काठमाडौँ – पृथ्वी राजमार्ग अन्र्तगत धादिङको झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेपछि सोमबारबाट रात्री बस सञ्चालनका लागि अनुमति दिइएको छ ।
रात्री बस सञ्चालनका लागि अनुमति दिएसंगै काठमाडौं नयाँ बसपार्कबाट रात्री बस छुटेका छन् । बाटो बन्द भएपछि उपत्यका बाहिर जान नपाएका यात्रुहरु रात्री बस सञ्चालन भएसंगै बसपार्क पुगेका थिए । सोमबार ठूलो संख्यामा रात्री बस नागढुङ्गा हुदै बाहिरएका छन् ।
झ्याप्ले खोलामा पहिरो गएपछि शनिबारदेखि रात्रीबस काठमाडौँबाट बाहिरिन सकेका थिएनन् ।



























































