काठमाडौँ– गरिमा विकास बैंक लिमिटेडले साफ वुमन्स च्याम्पियनसिप–२०२४ अन्र्तगत आज साँझ दशरथ रंगशालामा हुन लागेको नेपाल–बंगलादेशबीचको खेलमा नेपाली टिमलाई प्रतिगोल १ लाख राशि दिने घोषणा गरेको छ ।
नेपालमा फुटबल खेलको विकास, प्रवद्र्धन तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले बंगलादेश विरुद्धको फाईनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा नेपाली टिमलाई प्रति गोल १ लाख रुपैयाँ प्रदान गर्ने बताइएको छ ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमाले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आएको छ ।
विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्रियाकलापहरुमा सक्रिय सहभागिता जनाउनुका साथै स्वास्थ्य, शिक्षा, धार्मिक, सांस्कृतिक, वातावरणीय संरक्षण तथा खेलकुदको विकास तथा प्रवद्र्धनमा सहयोग गर्दै आएको छ ।



























































