काठमाडौँ– सुनचाँदी व्यवसायीहरुले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गरेका छन् ।


ADVERTISEMENT


सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा उनीहरुले सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गरेका हुन् । साथै उनीहरुले सुनचाँदीलाई विलासिताका रुपमा नभइ संस्कार, संस्कृतिका रुपमा बुझ्न सरकारलाई आग्रह गरेका छन् ।


ADVERTISEMENT

# # #


बैठकमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले सुनचाँदी गहनामा लगाइएको विलासिता करका कारण नेपाली व्यवसाय धरासायी हुने बताए । उनले सुन संस्कार, संस्कृतिकामा रहेकाले बिलासिताको रुपमा परिभाषित गरिनु उचित नहुने जिकिर गरे ।

त्यस्तै नेपाल सुन चाँदी व्यवसायी तथा कालीगढ सङ्घर्ष समितिका विपेन्द्र रामुदामुले सुनचाँदी व्यवसायलाई मर्यादित तुल्याउन सहजरूपमा कच्चापदार्थ उपलव्ध हुनुपर्ने र सुनको कोटा प्रणाली खारेज हुनुपर्ने बताए । उनले कला संस्कृतिको बिषयमा विलासिता कर लगाउनु उचित नभएको उल्लेख गरे ।

आर्थिक विधेयक मार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले निवेदन दिएपछि समितिले यस विषयमा छलफल गरेको हो । छलफलमा समिति सदस्यहरुले सुनचाँदी गहनामा लगाइएको विलासिता करका कारण यसले व्यवसायी र उपभोक्तामाथि परेको असरमा सरकार गम्भीर हुनुपर्ने धारणा राखेका थिए ।