काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले बढेको हो ।


ADVERTISEMENT


सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ३३ हजार १०० रुपैयाँ कारोबार भइरहेको छ । यो हालसम्म कै उच्च मूल्य पुगेको हो ।


ADVERTISEMENT

# # #


यसअघि असोज १९ मा सुनको मूल्य तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ कारोबार भएको थियो । यसैगरी आज चाँदी प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।