काठमाडौँ – एनएमबि क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएका दुई म्युचुअल फन्ड योजनाले आर्थिक वर्ष २०८१/८२ का लागि १५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
क्यापिटलको सञ्चालक समितिको बैठकले एनएमबि–५० र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ का इकाइधनीहरूलाई करसहित १५ प्रतिशत दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लाभांश वितरणका लागि दुवै योजनाले भदौ १३ गते बुक क्लोज गर्ने तय भएको छ। यसको अर्थ, भदौ १२ गतेसम्म नामावलीमा रहेका इकाइधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्नेछन् ।
यता, क्यापिटलले सञ्चालन गरिरहेको एनएमबि हाइब्रिड फन्ड एल–१ ले भने सो आर्थिक वर्षका लागि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।


























































