काठमाडौँ – उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउन आदेश दिएको छ ।


ADVERTISEMENT


न्यायाधिश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले सहकारी ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले रविलाई थुनामा पठाउने आदेश दिएको हो ।


ADVERTISEMENT

# # #


यसअघि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा माघ १३ गते जिल्ला अदालत रुपन्देहीले रविसँग एक करोड धरौटी माग गर्ने निर्णय गरेको थियो । अदालतको उक्त निर्णयविरुद्ध रवि उच्च अदालत पुगेका थिए ।