्टर मकवानपुरले हेटौँडाबाट ठूलो परिमाणको लागूऔषध गाँजा बरामद गरेको छ ।


ADVERTISEMENT


आइतबार हेटौँडाबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ट्रकबाट नौ क्विन्टल लागूऔषध गाँजा बरामद गरेको सशस्त्रका वरिष्ठ प्रहरी उपरीक्षक अनिल कार्कीले बताए ।


ADVERTISEMENT

# # #


विशेष सूचनाका आधारमा सवारी खानतलासी गर्दा हेटौँडा बजार क्षेत्रबाट गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरिएको कार्कीले बताए । बरामद भएको ट्रकको भित्री भागमा फल्स बटन बनाएर गाँजा राखी पुनः वेल्डिङ गरेर लुकाई ल्याएको अवस्थामा गाँजा बरामद भएको हो ।

पक्राउ पर्नेमा भारत बलरामपुर विर्तापुर निवासी चालक करिब ४५ वर्षका दुलारे यादव र सहचालक योगेश बर्मा छन् ।