काठमाडौँ– सन् २०१२ देखि बिइ सिभिल र बिइ इलेक्ट्रीकल कार्यक्रमहरु संचालन गर्दै शुरु गरेको शैक्षिक यात्रा सन् २०२३ देखि सिभिलतर्फ एमएस्सी इन कन्ष्ट्रक्सन मेनेजमेण्ट र इलेक्ट्रीकलतर्फ एमएस्सी इन इलेक्ट्रीकल पावर इन्जिनियरिङ कार्यक्रमहरु थप गरेर विशिष्टिकृत गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको छ ।
यस शैक्षिक सत्र २०८२ देखि बिइ तर्फ कम्प्युटर इन्जिनियरिङ र आइटीको अर्को आयाम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बिआइटी) समेत संचालनको लागि पूर्वान्चल विश्वविद्यालयले सम्बन्धन प्रदान गरेको छ ।
नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्रा. डा. पद्म बहादुर शाहीको प्रमुख आतिथ्यता, पूर्वान्चल विश्वविद्यालयका डेपुटी कन्ट्रोलर मेनुका श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भएको ग्राजुएट ओरियन्टेसन कार्यक्रममा हिलसाइड कलेज अफ इन्जिनियरिङका फ्याकल्टीको भूमिकामा समेत रहेका पूर्व सचिव एवं जलस्रोत विज्ञ दिनेश घिमिरे, पूर्व सचिव रबिन्द्र श्रेष्ठ, पूर्व सचिव मणिराम गेलाल, नाष्टका पूर्व भिसी प्रा. डा. सुनिलबाबु श्रेष्ठ लगायत अतिथीको रुपमा थिए ।
नयाँ विद्यार्थीहरुलाई शुभकामना दिदैँ प्रमुख अतिथी शाहीले गुणस्तर सम्बन्धमा काउन्सिलले अनुगमन, मुल्यांकन र नियमन गरिरहेको हुँदा कुनै गुनासो भए काउन्सिलमा सम्पर्क राख्न सकिने जानकारी गराए ।
‘हिलसाइड कलेज अफ इन्जिनियरिङले न्यूनतम भौतिक पूर्वाधार लगायत काउन्सिलले तोकेका गुणस्तर तथा मापदण्ड पूरा गरेकोले नै काउन्सिलले स्थायी अनुमति प्रदान गरेको हो, मूलतस् पढाउने फ्याकल्टीहरुमा हिलसाइड कलेजले उत्कृष्टता हासिल गरेको जानकारी गराउन पाउँदा खुसी लागेको छ, यसलाई निरन्तरता दिदै अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने अपेक्षा रहेको छ’, उनले भने ।
त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालयका डेपुटी कन्ट्रोलरले भने, ‘हामी एकाडेमिक क्यालेन्डरलाई पूर्ण रुपमा लागू गर्न गराउन प्रतिबद्व छौं, इन्जिनियरिङ तर्फ पनि हामी लगभग परीक्षा र रिजल्ट समयमै गर्न गई रहेका छौं । अब विद्यार्थीले ४ वर्षे कोर्ष ४ वर्षमै, २ वर्षे कोर्ष २ वर्षमै पूरा गरेर सर्टिफिकेट उपलब्ध गराउने अठोटका साथ अघि बढ्दैछौं । तर यसका लागि फ्याकल्टीज, विद्यार्थी, अभिभावकज्यूहरुको सहयोग आवश्यक पर्दछ।’
पूर्व सचिव दिनेश घिमिरेले नेपालमा अहिले इनर्जी सेक्टरमा भैरहेको लगानी, इनर्जी निकासी र इनर्जी खपतको सन्दर्भमा हजारौं इलेक्ट्रीकल इन्जिनियर आवश्यक पर्ने भन्दै पूर्वान्चल विश्वविद्यालयको पाठ्यक्रमले त्यस्ता जनशक्ति उत्पादन गर्ने कार्यमा संबोधन गर्ने भएकोले आफूले जानेको ज्ञान पुस्तान्तरणको लागि हिलसाइडको फ्याकल्टी भएको जानकारी गराए ।
पूर्व सचिव मणीराम गेलाल, रबिन्द्र श्रेष्ठले समृद्व नेपाल निर्माणका लागि कन्ष्ट्रक्सन क्षेत्र अपरिहार्य भएको र सो को व्यवस्थापन गर्ने जिम्मेवार जनशक्ति उत्पादन गर्न हिलसाइड कलेज अफ इन्जिनियरिङले सिभिल इन्जिनियर तथा विशिष्टिकृत अध्ययन मार्फत ग्राजुएट गराइरहेको र आफूहरूले जानेको ज्ञान एक्सचेन्ज गर्न पाउँदा प्राज्ञिक क्षेत्रको छुट्टै अनुभूति महसुस भएको जनाए ।
