काठमाडौँ– सर्वोच्च अदालतको परमादेशपछि गृहमन्त्री रमेश लेखकले छलफल गरेका छन् ।


ADVERTISEMENT


गौर नरसंहारको अनुसन्धान अघि बढाउन सर्वोच्चले आदेश दिएसँगै गृहमन्त्री लेखकले सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर छलफल थालेका हुन् ।


ADVERTISEMENT

# # #


२०६३ सालमा गौरमा भएको हत्याकाण्डको अनुसन्धान अघि बढाउन सोमवार सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालय रौतहट र सरकारी वकिलको कार्यालयका नाममा परमादेश जारी गरेको थियो ।

त्यसपछि गृहमन्त्री लेखकले मंगलबार मन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाका प्रमुख हुतराज थापालाई बोलाएर छलफल गरेका हुन् ।