काठमाडौँ – नेपाल प्रहरीले भदौ २३ र २४ गते काठमाडौँसहित देशभर भएको जेन–जी आन्दोलनका त्रलममा सार्वजनिध तथा व्यक्तिगत सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट गर्ने व्यक्तिका तस्बिर र भिडियो पठाउन आग्रह गरेको छ ।


ADVERTISEMENT


शुक्रबार एक सूचना जारी गर्दै प्रहरीले अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास श्रृजना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू पठाउन आग्रह गरेको हो ।


ADVERTISEMENT

# # #


घटनासँग सम्बन्धित तस्बिर र भिडियो लिंक [email protected]मा पठाउन प्रहरीले आग्रह गरेको छ ।  तस्बिर तथा लिकहरु पठाउने व्यक्तिको पहिचान गोप्य राखिने प्रहरीले जनाएको छ ।

आन्दोलनका क्रममा सिंहदरबा, विभिन्न मन्त्रालय, संघीय संसद् भवन, सर्वोच्चसहितका देशभरका विभिन्न अदालत, सरकारी निकायहरु, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, प्रहरीका देशभरका कार्यालय आगजनी र तोडफोडले ध्वस्त भएका छन् ।

यस्तै निजी क्षेत्रका विभिन्न डिपार्टमेन्टल स्टोर, होटेल लगायतका संरचनामा तोडफोड, आगजनी र लुटपाट समेत गरिएको छ ।

May be an image of text that says 'आम जनसमुदायमा हार्दिक अनुरोध 초카클가원놀 रहि भदौ ၃၃ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरुमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका ऋ्ममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास श्रृजना हुने किसिमका अन्य विविध घटनाहरुसँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सत्जालका लिडहहरू तपाईहरुसँग छ भने कुृपया हामीलाई nepalpoliceinfo@gmail.com मा पठाई सहयोग गरनुहुन अनुरोध गर्दलों तपाईहरुको गोपनियता कायम रहनेछ'