विराटनगर— कोशी प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसको शेखर कोइराला समूहका ‘विद्रोही’ केदार कार्कीलाई समर्थन गरेको नेकपा एमालेले सरकारमा ५ वटा मन्त्रालय दाबी गरेको छ ।


ADVERTISEMENT


९ सदस्यीय मन्त्रिपरिषद्मा एमालेले ५ वटा मन्त्रालय मागेको हो  । मुख्यमन्त्री कार्कीले दुई दिनअघि शपथ ग्रहण गरेलगत्तै एकजना कांग्रेसबाट र अर्का एकजना एमालेबाट मन्त्री नियुक्त गरिसकेका छन् ।


ADVERTISEMENT

# # #


तीन सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्री कार्कीबाहेक कांग्रेसका शमशेर राई र एमालेका राम राना मन्त्री छन् । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारमा आफूहरूको पाँचवटा मन्त्रालयमा दाबी रहेको बताए ।

मन्त्रालय बाँडफाँडका विषयमा एमालेले आज छलफल गर्ने प्रयास गरेको भए पनि मुख्यमन्त्रीको व्यस्तताका कारण छलफल हुन सकेन । बुधबार छलफल गरी मन्त्रालय बाँडफाँडबारे कुराकानी हुने भण्डारीले बताए । भोलि बुधबार प्रदेश सभा बैठक बोलाइएको छ । भोलि नै मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची छ ।
कार्की आफ्नो दलका ८ र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।