काठमाडौँ– प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आज पनि नाराबाजी गरेका छन् । सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा सांसदहरु आआफ्नो ठाउँबाट उठेर विरोध जनाएका हुन् ।


ADVERTISEMENT


यद्यपि सभामुख देवराज घिमिरेले बैठक नियमित सञ्चालन गरेका छन् । बैठक नरोकिएपछि रास्वपा सांसदहरुले वेल घेराउ गरेका छन् ।


ADVERTISEMENT

# # #


प्रतिनिधि सभाको बैठकमा विभिन्न मन्त्रालयगत बजेटमाथिको छलफल गर्ने र छलफलका क्रममा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ ।