काठमाडौं– विपी राजमार्गका विभिन्न स्थानमा पहिरो र खोलाको कटानका कारण सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि बैकल्पिक सडक हुँदै सवारी साधनलाई काठमाडौं पठाइएको छ ।
विपी राजमार्गमा बनाइएको अस्थायी सडक हालैको बाढीले बगाएपछि सवारी साधनलाई दोलखा चरिकोट हुँदै काठमााडौं पठाइएको हो ।
काभ्रेको रोशी गाउँपालिकाको विभिन्न स्थानमा रोशी खोलाले राजमार्ग कटान गरेको छ भने नमोबुद्ध र धुलिखेलका क्षेत्रमा पनि सडक भासिएको र बगेको छ ।
विपी राजमार्ग पूर्ण रूपमा खुल्न अझै केहि समय लाग्ने देखिएपछि खुर्कोट–मन्थली–चरिकोट हुँदै खाँडीचौर जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको हो ।



























































