काठमाडौँ – नयाँ सरकार गठनको तयारीसंगै अब बन्ने प्रधानमन्त्रीको कार्यकक्षको व्यवस्थापन सुरु गरिएको छ ।


ADVERTISEMENT


जेनजीको आन्दोलनका क्रममा सिंहदरबारस्थीत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलेर खरानी भएपछि नयाँ कार्यालयको व्यवस्थापन सुरु गरिएको हो ।


ADVERTISEMENT

# # #


हालका लागि सिंहदरबारभित्रै निर्माणको अन्तिम चरणमा पुगेको नयाँ गृह मन्त्रालयको भवनलाई नै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका रुपमा व्यवस्थापन गर्न लागिएको छ । त्यसका लागि आवश्यक सामानहरुको व्यवस्थापनका साथै सरसफाइ समेत गरिएको छ ।

यसअघि सिंहदरबारको मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय रहेको थियो । आन्दोलनका क्रममा प्रदर्शनकारीले गरेको आगजनीका कारण उक्त भवन पूर्ण रुपमा जलेर ध्वस्त भएपछि नयाँ भवनको खोजि गरिएको हो ।