• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड


Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page


नेपाल-भारत सम्बन्धलाई सुदृढ गर्दै लैजान्छौँः प्रधानमन्त्री ओली

चैत्र २३, २०८१ |

नेपाल-भारत सम्बन्धलाई सुदृढ गर्दै लैजान्छौँः प्रधानमन्त्री ओली

674
SHARES
ShareTweet

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा नेपाल–भारतबीचको सम्बन्धलाई अझ व्यापक, विस्तृत र सुदृढ गर्दै लैजाने अठोट व्यक्त भएको बताएका छन् ।


ADVERTISEMENT


थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) छैटौँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्केपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा उनले समकक्षीसँगको भेट निकै फलदायी भएको र आफू खुसी भएको प्रतिक्रिया दिए ।


ADVERTISEMENT

# # #


“छिमेकमा कुनै सानातिना समस्या त देखिन सक्छन्, त्यस्तो भइहालेमा एकापसमा संवाद गरिहाल्ने र तिनलाई टुङ्ग्याउने भन्नेमा यसपटक हामीले एउटा गहिरो समझदारी गरेका छौँ”, सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री ओलीले भने, “यो भेटघाट फलदायी भयो र म खुसी छु, उहाँको कुराकानीबाट उहाँ (मोदी) पनि खुसी हुनुहुन्छ भन्ने मैले पाएको छु ।”

प्रधानमन्त्री ओलीले भारतीय समकक्षीसँगको भेटवार्तामा पारस्परिक सहयोगका विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी विचारविमर्श भएको जानकारी दिए । उनले भने, “भेटमा लगानी र व्यापारका क्षेत्र, बहुउद्देश्यीय पञ्चेश्वर आयोजना, र दोधराचाँदनीमा महाकालीबाट सिँचाइ गर्नेलगायत द्विपक्षीय पारस्परिक हितका विषयमा कुराकानी भए ।”

प्रधानमन्त्री ओलीले नेपालले आयोजना गरेको सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री आउन नभ्याउने जानकारी दिँदै सो कार्यक्रममा भारतबाट उच्चस्तरका सहभागिता हुने बताए । “मोदीजी आउन भ्याउनुहुन्न, यसकारण कि उहाँको पहिले नै त्यसैबेला युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ, त्यसकारण उहाँ यहाँ आउन सक्नुहुन्न तर भारतको राम्रैस्तरबाट प्रतिनिधित्व हुन्छ ।”

फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले आन्दोलनरत शिक्षकले उठाएका विषयलाई सरकारले सकारात्मक रुपमा ग्रहण गरी सम्बोधन गर्ने बताए । उनले भने, “सरकारले सुन्छ भन्ने उहाँहरुलाई विश्वास छ, त्यसकारण आउनुभएको हो, हामी कुराकानी पनि गर्छौं, सरकारले उहाँहरुको कुरा पनि सुन्छ ।”

शिक्षकले राखेका मागका सम्बन्धमा के–कति गर्न सकिन्छ के कस्तो गर्नुपर्छ भन्ने कुरा परस्परमा बसेर छलफल गरेर टुङ्गिने विश्वास दिलाए । “धेरै यसमा उहाँहरुले पनि दुःख नपाए हुन्छ, सरकारले कुनै नकारात्मक दृष्टिकोण राख्दै राख्दैन, किन राख्नु परेको छ र ?”, उनले भने, “शिक्षकका समस्या टुङ्गिन्छ ।” सरकारले यही चैत १५ गते तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिन गरिरहेको उनले जानकारी दिए । रासस

#











#


#

#
#

#



#

#

Share:

Rate:

Previousरवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
Nextभारतीय एम्बुलेन्सबाट ठूलो परिमाणमा अवैध लागू औषध बरामद

ताजा खबर

  • विदेशी लगानी आकर्षित गर्न सरकारसँग एनसेलको आग्रह– ‘स्थिर नीति र सहज वातावरण बनाऊ’
  • ‘प्रविधिको सदुपयोगसँगै हाम्रो कला–संस्कृति जोगाउनुपर्छ’ : मुख्यमन्त्री बानियाँ
  • एनएमबी बैंकको अगुवाइमा ६५ मेगावाटको दूध खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन
  • ग्यास अभाव समाधान गर्न कांग्रेसको सरकारलाई ध्यानाकर्षण
  • कांग्रेस विभाजन होइन, एकताबद्ध बनाउन अभियान चलाएका छौँ : संस्थापनइतर समूह

#
#

#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved