काठमाडौँ – नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई क्रमबद्ध खुकुलो बनाएपछि काठमाडौं उपत्यकाको अवस्था सामान्य बन्दै गएको छ ।
पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा जारी भएको निषेधाज्ञा तथा कफ्र्यु खुकुलो बनाइएपछि उपत्यकाको अवस्था सामान्य बन्दै गएको छ । सुरक्षाको लागि विभिन्न स्थानमा सेना परिचालन गरिएको छ । अत्यावश्यक सेवा सुचारु गर्नका लागि पहल गरिएको छ ।अनावश्यक आवातजावतलाई सेनाले पुर्ण रुपमा रोक लगाएको छ ।
निषेधाज्ञा तथा कफ्र्यूको समय अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारी साधनहरू सञ्चालन गर्न दिइएको छ ।
सेनाले आवश्यक सहायताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरूसँग समन्वय गर्नुहुन सम्बद्ध सबैमा अनुरोध समेत गरेको छ ।



























