नाष्टका पूर्व भिसी प्रा. डा. सुनिल बाबू श्रेष्ठले रिसर्चमुखी अध्ययन अध्यापन गराउनेगरी एमएस्सी प्रोग्राम संचालन भईरहेको र यसको पाठ्यक्रम तर्जूमा देखि नै आफू संलग्न रहेकोले मुलुकको अबको दस वर्षसम्म कस्तो जनशक्ति आवश्यक पर्छ भन्ने प्रक्षेपणको आधारमा कोर्ष तयार पारिएकोले स्वदेश तथा विदेशमा प्राप्त गरेको अनुभव शेयरिङ गर्ने उद्वेश्यले हिलसाइड कलेज अफ इन्जिनियरिङसंग जोडिएकोमा आफूले गौरब गरेको जनाए । यसैगरी अन्य अतिथि तथा हिलसाइड कलेज अफ इन्जिनियरिङको फ्याकल्टीजको रुपमा समेत उपस्थित भएका थिए ।
सबैलाई धन्यवाद ज्ञापन गर्दै हिलसाइड कलेज अफ इन्जिनियरिङका एमडी गोपीकृष्ण न्यौपानेले अहिले नेपालमा १२ कक्षा सक्नासाथ अभिभावकलाई ४०–५० लाख लोन बोकाएर विद्यार्थी वदेश जाने प्रचलन रहेको बेथितितर्फ गसनासो पोखे ।
उनले भने ‘गत वर्षसम्म पहिलो किस्ता मात्रै विदेश पठाउथे, त्यसपछि विद्यार्थीले कमाएर कलेजको फी तिर्थे, अहिले उता काम नपाएर विद्यार्थी अलपत्र अबस्थामा परेका छन् र सबै शुल्क यताबाटै पठाउनुपरेको सन्दर्भमा ४–५ वर्ष पछि पनि काम नपाएको खण्डमा सबै रिण अभिभावकले नै तिर्नुपर्ने हुन्छ, यो बेला कतिको घरखेत पनि लिलाम हुनसक्छ। त्यसैले एनओसीमा कन्ट्रोल गरौ, स्नातकरस्नातकोत्तर तहमा अध्ययन गर्न जानेलाई मात्रै एनओसी दिऔं, तालीमको लागि भन्दै काम गर्न जो एनओसी बांड्ने गरिएको छ, त्यो अबैध छ, तत्काल रोक्नुपर्छ ।’
यसैगरि, उनले हिलसाइड कलेज अफ इन्जिनियरिङले पढिसकेपछि कमाएर तिर्न मिल्ने लोनको पनि माछापुच्छ्रे बैंक संग सम्झौता गरेर कार्यान्वयनमा ल्याएको रअब सिभिल र इलेक्ट्रिकल बाहेक कम्प्युटर र बिआइटी प्रोग्रामको लागि पनि यो स्कीम लागू हुने जानकरी समेत दिए ।
अतिथि तथा फ्याकल्टीको भूमिकामा रहनुभएका काठमाडौँ उपत्यका विकास प्राधिकरणका सहसचिव ई. नवराज गेलालले प्राधिकरणले उपत्यका भित्र गरिरहेका बिकास निर्माणका कामहरु, आगामी दिनका स्मार्ट सिटी, बैकल्पिक रिङरोड लगायतका योजनाहरुमा हिलसाइड कलेज अफ इन्जिनियरिङका विद्यार्थीहरुलाई जोड्न सकिने जानकारी गराए ।
यस अघि कन्ष्ट्रक्सन मेनेजमेण्ट कोअर्डिनेटर नेपाल सरकार भवन बिभागमा लामो अवधी कार्य गरेका प्राज्ञिक व्यक्तित्व प्रमोदकृष्ण कर्मचार्य र इलेक्टीकल पावर इन्जिनियरिङका कोअर्डिनेटर डा. सुजन अधिकारीले आ(आफ्नो बिषयको २ बर्षको कोर्ष स्ट्रक्चर र कलेजको बारेमा विद्यार्थी भाइबहिनीहरुलाई बिस्तृत रुपमा जानकारी दिएका थिए । कलेजका प्रीन्सिपल डा. समित थापाले फ्याकल्टिजको बारेमा, कलेजका गतिविधिहरुको बारेमा, कलेजमा भर्ना भएका विद्यार्थी संख्या, पास रेटमा भएको प्रगतिको बारेमा जानकारी गराए ।
‘मूल कुरा फ्याकल्टीजको व्यवस्थापन हो, त्यसमा पुरै ध्यान दिएका छौं, न्यूनतम पूर्वाधार अहिले पनि छ, ल्याबमा हामी १ नंबर नै छौं, हरेक बर्ष इन्टरनेशनल कन्फेरेन्स गर्ने गरिएको छ’, उनले भने, ‘यसबाहेक अतिरिक्त क्रियाकलापमा पनि हामी अगाडि नै छौं, इन्टर्नसिपको लागि धेरै वटा संस्थाहरु संग एमओयु गरिएको छ, विद्यार्थीले ढुक्क संग पढ्दा हुन्छ, हामी हाम्रा विद्यार्थीलाई दक्ष र योग्य बनाएर पठाउने कोसिसमा छौं, विद्यार्थीले मेहनत, परिश्रम गर्दै कलेज र विश्वविद्यालयले बनाएको नियममा बसेर अध्ययन गर्न सके प्रतिफल राम्रो हुनेछ भन्ने अपेक्षा राखेका छौँ ।’